
एल निन्योको मौसमी स्वरुपले ल्याएको तापमान वृद्धि र पानीको अभावसँग समायोजन गर्दै याङ्गुनका बासिन्दाहरु। फोटो र क्याप्सन – हेइन तेइट/द एर्रावाडी
यस लेख म्यानमारको एक स्वतन्त्र समाचार वेबसाइट द एर्रावाडीको हो र ग्लोबल भ्वाइसेजमा सामग्री साझेदारी सम्झौता अन्तर्गत पुन:प्रकाशित गरिएको छ।
एल निन्योको मौसमी प्रभाव पहिले नै एशिया प्रशान्त क्षेत्रका धेरै देशहरूमा महसुस भइरहेको छ। जब एल निन्योले आफ्नो १२ देखि १८ महिने चक्रको सबैभन्दा चरम प्रभाव छोड्छ, म्यानमारको ठूलो इलाकामा उच्च तापमान र पानीको अभावले सताउँछ।
सामान्यतया गर्मी मार्चसम्म शुरु हुँदैन, तर तापमान पहिले नै अपेक्षाकृत तीव्र भएको छ। मौसमविद्हरुले अनुमान गरेका छन् कि आगामी दिनहरुमा म्यानमारको धेरै भागहरुमा पानीको अभाव तीन गुणासम्म बद्न सक्नेछ। देशको मुख्य शहरी हब याङ्गुनमा हालैका दिनहरुमा पहिले नै तापमान बढेर ३५ डिग्री सेल्सियस पुगिसकेको छ। यसले मानिसहरुलाई आफुले भेटेको कुनै पनि छहारिमुनि आश्रय लिन बाध्य बनाएको छ।
याङ्गुनदेखि नदीको पारितिरको शहर डालामा पानीको अभाव अझ स्पष्ट रुपमा देख्न सकिन्छ। एर्रावाडीका फोटोग्राफरहरु हेइन तेइट र प्याय क्यवले रङ्गुन र डालाका बासिन्दाहरु कसरी देशको गम्भीर मौसमी अवस्थासँग जुँधिरहेका छन् भनेर हालै एक आलेख तयार पारेका छन्।