अफ्रिका र एशियाका धेरै जसो भागमा सौन्दर्यको मूल अवधारणा गोरो वर्ण भएका महिलाहरूसँग सम्बद्ध छ। त्वचा गोरो बनाउने सौन्दर्य प्रशाधनका सामग्रीहरूको अरबौं डलरको व्यापार छ र ती सामग्रीहरूले श्यामवर्णलाई गोरो बनाउन सकिन्छ र यो बढि मन पराइने खालको हुन्छ भन्ने अवधारणालाई समर्थन गर्दछन्।
यसलाई #UnfairAndLovely अभियानले चुनौती दिइरहेको छ। यस ह्याशट्यागले ट्वीटर, इन्स्टाग्राम र टम्बलर जस्ता विभिन्न सोसल मिडियामा तहल्का मचाउँदै आफ्नो त्वचाको श्यामवर्णलाई नै राम्रो ठान्नलाई प्रेरित गरेको छ। संयुक्त अधिराज्य अमेरिकामा प्याक्स जोन्सले आफ्ना बहिनीहरू मिरुषा र यानुषा योगराजाको गरेको फोटो शूटबाट यो अभियान शुरु भयो। श्रीलंकाली आमाबुवाका सन्तान जोन्स र उनका मोडलिङ्ग गर्ने बहिनीहरु तीनै जना युनिभर्सिटि अफ टेक्सासका विद्यार्थी हुन् ।
उनीहरुले आफ्ना फोटो ह्याशट्याग #UnfairAndLovely सहित अनलाइनमा सेयर गरे। यसको उद्देश्य चाही “फेयर” (छाला गोरो बनाउने नाम चलेको फेयर एण्ड लभ्ली क्रीम) यानिकि गोरो भनेकै सुन्दर हो भन्ने अवधारणालाई चुनौती दिनु हो।
त्यसपछि अभियानले गति लियो। श्यामवर्णका जोन्सले अन्तर्वार्तामा भनिन्, “म अति रंगवाद कसरी विश्वभरि नै फैलिने फेनोमेनन हुन्छ भन्ने हेर्न चाहन्थे र यसले म भन्दा भिन्न जातीय पृष्ठभूमिलाई कसरी प्रभावित गर्छ भन्ने हेर्न चाहन्थे।”
My friend's mom used to do this and it made me so sad. There's beauty in all shades #unfairandlovely⚡️https://t.co/UYCSI8p40U
— Count VanDerMattson (@VanDerMattson) February 28, 2016
मेरो साथीको आमाले यसो गर्थिन् र यसले मलाई दुखी बनाउथ्यो। सौन्दर्यता हरेक रङ्गहरूमा हुन्छ #unfairandlovely⚡️https://t.co/UYCSI8p40U
विगतमा रंगवादविरुद्ध अन्य अभियानहरू संचालान गरिएका थिए। भारतमा भारतीय सौन्दर्य प्रशाधन सामग्री उत्पादन गर्ने कम्पनी इमामीविरुद्ध फेयर एण्ड ह्याण्डसम क्रिमको विभेदकारी विज्ञापन हटाउनका लागि याचिका दायर गरिएको थियो। सन् २०१३ को अर्को अभियान डार्क इज ब्यूटिफुल (श्यामवर्ण सुन्दर हुन्छ, ग्लोबल भ्वाइसेजको रिपोर्ट हेर्नुहोस्) ले श्यामवर्ण अलिक कुरुप र अरुको दाँजोमा नराम्रो हुन्छ भन्ने अवधारणा विरुद्ध काम गर्यो। त्यस पछिको वर्षमा एडभर्टाइजिङ्ग स्ट्याण्डर्ड्स काउन्सिल अफ इण्डिया (भारतको विज्ञापन स्तर मापन गर्ने परिषद्) ले त्वचा गोरो बनाउने सामग्रीहरूको विभेदकारी विज्ञापनमा रोक लगायो।
अफ्रिकी राष्ट्र आइवरी कोष्टले पनि स्वास्थ्यमा दूरगामी प्रभाव पार्ने भन्दै त्वचा गोरो बनाउने सामग्रीहरूको विभेदकारी विज्ञापनमा रोक लगायो।
#UnfairAndLovely का लागि धेरै महिलाहरूले ट्वीटरमा ह्याशट्यागका साथ सेल्फी सेयर गरे:
when people pick on girls w/darker skin but fail to realize our glo provides light for this society #UNFAIRANDLOVELY pic.twitter.com/5U6qgUwu56
— Tina Elaine (@sipstina) February 28, 2016
जब मानिसहरू श्यामवर्ण भएका केटीहरूतिर औंला ठड्याउँछन् तर बिर्सन्छन् कि हाम्रो उज्यालोले समाजका लागि प्रकाश दिन्छ #UNFAIRANDLOVELY pic.twitter.com/5U6qgUwu56
I'm #brown or bust. Love ur skin, ur hair, all of it. #brownandunbothered #unfairandlovely #stayunfair pic.twitter.com/UTqNbyw4mO
— Sangeetha (@fallenvirgo) February 29, 2016
म #brown छु अथवा गएगुज्रेकी छु। आफ्नो छाला, कपाल, सबैलाई माया गर। #brownandunbothered #unfairandlovely #stayunfair
be comfortable in your skin, dont let the media tell u the definition of beauty #unfairandlovely pic.twitter.com/pTOW0qMrLt
— rosie (@myboyjimin) February 28, 2016
आफ्नो त्वचामा आराम अनुभव गर, मिडियालाई सौन्दर्यको ब्याख्या गर्न नदेऊ #unfairandlovely
No matter what shade of brown you are, you're beautiful. S/O to the #UNFAIRANDLOVELY! I love myself. 👍🏾🙌🏾 pic.twitter.com/7oppsjjJFl
— Davika (@DavikaStaar) February 28, 2016
तिमी कुनै पनि श्यामवर्णको किन नहोउ, तिमी सुन्दर छौं। #UNFAIRANDLOVELY लाई कराएर भन्छु । म आफैंलाई माया गर्छु।
#unfairandlovely: lankans, bangladeshis, s. indians who never fit hegemonic n.indian + colonized concepts of beauty pic.twitter.com/8KkYf008wL
— Ushka (Thanu) (@ty_ushka) March 9, 2016
#unfairandlovely: लंकावासी, बंगलादेशी, दक्षिण भारतीय जो प्रभुत्वशाली उत्तर भारतीयमाझ कहिल्यै अँटाउदैनन् + सुन्दरताको औपनिवेशिक अवधारणा
Hashtag humour: #UnfairAndLovely
A sarcastic reaction to the colourism experienced by S.E. Asian women. pic.twitter.com/SFfIDdiQJi
— Femi Oke (@FemiOke) February 28, 2016
ह्याशट्याग व्यंग्य: #UnfairAndLovely
दक्षिण पूर्व एशियाली महिलाहरूले भोग्नुपर्ने रंगवादप्रति व्यंग्यात्मक प्रतिक्रिया।
केही पुरुषहरूले पनि यसमा साथ दिए:
I was always told it was better to be lighter, but no this is my skin and I love it #unfairandlovely pic.twitter.com/R3Cr8c3TAD
— S. Casanova (@LuchadorChris) February 27, 2016
मलाई संधै गोरो हुनु नै राम्रो भनिएको थियो तर हैन यो मेरो छाला हो र म यसलाई माया गर्छु #unfairandlovely
I learnt to love myself too☺ #UNFAIRANDLOVELY #BROWNANDUNBOTHERED pic.twitter.com/tZ1wuv4WZ5
— Aqib (@Tumharaabbu) February 27, 2016
मैले आफैलाई माया गर्न पनि सिंके ☺ #UNFAIRANDLOVELY #BROWNANDUNBOTHERED
भारतीय यूट्युब स्टार द टेकी तान्त्रिकाले यस अभियानको समर्थनमा आफ्ना संघर्षका अनुभव साट्दै यो भिडियो अपलोड गरिन्।
यस भिडियोमा उनी यूरोकेन्द्रित सौन्दर्यको अवधारणाको आलोचना गर्छिन्: “म यो भिन्नै प्रजाति देखिन चाहने अवधारणा बुझ्दिन। यसले मेरा लागि केही अर्थ राख्दैन।”
प्याक्स जोन्सले हफिङ्गटन पोष्टलाई यो अभियान “समावेशी स्थलका लागि” रहेको बताइन्:
It is for the dark-skinned queer, trans, genderqueer, non-binary, poor, fat, differently abled people of colour.
यो श्यामवर्ण भएका समलिङ्गी, विपरितलिङ्गी, जेण्डरक्वेयर, नन बाइनरी, गरीब, मोटो, श्यामवर्णका भिन्नरुपले सक्षम व्यक्तिका लागि हो।
#UnfairAndLovely ले दक्षिण एशियालीहरूलाई आफ्नो सँस्कृतिमा गर्व गर्न र रंगवादको मुद्दालाई प्रकाशमा ल्याउन प्रेरित गर्नका लागि हाल चलिरहेको अभियान #ReclaimTheBindi सँग सहकार्य गरेको छ। रिक्लेम बिन्दी विक (टिका पुनस्र्थापना सप्ताह) मार्च ८ देखि १४ सम्म संचालन हुँदैछ।