मेड इन प्रिजन एउटा वेबसाइट हो जसले तिराना स्थित एली डेमी कारागारको महिला कैदी बन्दीहरूद्वारा बनाइएका हस्तनिर्मित सामग्रीहरू बिक्री गर्दछ, बाल्कन राष्ट्रमा एकमात्र महिला कारागार जसको जनसंख्या २८ लाख छ।
परियोजना एक स्थानीय महिला अधिकार गैर-सरकारी संस्था अर्किडे (अल्बेनियाली भाषामा “अर्किड”) को पहलमा सुरु भएको हो र यसले तिराना स्थित अमेरिकी दूतावासको आर्थिक सहयोग प्राप्त गरेको छ। परियोजना मार्च ८, २०१९ मा सुरु भए पश्चात अल्बानियाको न्याय मन्त्रालय र कारागार महानिर्देशनालयद्वारा अनुमोदित गरिएको छ।
अर्किडेले इ-मेलमा ग्लोबल भ्वाईसेजलाई बताए अनुसार, १२ जुन सम्ममा कैदी बन्दीहरूले २३५ हस्त निर्मित सामग्रीहरू तयार गरेका छन्, जसमध्ये ८२ वटा अल्बेनियाली र विदेशी खरिदकर्ताहरूलाई वेबसाइटहरू मार्फत विक्री गरिएका छन्।
बिक्रीको सम्पूर्ण कारोबार प्रत्येक सामग्रीसँग सम्बन्धित महिला शिल्पकारको व्यक्तिगत बैंक खातामा जान्छ।
एकजना कैदी बन्दीले आफ्नो जीवनमा परियोजनाले कसरी सकारात्मक रुपमा प्रभावित पारेको छ भन्ने बारे मेड इन प्रिजन वेबसाइटमा प्रकाशित विवरण:
My name is Mira. I am serving my sentence at the women’s prison since two years and a half now. I have learned many things here. The services offered are helping me change my life. I feel like a normal person again. I have been sentenced 3 years in prison and everything was hard, but now you are helping me to see a hopeful life.
मेरो नाम मीरा हो। म अढाई वर्षदेखि महिला बन्दीगृहमा कैदी जीवन बिताइरहेकी छु। यहाँ मैले धेरै कुराहरू सिकेकी छु। उपलब्ध सेवाले मेरो जीवन परिवर्तन गर्न मद्दत गर्दैछन्। पुन: मलाई एक सामान्य व्यक्ति झैँ लागिरहेको छ। मलाई ३ वर्षको कैद सजाय गरिएको छ र सबै कुरा कठिन थिए, तर अहिले मलाई आशावादी जीवन जिउन मद्दत मिलिरहेको छ।
अर्किडेले हाल हस्तनिर्मित सामग्रीका लागि आवश्यक वस्तु खरिद गर्न भुक्तानी गर्दछ, तर सहभागीहरूले भविष्यमा केही खर्च आफैले बेहोर्ने इच्छा व्यक्त गरेका छन् जुन कदम दिगो व्यवसाय मोडेलमा जाने एउटा विधि हो।
मेड इन प्रिजनले विक्री गरेको केही उत्पादनहरू यहाँ देखाइएको छ।
झोला:
जोडी झुम्का:
पायल:
युरोपियन प्रिजन एजुकेशन एसोसिएशन (इपीइए) का अनुसार अल्बानियामा २३ वटा कारावासहरू छन्। एली डेमी एकमात्र महिला कारागर हो। कैदी बन्दीहरूका लागि त्यहाँ एउटा अस्पताल पनि छ।
एली डेमीको सुविधा वर्णन गर्दै इपीइए भन्छ:
There are no known “gangsters’” in this prison, no kidnappers, and no women of high-profile political scandals. Many of them, without creating misunderstandings, are “accessories” of crimes committed by males, who might have been their husbands, brothers or, lovers. The most serious crimes perpetrated by these women are prostitution, burglary, fraud (embezzlement) and not by its importance, murder due to family circumstances.
यस कारागारमा कोही पनि हुल्याहा छैनन्, अपहरणकारी छैनन् र राजनीतिक रूपमा बदनाम हाई प्रोफाइल महिला कोही छैनन्। तीमध्ये धेरै, निर्दोष भएपनि पुरुषहरूले गरेका अपराधको भागीदार हुन्, जो उनीहरूको पति, भाइ वा प्रेमी हुन सक्थे। यी महिलाहरूले गरेका सबैभन्दा गम्भीर अपराध वेश्यावृत्ति, चोरी, ठगी (धोखाधडी) हुन् र पारिवारिक परिस्थितिको कारण हत्या जस्ता घटनाले होइन।
अल्बेनियाली कारागारका अन्धकारपूर्ण अतीत
कम्युनिस्ट शासन कालमा अल्बानियाका कारागारहरू, श्रम शिविरहरू र कारावास सुविधाहरू कहालीलाग्दो स्थानका रूपमा वर्णन गरिएको छ।
तीमध्ये एक लेज काउन्टीको स्पाक कारागार हो। विश्वव्यापी वास्तुकला एवं सांस्कृतिक सम्पदा स्थलहरूको संरक्षणमा समर्पित एक संगठन, विश्व स्मारक क्षेत्र संरक्षण कोषका अनुसार:
Spaç Prison was a notorious labor camp established in 1968 by the Communist government of Albania at the site of a copper and pyrite mine, in a remote and mountainous area in the center of the country. While only one of many such sites, the political prisoners held at Spaç included some of the most prominent Albanian intellectuals of the twentieth century.
स्पाक कारागार १९६८ मा अल्बानियाको कम्युनिस्ट सरकारद्वारा तामा र पाइराइट खानी रहेको देशको मध्य भागमा अवस्थित दुर्गम तथा पहाडी क्षेत्रमा स्थापित एक कुख्यात श्रम शिविर थियो। धेरै यस्ता स्थानहरूमध्येको एक भएतापनि स्पाकमा राजनीतिक बन्दी बनाइएकाहरूमध्ये केही बीसौं शताब्दीको प्रतिष्ठित अल्बेनियन बौद्धिकहरू थिए।
अहिले स्पाक कारागार स्थानीयहरूका लागि सम्झना र पर्यटक आकर्षणको एक स्थल हो।
अल्बानियाको पूर्व राजनीतिक बन्दीहरूको संगठनका अनुसार १९४६ देखि १९९१ सम्म कम्युनिस्ट युगको समयमा लगभग ५,५७७ पुरुष तथा ४५० महिलालाई उनीहरुका राजनीतिक अपराधको निमित्त फाँसी दिइएको थियो। दसौं हजारलाई कैद गरियो वा श्रम शिविरमा पठाइयो।
कम्युनिस्टको पतनपछि, अल्बानियाका कारागारहरू दयनीय अवस्थाका लागि आलोचित रहँदै आएका छन्, भीडभाड, कारागारको कोठाहरूमा प्राकृतिक प्रकाश सीमित हुनु र स्वच्छताको कमी जस्ता मुद्दाहरू उदाहरणका रूपमा प्राय उल्लेख गरिन्छ।
युरोपेली परिषदले अल्बेनियाली अधिकारीहरूलाई कैदीहरूको मानव अधिकार रक्षा गर्न र उनीहरूको पुनर्स्थापनामा सहयोगका लागि प्रयास गर्नआग्रह गरेको छ।
मेड इन प्रिजन पहलकदमीले महिला कैदीहरूको रिहाइ पश्चात उनीहरूलाई समाजमा पुनर्स्थापित गर्न योगदान पुर्याउन सक्छ।