क्षयरोग लागी बाँचेकाहरूद्वारा भारतबाट यस रोग उन्मूलनका लागि पैरवी

टिबी लागेर बाँचेकी दीप्ती चवण (३४) आफ्नो कथा सुनाउछिन्। तस्वीर: सर्वाइवर्स अगेन्स्ट टिबी। अनुमतिमा प्रयोग गरिएको।

विश्व क्षयरोग दिवस मार्च २४ तारिखमा पर्छ । विश्वका सरुवा रोग मध्ये क्षयरोग एक प्रमुख सरुवा रोग हो र विश्वको करिब एक तिहाई जनसंख्या –२.४ अर्बभन्दा बढि मानिस क्षयरोगबाट प्रभावित छन् । विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार, भारत क्षयरोगले प्रताडित देश हो र यस रोगबाट अघि बढ्न पर्याप्त मात्रामा कदम नचालिएको धेरैले महसुस गरेका छन् ।

भारतमा क्षयरोग लागी बाँचेकाहरूको अगुवाइमा संचालित सर्वाइवर्स अगेन्स्ट टिबी (क्षयरोग विरुद्ध बाँच्नेहरू – SATB) नामक वकालत गर्ने समूहले भारतको क्षयरोग विरुद्ध लडाइलाई सुदृढ गर्ने काम गरिरहेका छन् । उनीहरूको पछिल्लो प्रयत्न बेटा भर्जनको नि:शुल्क एप टिबी सम्बन्धि कुराकानी (टीबी पे चर्चा) हो । यो बिरामीलाई शिक्षा दिने एक बहुभाषिक कार्यक्रम हो जसमा बिरामीहरूका लागि शिक्षामा आधारित चलचित्र समेटिएका छन् र यी एप, यूट्युब एवं बिरामीहरूका लागि सहयोगी एपमा उपलब्ध छन् । चलचित्रका साथसाथै यो एप हिन्दी, मराठी, गुजराती र मलायलम गरी चार भाषामा उपलब्ध छ ।

३ मुख्य मृत्यु गराउने संक्रमित रोगमध्ये मलेरिया र एचआईभि सहित क्षयरोग एक हो । प्रत्येक १८ सेकेन्डमा क्षयरोगले एक जना मर्ने गर्छ, तर यस रोगबाट बच्न, यसको उपचार गर्न र रोगीलाई निको पार्न सकिन्छ ।

भारतमा क्षयरोग

९६ लाख विश्वव्यापी टिबीका मामिलामध्ये भारतमा मात्र २२ लाख टिबीका मामिला छन् । प्रत्येक वर्ष यस रोगले गर्दा २४ अर्ब डलर खर्च पर्छ जसले गर्दा भारतमा निरन्तर गम्भीर स्वास्थ्य र आर्थिक संकट निम्तिने गरेको छ।

सन २००७ मा प्रति १००,००० व्यक्तिमा टिबी संक्रमित मानिसहरू सबैभन्दा बढि सब-साहारन अफ्रिका र त्यसपछि एसियामा थिए । तस्वीर: विकिमिडिया कमन्स। पब्लिक डोमेन।

भारतमा प्रशस्त मात्रामा बिरामीहरूका लागि क्षयरोग विरुद्ध लड्न प्रचार र विद्यमान सहयोग नपुगेको धेरैले महसुस गरेका छन् । हफिङटन पोष्टमा डा. मधुकर पाईले भारतमा क्षयरोग विरुद्ध लड्नु पर्ने चुनौतीहरूबारे भन्नुभयो:

India also has the highest number of patients with multidrug-resistant TB in the world, including cases nearly impossible to cure.

Although India has the world's largest TB epidemic, quality of TB care remains suboptimal, especially in the private and informal sector, where most patients seek initial care. The average TB patient is diagnosed only after several months and seeing multiple providers, most of whom do not follow standard guidelines. Most patients who start treatment are not tested to see if their TB is drug resistant.

Apart from poor care, TB in India is fueled by broader socioeconomic factors, including extreme poverty, high prevalence of malnutrition, smoking, and diabetes.

भारतमा धेरै मात्रामा बिरामीहरू क्षयरोग विरुद्ध विभिन्न थरीका ‌औषधी खानु पर्ने तथा झण्डै निको नहुने अवस्थामा छन् ।

भारतमा विश्वको सबैभन्दा ठूलो क्षयरोगको महामारी भए तापनि बिरामीहरू प्रारम्भिक सेवा लिन आउने प्राय: निजि तथा अनौपचारिक क्षेत्रमा क्षयरोगको सेवा कम गुणस्तरको छ। टिबीको ‌औसत बिरामी निदान केही महिनापछि र धेरै हेरिसकेपछि र प्राय: मापदण्ड निर्देशिका पालन नगर्ने बिरामीहरू मात्र हुन्छन्। धेरै बिरामीहरूको उपचारको शुरुवात गरे पनि टिबी औषधी प्रतिरोधक हो कि हैन भनेर परिक्षण गर्दैनन् ।

अपर्याप्त हेरचाहको अलावा चरम गरिबी, कुपोषणको उच्च व्यापकता, धुम्रपान र मधुमेह सहितका व्यापक सामाजिक आर्थिक कारकले गर्दा भारतमा टिबी झन फैलिएको छ।

भारतमा पोषण, गरीबी र टिबी एक सँग जोडिएका छन् । टिबीबाट प्रभावित मानिसहरूले रोग निदान गर्न तथा उपचार गर्न निकै नै खर्च हुने र आयको ह्रास हुने जस्ता स्वास्थ्य सेवासँग जोडिएका गम्भीर आर्थिक बाधाहरूको बारम्बार सामना गर्दछन् । सबै रोगीहरूलाई ५०० रूपैयाँ (अमेरिकी डलर ८) को मासिक नगद लाभको लागि स्वास्थ्य मन्त्रालयले गरेको प्रस्तावले प्रतिरोधको सामना गर्दैछ ।

देशबाट टिबी हटाउन भारतीय सरकारले धेरै कदम चालेको छ । भारतमा टिबी हेरचाहको स्तर विकास गर्ने यस कदममा दैनिक औषधीबाट उपचार गर्ने व्यवस्था, सुक्ष्म र औषधी-संवेदनशीलता परीक्षण लागु गर्ने जस्ता कार्य समावेश छन्। भारत सरकारले टीबीलाई एक सूचनीय रोग उल्लेख गरेको छ। यस अन्तर्गत हावाको माध्यमबाट सर्ने यस रोगको हरेक मामिलाको सबै निजी चिकित्सकहरू, हेरचाह गर्ने व्यक्तिहरू र टीबीद्वारा पीडित रोगीको उपचार गर्ने सबै क्लिनिकहरूले प्रतिवेदन पेश गर्नु पर्ने हुन्छ।

टिबी नियन्त्रणका लागि: @MoHFW_INDIA ले क्षयरोगको सूचना नदिनुलाई आपराधिक भनी नोटिस जारी गरेको छ। स्थानीय स्वास्थ्य अधिकारीहरूलाई टिबी केस सम्बन्धि प्रतिवेदन पेस नगरेमा डाक्टर,औषधी विक्रेताहरूलाई आईपीसी खण्ड २६९, २७० मातहत २ वर्षसम्म जेल चलान हुनसक्नेछ

१३ मार्च २०१८ मा, भारतीय प्रधानमन्त्री नरेंद्र मोदीले सन् २०२५ सम्म भारतबाट टीबी हटाउन महत्वाकांक्षी अभियान शुभारम्भ गर्नु भयो । विश्वव्यापी निर्धारित मिति भने सन् २०३० सम्म हो ।

दिल्ली टिबीको-अन्त्य शिखर सम्मेलनमा मेरो विचारहरू राखें । कार्यक्रमको दौरान हामीले टीबीरहित भारत आन्दोलन पनि शुभारम्भ गर्यौ ।

सन् २०२५ सम्म भारत सरकारले टिबीको अन्त्य गर्नको लागि प्रतिबद्धता जाहेर गरेको छ । भारतमा मात्रै विश्वको २५% टिबी मामिलाहरू देखिएका छन् । उत्तर प्रदेश सरकार आफ्ना २२ करोड नागरिकहरूलाई उच्च कोटिको निदान र सबैका लागि उपचारमा सर्वव्यापी पहुँचको माध्यमले भारतको टीबी विरुद्ध अभियानको नेतृत्वका लागि प्रतिबद्ध छ ।

तर रिपोर्टहरूले भारतको यस लक्ष्यमा शंका गरेका छन् किनकि भारत आफ्नो राष्ट्रिय ह्रास दरमा पछि परेको छ । धेरैले यस चुनौतीलाई निराकरण गर्न सरकारी र गैरसरकारी क्षेत्रहरूबाट धेरै प्रयासहरू आवश्यक रहेको महसुस गरेका छन्।

टिबी अन्त्य गर्न सामुदायिक परिचालन जरूरी छ। हामी एक्लै लड्न सक्दैनौँ, हामी सँगै लड्न आवश्यक छ।

सन् २०१८ फेब्रुअरीमा मुम्बईमा स्वतन्त्र रूपमा आयोजित टेड कार्यक्रममा मुम्बईमा बस्ने चिकित्सक र अध्ययनकर्ता डा जरिर उडवाडिया यस रोग तथा यसलाई नियन्त्रण गर्न भारतले गरेको संघर्षबारे भन्छन्:

वहाँले यस भिडियोमा प्रत्येक मिनेट यस रोगले एकजना भारतीयको मृत्यु हुन्हुने गरेको बताउँछन् र यस्ता बिरामीको कथा सुनाउछन् जो पूर्ण रूपमा औषधि-प्रतिरोधी-क्षयरोगले (TDR-TB) ग्रस्त भेटिएका थिए।

धेरै जसोलाई टिबी बिरामीको स्थिति बुझ्न कठिन हुन्छ जबसम्म बिरामी/निको भएकाहरूले आफैं भनिदिदैनन् । गत वर्ष मुम्बाईको TEDxGSMC कार्यक्रममा जनस्वास्थ्य विशेषज्ञ, धावक, साईक्लिस्ट तथा पर्वतारोही डा सौरभ राणे आफू २० वर्षको हुँदा अत्यन्तै औषधि-प्रतिरोधी-क्षयरोगले (XDR TB) ग्रस्त भएको थाहा पाए पश्चात् कसरी परिवर्तन भएकोबारे बताउनु भयो । यस भिडियोमा डा राणेले आफू यस रोगलाई कसरी सामना गरेको र हरेक व्यक्तिका लागि यस रोगको निदान, सही रूपमा उपचार र जीवन बचाउने औषधीहरू उपलब्ध गराइनु पर्ने बारे पैरवी गर्छन्।

टिबी विरुद्ध टिबी लागी बाँचेकाहरू

अगस्त २०१६ मा सुरु भएको सर्वाइवर्स अगेन्स्ट टिबी (टीबी विरुद्ध बाँच्नेहरू – एसएटीबी) नामक आन्दोलन टिबी लागी बाँचेकाहरूको अगुवाइमा संचालित छ र यस समूहले भारतलाई क्षयरोग विरुद्ध लड्न सघाइरहेका छन्। टिबी लागी बाँचेकाहरूले टिबीबाट बच्न गरेका संघर्ष र उनीहरूको अनुभव अनुसार भारतमा टिबी नियन्त्रन र रोकथाम प्रभावकारी गर्न रोगी केन्द्रित कदमको लागि उनीहरू पैरवी गर्छन् । जनस्वास्थ्य विशेषज्ञ र स्तम्भकार चपल मेहराले यो काम संचालन तथा व्यवस्थापन गर्दै आएका छन्।

भारतमा २२ लाख टिबीका मामिला छन्। टिबी बिरामीले रोग निको पार्न औसतमा १४६०० पिल्स खाने गर्छन् । यसको सामना गर्न#SurvivorsAgainstTBको जन्म भएको छ। तिनीहरूले के गर्छन् त?… यो आशाको दियो हो !

सन् २०१७ मा, सर्वाइवर्स अगेन्स्ट टिबीले क्षयरोग सम्बन्धि पहिलो हिंदी डिजिटल इन्टरफेस सुरू गर्यो। पोर्टलको उद्देश्य क्षयरोगबाट प्रभावित समुदायहरूलाई रोगको बारेमा महत्त्वपूर्ण जानकारी प्रदान गरेर सहयोग पुर्याउनु हो । यस प्लेटफार्मको अर्को विशेषता कैंयन् क्षयरोगबाट बचेकाहरूलाई प्रोफाइल गर्नु हो। उनीहरूले टिबीको उपचार, यस सम्बन्धित मानसिक स्वास्थ्य, लैंगिक समस्या र लाञ्छनाको बारेमा कथाहरू र सूचनाहरू फैलाउन मद्दत गर्दछन् ।

माथिल्लो भिडियोमा, मुम्बईमा एमडीआर-टीबी (बहु-औषधी प्रतिरोधी टीबी) बाट बाँचेकी दीप्ति चवणले हिन्दी भाषामा क्षयरोग विरुद्ध आफ्नो लडाइँको कथा बताउँछिन्।

गत वर्ष एसएटिबीले भारतमा नाइन लाइभ्स – वीमेन एण्ड ट्युबरकुलोसिस इन इण्डिया (नौ जीवन-महिला र भारतमा क्षयरोग) भन्ने पुस्तक लोकार्पण गरे जसमा क्षयरोगबाट बच्ने ९ जना महिलाहरूले भोगेका भेदभाव र लाञ्छनाको बावजुद क्षयरोग विरुद्ध पाएको सफलता प्रोफाइल गरिएको छ।

एसएटिबीको टकिंग टिबी एपले टीबीसँग सम्बन्धित महत्वपूर्ण समस्याहरूको बारेमा साइड इफेक्ट, लाञ्छना, पोषण र उपचार सहितको जानकारी प्रदान गर्छ ।

टकिंगटिबीडटकम – चलचित्र र एप समावेश भएको बहुभाषी रोगीलक्षित शैक्षिक कार्यक्रम । हाम्रो #Malayali नायकले #TB उपचार र समाप्तिको महत्वबारे कुरा गरेको हेर्नुहोस्। यसलाई व्यापक रूपमा सेयर गर्नुहोस्।

जब #TB रोगीले बोल्न निर्णय गर्दछ, यो संसार सुन्न बाध्य हुन्छ। टकिंगटिबीडटकम – भारतको पहिलो बहुभाषी रोगीलक्षित शैक्षिक कार्यक्रम, टिबी लागी बाँचेकाहरूको नेतृत्वमा टिबीको जानकारी प्रदान गर्न ।

टिबी लागी बाँचेकी दीप्ति चवण विश्व स्वास्थ्य संगठनले सिफारिस गरेको क्षयरोग नियन्त्रण रणनीति अन्तर्गत प्रत्यक्ष उपचार अवलोकन उपचार वा डट्स शर्ट कोर्स (टीबी-डट्स पनि भनिने) बारे वकालत गर्दै । सर्वाइवर्स अगेन्स्ट टिबी। अनुमतिमा प्रयोग गरिएको।

भारतमा टीबी विरुद्ध लड्न अन्य संस्थाहरूले पनि धेरै प्रयास गरेका छन् ।

“#TB लागी बाँचेकाहरूले बिरामीहरूले सामना गर्ने मुख्य मुद्दाहरू पहिचान गरेको प्रतिवेदन प्रकाशन” ट्युबरकुलोसिस – इण्डियाज टिकिङ टाइम बम – द सर्वाइवर्स म्यानिफेस्टो

मुम्बई, जो टीबी र औषधी प्रतिरोधी टीबीबाट अत्यन्त ग्रसित छ, टीबी अन्त्य गर्न रातो बत्तिमा रंगिदै । गतिशिल स्थानीय टिबी कार्यक्रम प्रसारण हुँदै!

‘भारतमा महिलाहरू: भारतमा टीबी विरुद्ध लडाइँको नेतृत्व’ कार्यक्रममा @SpeakTB की @almostbutnotyet सहित चार बहादुर महिलाहरू

एसएटीबीले आशा गर्दछ कि क्षयरोगबाट बच्नेहरूको कथाहरूले यी मानिसहरू र तिनका परिवारहरूले क्षयरोग विरुद्धको लडाइमा सामना गरेका चुनौतीहरू बुझ्न सहयोग गर्नेछ । क्षयरोगबाट बच्नेहरूका मागहरू सार्वजनिक डोमेनमा छन् र निर्णय निर्मातालाई सहयोगको माग गरिरहेका छन् । दीप्ति चवणले अन्तरवार्तामा आफ्ना आशा व्यक्त गरेकी छिन् :

Hopefully, these stories will spur decision makers to act on these recommendations.

आशा छ, यी कथाहरूले निर्णय निर्माताहरूलाई यी सिफारिसहरू कार्यान्वयनमा ल्याउन उत्प्रेरित गर्नेछन् ।

कुराकानी शुरू गर्नुहोस्

Authors, please लग इन गर्नुहोस् »

निर्देशिका

  • सबै कमेन्टहरू सञ्चालकले समीक्षा गर्नेछन्. एक पटकभन्दा बढि कमेन्ट पेश नगर्नुहोस्, अन्यथा त्यसलाई स्पाम ठानिनेछ.
  • कृपया अरुलाई सम्मान गर्नुहोस्. अभद्र, अश्लील तथा व्यक्तिगत लाञ्छनायुक्त कमेन्टहरू प्रकाशित हुनेछैनन्.