फोटोमा स्वस्थानी व्रतकथा: नेपालमा जीवनसाथीको दिर्घायूको लागि महिनाभर गरिने व्रत र प्रार्थनाको पर्व

Nepalese Hindu devotees offer prayers before taking holy dips at Hanumante River during Madhav Narayan festival in Bhaktapur, Nepal. Nepalese Hindu women observe a fast and pray Goddess Swasthani and God Madhav Narayan for longevity of their husbands and family prosperity during the month-long festival. Image by Sunil Sharma. Used with permission.

नेपालको भक्तपुरमा हुने माधव नारायण पर्वको अवसरमा हनुमन्ते नदी प्रवेश गर्नु अघि नेपाली हिन्दू भक्तजनहरु प्रार्थना गर्दै। सुनिल शर्माद्वारा लिईएको तस्वीर। अनुमति लिएर प्रयोग गरिएको।

स्वस्थानी व्रतकथा वर्षको एक पटक महिनाभर मनाइने हिन्दूहरुको पर्व हो । यस पर्वमा महिलाहरु आफ्ना पति र परिवारजनहरुको समृद्धी र हेरचाहको लागि देवी श्रीस्वस्थानी मातालाई पूजा प्रार्थना गर्दै व्रत बस्दछन्। कन्या केटीहरू भने राम्रा पति पाउनका लागि व्रत बस्छन्।

यसको व्रत-विधि पौषशुक्ल पूर्णिमाको दिन शुरु हुन्छ र माघ शुक्ल पूर्णिमाको दिन (नेपाली क्यालेण्डरको दशौं महिना) समाप्त हुन्छ जुन हिजोको दिन थियो।

यस पर्वमा भक्तजनहरू स्वस्थानी व्रतकथाका श्लोक (स्वस्थानी माताको कथा किताब) पढ्छन् र श्रोताहरुलाई सुनाउँछन्। एक महिना (३१ दिन) मा प्रत्येक दिन फरक अध्यायहरु पढेर सुनाउँदछन्। व्रतालु महिलाहरु उक्त महिनाको प्रत्येक दिन बिहान सबेरै उठेर स्नान गर्छन् र नित्य मध्यान्ह कालमा हिन्दूधर्मका प्रमुख त्रिदेव मध्य एक देव महादेवको पूजापाठ गर्दछन्।

महिनाभर मनाइने स्वस्थानी व्रतकथा पर्वमा नेपाली महिला काठमाडौंको पशुपतिनाथ मन्दिर परिसरमा पवित्र स्नान गर्दै

केही महिलाहरू पुरै एक महिना पनि व्रत बस्छन्। लेखक शिवानी न्यौपानेले ट्वीट् गरिन्:

हिजो पौराणिक कथा झै लाग्यो। मैले एक महिला उनको एक महिना लामो स्वस्थानी व्रत गुफा भित्र गरिरहेकी देखें।#Nepal

प्रेम, उर्वरता तथा भक्तिकी हिन्दूदेवी राजा हिमालयपर्वतकी पूत्री पार्वतीले बाल्यावस्था देखिनै इच्छाएको श्रीमहादेव स्वामी पाउं भनी एक महिनासम्म देवी स्वस्थानीको पूजापाठ गर्दै व्रत बसेपछि यस व्रत-विधिको शुरुवात भएको मानिन्छ। महादेवसँग उनको प्रेम कुनै अप्रत्याशित घटना थिएन — महादेवको पहिलो पत्नी सतिदेवी आफैले आत्मदाह गरेपछि उनको पूनर्जन्म पछिको अवतार पार्वती थिईन्।

यस कथामा उल्लेखित ठाउँहरु गुहेश्वरी, गोकर्ण, श्लेषमान्तक वन, गौरिघाट, बागमती नदी र शाली नदीमा भक्तजनहरुको घुइँचो लागेको हुन्छ।

साँखु र भक्तपुरमा स्त्री र पुरुष दुवै देवी श्रीस्वस्थानी माता र भगवान माधव नारायणको पूजापाठ गर्दै व्रत बस्छन्। स्वस्थानी व्रतकथाको शुरुवाती र समाप्तिका दिनहरुसँगसँगै हुने माधव नारायण पर्वमा पनि मानिसहरु वैधिक स्नान् गर्दछन्।

भक्तजनहरु आ-आफ्ना जीवनसाथी र परिवारजनहरुको दिर्घायूको लागि देवी स्वस्थानी माताको पूजा गर्छन् भने केही व्यक्ति यस विधिमा उल्लेखित लैङ्गिक असमानतादेखि दुखी छन्।

यस लेखमा, मन्जु थापा लेख्छिन्:

कथाले पति भनेका मालिक हुन् भने पत्नी भनेका पतिको सेवा र चाकडी गर्ने सेवक हुन् भन्नेजस्ता पति—पत्नीको अत्यन्तै असन्तुलित अन्तरसम्बन्ध देखाइएको छ, जुन महिलामैत्री छैन ।

यो परम्परा केही असन्तुष्टिका बावजुद पनि चलिनै रहेको छ। ट्वीटरमा atmiya_nepali ले  व्यंग्यात्मक ढंगमा लेखे:

यो बहस चलिरहँदा, फोटोग्राफरहरु सुनिल शर्मा र अर्चना श्रेष्ठले खिंचेका तस्वीरहरुमा स्वस्थानी व्रतकथा र माधव नारायण पर्वका झलकहरु हेरौं।

स्वस्थानी व्रतकथाको अवसरमा पशुपतिनाथ मन्दिरको प्राङ्गणमा रहेको बागमती नदीमा नेपाली हिन्दू भक्तजनहरु नुहाउँदै। अर्चना श्रेष्ठद्वारा लिईएको तस्वीर। अनुमति लिएर प्रयोग गरिएको।

स्वस्थानी व्रतकथाको अवसरमा बागमती नदीमा नेपाली हिन्दू भक्तजनहरु जल लिंदै। अर्चना श्रेष्ठद्वारा लिईएको तस्वीर। अनुमति लिएर प्रयोग गरिएको।

माधव नारायण पर्वमा नेपालको भक्तपुर जिल्लाको हनुमन्ते नदीको किनारामा नेपाली हिन्दू भक्तजनहरु प्रर्थना गर्दै। सुनिल शर्माद्वारा लिईएको तस्वीर। अनुमति लिएर प्रयोग गरिएको।

माधव नारायण पर्वमा नेपालको भक्तपुर जिल्लामा नेपाली हिन्दू महिलाहरु चोखो हुन हनुमन्ते नदीमा डुबुल्की लगाएपछि न्यानो हुन आगो ताप्दै। सुनिल शर्माद्वारा लिईएको तस्वीर। अनुमति लिएर प्रयोग गरिएको।

माधव नारायण पर्वको अवसरमा नेपालको साँखुमा रहेको शाली नदीमा नेपाली हिन्दू भक्तजनहरु चोखो हुन डुबुल्की लगाउनु अगाडि प्रार्थना गर्दै। एक महिने पर्वमा नेपाली हिन्दू महिलाहरु उनीहरुको पतिको लामो आयु र परिवारहरुको समृद्धीको लागि देवी स्वस्थानी र माधव नारायण देवताको पूजा गर्दै व्रत बस्दछन्। सुनिल शर्माद्वारा लिईएको तस्वीर। अनुमति लिएर प्रयोग गरिएको।

माधव नारायण पर्वको अवसरमा नेपालको साँखुमा नेपाली हिन्दू भक्तजन शालीनदीमा डुबुल्की लगाउनु अघि प्रार्थना गर्दै। सुनिल शर्माद्वारा लिईएको तस्वीर। अनुमति लिएर प्रयोग गरिएको।

नेपालको साँखुमा स्वस्थानी व्रतकथा र माधव नारायण पर्वमा नेपाली हिन्दू भक्तजनहरु शाली नदीमा व्रत बस्दै। सुनिल शर्माद्वारा लिईएको तस्वीर। अनुमति लिएर प्रयोग गरिएको।

नेपालको ललितपुर जिल्लाको थेंचोमा माधव नारायण पर्वमा नेपाली हिन्दू भक्तजनहरु उनीहरुको शरिरको अंगहरुमा दियोबत्ति बोक्दै। अर्चना श्रेष्ठद्वारा लिईएको तस्वीर। अनुमति लिएर प्रयोग गरिएको।

नेपालको ललितपुर जिल्लाको थेंचोमा माधव नारायण पर्व-उत्सवमा एक नेपाली हिन्दू भक्तजन परम्परागत विधिमा भाग लिंदै। अर्चना श्रेष्ठद्वारा लिईएको तस्वीर। अनुमति लिएर प्रयोग गरिएको।

नेपालको ललितपुर जिल्लाको थेचोमा माधव नारायण पर्व-उत्सवमा माधव नारायण देवताको चित्रणमा एक नेपाली युवक परम्परागत विधिमा भाग लिंदै र उपस्थितिहरुले जल छर्कंदै गरेको। अर्चना श्रेष्ठद्वारा लिईएको तस्वीर। अनुमति लिएर प्रयोग गरिएको।

Exit mobile version