२०२० सिंहावलोकन: दक्षिण एसियामा कोभिड-१९

हाम्रो दक्षिण एशियाली कभरेज
Image by Pete Linforth from Pixabay

तस्वीर पिट लिनफोर्थ  Pixabay लाइसेन्स प्रयोग गरिएको।

जब सन् २०२० मा कोभिड-१९ ले विश्वलाई आफ्नो कब्जामा लियो, घना आबादी भएको दक्षिण एसिया सबैभन्दा नराम्ररी प्रभावित क्षेत्रहरूमध्ये एक बन्यो-भारत, बंगलादेश, पाकिस्तान र नेपालले कोरोनाभाइरस सङ्क्रमितको संख्यामा चीनलाई पछाडि पार्यो

महामारीको कारण उत्पन्न आर्थिक एवं सामाजिक उथलपुथल लगभग विनाशकारी भएको छ, प्रगति रोकिएको छ र लामो समयसम्म बन्दाबन्दी र सरकारको अपर्याप्त सहयोगले लाखौं मानिसहरूलाई गरिबीको रेखामुनि धकेल्यो। ग्लोबल भ्वाइसेज कभरेजले दक्षिण एसियामा कोभिड-१९ को कारण भएको विनाश र अनिश्चिततालाई प्रकाश पारेको छ। यस क्षेत्रका कुनै पनि देशमा खोप अहिलेसम्म उपलब्ध छैन।

जब सार्स-जस्तो भाइरस डिसेम्बर २०१९ को अन्तमा र जनवरी २०२० मा फैलिरहेको समाचार आयो, चीनले जनवरी २३, २०२० मा वुहान सहर बन्द गर्ने घोषणा गर्यो र उडानहरू स्थगित गरियो। बंगलादेश भारतले विदेशमा रोकिएका मानिसहरूलाई फिर्ता ल्याउनका लागि विशेष उडानको व्यवस्था गरे तर पाकिस्तानले प्रतिक्रिया जनाउन ढिलो गर्यो। मध्य चीनको हुबेई प्रान्तमा रोकिएका पाकिस्तानी विद्यार्थीहरूले आफूहरूलाई घर पठाउने व्यवस्था गर्नको लागि पाकिस्तान सरकारलाई अपील गर्न सामाजिक सञ्जालको उपयोग गरे।

कैयौँ नेपाली मजदुरहरूको लागि देश भित्र र प्रवास दुवैमा मार्च २४ मा लगाइएको बन्दाबन्दी कोभिड-१९ भन्दा घातक साबित भयो। विशेष गरी मध्यपूर्व र मलेसियामा फसेका मजदुरहरूले आफूहरूलाई घर फर्काउनका लागि नेपाली सरकारलाई अपिल गर्न विरोध गर्नुपरेको थियो

मार्च २४ देखि भारतमा भएको बन्दाबन्दीले लाखौं असुरक्षित मजदुरहरू बिना तलब र आफैं वा आफ्नो परिवारको हेरचाह गर्न असमर्थ बने। अन्य कुनै विकल्प नरहेपछि र सार्वजनिक यातायात बन्द भएपछि ठूलो संख्यामा मजदुरहरू र उनीहरूका परिवारहरू आफ्नो घर जानको लागि लामो दूरी पैदल तय गर्न थाले

तस्वीर राजेश बलौरिया Pixabay लाइसेन्स प्रयोग गरिएको।

मे १२ मा, प्रधानमन्त्री नरेन्द्र मोदीले आप्रवासी जनसमुदायलाई सहयोग पुर्याउन ढिलाइ भएको आत्मनिर्भर भारत अभियान (आत्मनिर्भर भारत) राहत तथा पुनर्लाभ योजनाको घोषणा गरे। यद्यपि, जनसंख्याको गरिब वर्गलाई समस्याग्रस्त अवस्थामा छोडेको बताइएको थियो र तीमध्ये धेरैले सरकारी र गैर-सरकारी पहलहरूको पर्याप्त समर्थन बिना बाँच्न संघर्ष गर्नु परेको थियो।

अग्र पङ्तिमा खटिने कर्मचारीहरू

स्वास्थ्य र सामाजिक सेवामा अग्र पङ्तिमा रहेर काम गर्ने कर्मचारीहरूले दक्षिण एसियाका धेरै देशहरूमा कोभिड-१९ विरुद्ध लड्न महत्वपूर्ण भूमिका खेलेका छन् र उनीहरूमा सङ्क्रमणको पर्याप्त जोखिम पनि छ।

घना आबादी भएको बंगलादेशमा अग्र पङ्तिमा रहेर काम गर्ने कर्मचारीहरूले केही आलोचना सँगै अभूतपूर्व स्तरमा कठिनाइको सामना गर्नु पर्यो। थुप्रै अस्पतालहरू, क्लिनिकहरू र परीक्षण सुविधामा आवश्यक स्रोत साधनको अभाव थियो, क्वारेन्टाइन मापदण्ड कार्यान्वयनको कमी थियो र सेवामा खटिएकालाई तालिम दिन पर्याप्त समय थिएन। देशका धेरै स्थानहरूमा सार्वजनिक स्वास्थ्य सेवाको अपर्याप्तता र अग्र पङ्तिमा काम गर्ने चिकित्सा पेशाकर्मीको लागि अपर्याप्त सुरक्षाले कोभिड-१९ विरुद्ध लडाइँलाई जटिल बनायो।

अक्सिजन सहितको अस्पतालको बेड। तस्वीर सिलास कामार्गो सिलाओ,  Pixabay लाइसेन्स प्रयोग गरिएको।

अप्रिल ६, २०२० मा पाकिस्तानी स्वास्थ्यकर्मीहरूले व्यक्तिगत सुरक्षा उपकरण (पीपीई), उचित क्वारेन्टाइन र अन्य सुरक्षा उपायहरूको माग गर्दै बलूचिस्तान प्रान्तको क्वेटामा विरोध प्रदर्शन गरे जसमा करिब १५० जना प्रदर्शनकारीलाई पक्राउ गरियो।

सङ्क्रमित बिरामीहरूबाट कोभिड-१९ स्वास्थ्यकर्मीहरूलाई सर्ने र समुदायमा भाइरस फैलाउने डरले भारतमा धेरै स्वास्थ्यकर्मीहरू स्थानीय भीडको आक्रमणमा परे

संघर्षरत अर्थव्यवस्था

दक्षिण एसियाली देशहरूमा अर्थतन्त्र कोभिड-१९ महामारी नियन्त्रणका लागि सामाजिक दूरी / बन्दाबन्दी नीतिले सबैभन्दा बढी प्रभावित भएको थियो।

बन्दाबन्दी नीतिले सुरु गरेको आर्थिक “सुनामी”को पहिलो संकेत बंगलादेशको राजधानी ढाकामा पुस्तक पसल लगायत धेरै पसलहरू बन्द गर्नु थियो।

ढाका स्थित नीलखेत सेकेन्ड ह्यान्ड पुस्तक पसल। तस्वीर फ्रान्सिस्को एन्जोला (CC BY 2.0)

माल्दिभ्स जस्ता पूर्ण रूपमा पर्यटनमा निर्भर देशहरूले पर्यटक आगमनको संख्या घट्दै गएकोले ठूलो आर्थिक कठिनाइ महसुस गरेका छन्

भारतमा मेमा बेरोजगारी दर २४ प्रतिशत बढेको छ र चिया बगानका मजदुरहरू जस्ता दैनिक ज्यालादारी मजदुरहरूले कामको अभाव र सरकारी सहयोगको अभावमा गरिबी र भोकमरी सामना गरे

सरकारको प्रतिक्रिया

दक्षिण एसियाका अधिकांश सरकारहरूले बन्दाबन्दी र सामाजिक-दूरी नीति लागू गरेर, संकटासन्न समुदायहरूलाई खाद्यान्न पहुँचको लागि राहत प्याकेजहरू प्रबन्ध गर्दै संकटमा प्रतिक्रिया जनाउन सक्दो प्रयास गरेका छन्। उनीहरूले सार्वजनिक सेवा, भाडा, कर र ऋण सेवाहरूमा भुक्तान स्थगित गरे, जसबाट सामान्य मानिसहरूलाई केही राहत दिइयो।

मार्चको पहिलो हप्ताको आरम्भमै अस्थायी रूपमा आफ्नो सीमाना बन्द गर्ने पहिलो राष्ट्रहरूमध्ये एक भुटान थियो। यो विवरण तयार गर्दासम्म ६०० जनाभन्दा बढी सङ्क्रमित र कसैको मृत्यु नभएको राष्ट्र भुटानले तत्काल चालेको कदमका कारण कोभिड-१९ सँग जुध्न सफल राष्ट्रहरूमध्ये एक बनायो।

नेपालले अन्तर्राष्ट्रिय चलचित्र महोत्सव र क्रिकेट प्रतियोगिताहरू स्थगित गरेर अग्रिम कदम चाल्यो, तर ती अपर्याप्त भनी आलोचना गरियो र एक अभियन्ताले हजारौं किलोमिटर पैदल यात्रा गर्दै राष्ट्रव्यापी अभियान (#EnoughIsEnough) सुरु गरे, र सरकारको कमजोर प्रतिक्रियाको विरोधमा भोक हडताल गरे।

अभियन्ता ईःलाई अगस्त ९, २०२० मा पत्रकार सम्मेलनमा लगिदै। फोटो संजीव चौधरी अनुमति लिएर प्रयोग गरिएको।

अप्रिल २, २०२० मा भारत सरकारले आरोग्य सेतु नामको मोबाइल एप्स सुरु गर्यो जसले कोरोनाभाइरस सङ्क्रमित व्यक्ति छ फिटको दूरी भित्र रहे प्रयोगकर्ताहरूलाई सतर्क गराउँदछ। यसले सम्भावित डिजिटल सुरक्षा सवाल बारेमा ठूलो चिन्ता निम्त्यायो। सरकारले सम्भावित सङ्क्रमित व्यक्तिको निगरानीका लागि “डिजिटल आईडी- इन्टिग्रेटेड क्यामेरा” प्रयोग गर्ने सोचमा रहेको कुरा सुनेर अभियन्ताहरू चिन्तित भए र यसले गोपनीयताको चिन्तालाई बढायो

पाकिस्तानले सङ्क्रमितको बढ्दो तथ्यांक सँगै सङ्क्रमण नियन्त्रणमा रहेको दाबी गर्यो तर जुन २०२० मा विश्व स्वास्थ्य संगठनले सङ्क्रमण चिन्ताजनक दरमा बढिरहेको कुरा सम्झाउँदै पाकिस्तानलाई पत्र पठायो र बन्दाबन्दी गर्न सल्लाह दियो। सङ्क्रमण र मृत्युको संख्याको मामलामा उनीहरू अब भारत र बंगलादेश भन्दा पछाडि छन्।

श्रीलंका सरकारले यस वर्ष अगस्तमा हुने संसदीय चुनाव धेरै पटक स्थगित गरेपछि अगाडि बढ्यो

बंगलादेशका अधिकारीहरूले महामारीमा सरकारको प्रतिक्रियाको आलोचना गर्दै सामाजिक सञ्जालमा पोष्ट र कार्टुन पोष्ट गर्ने थुप्रै व्यक्तिहरूलाई पक्राउ गरे

भर्चुअल वातावरणमा विस्थापन

महामारीको सामाजिक उथलपुथलले कलाकार, चलचित्र निर्माता, खेलाडीहरू जस्ता सृजनशील व्यक्तिहरूलाई अत्यन्त प्रभावित पार्‍यो किनभने उनीहरू लामो समय सम्मको बन्दाबन्दीले गर्दा घरमै बसे। धेरै व्यक्तिहरू भर्चुअल र स्ट्रीम गरिएका घटनाहरू जस्ता इन्टरनेटमा आधारित समाधानहरू तर्फ लागे।

मे मा १९ नेपाली कलाकारका सिर्जना भर्चुअल प्रदर्शनीमा प्रदर्शित गरिएका थिए। कार्टुनिस्टहरूले बन्दाबन्दीको त्यो समयमा नेपालीहरूले सामना गरेका चुनौतीहरू चित्रण गर्न चित्रहरू प्रयोग गरे

बंगलादेशमा घरमा इन्टरनेटको प्रयोग तीव्र गतिमा बढ्यो जब धेरैले स्थानीय भाषामा यूट्यूब र फेसबुक भिडियोहरू हेर्न थाले। वृद्धि भएको दर्शकहरूका आवश्यकता पूरा गर्न केही यूट्यूब च्यानलहरू र मनोरञ्जनकर्ताहरू उदाए। महामारीको समयमा विभिन्न पात्रहरूको जीवन चित्रण गर्ने “टङ आइसोलेसन डायरी” शीर्षकको एक छोटो चलचित्र प्रदर्शन भयो

” टङ आइसोलेसन डायरी” श्रृंखलाको छोटो चलचित्रहरूले महामारीको समयमा मानिसहरूका जीवनलाई समेट्यो।टङ -घोर टॉकीज साइटको स्क्रीनशट।

यस वर्ष बंगलादेशका शिविरहरूमा शरण लिइरहेका रोहिंग्या समुदायलाई महामारीको बेलामा उनीहरूको जीवनको अभिलेख राख्न अनुरोध गर्दै एउटा फोटो प्रतियोगिता सुरु गरिएको थियो।

काश्मिरी चिकित्सा शास्त्रका विद्यार्थी तबिश ऐजाज बन्दाबन्दीको क्रममा कोभिड-१९ सँग सम्बन्धित तनाव र उदासीनतालाई तोड्न पातमा बनाइएको चित्र सामाजिक सञ्जालमा सेयर गरेर लोकप्रिय बनिन्।

दक्षिण एसियाका केही शैक्षिक संस्थानहरू विद्यार्थीहरूलाई घरैमा सिकाउन अनलाइन सेवा प्रयोग गरे तर दुर्गम क्षेत्रका विद्यार्थीहरू र कम आय भएका परिवारका विद्यार्थीहरू, पाकिस्तानमा जस्तै यी विद्यार्थीहरूले आफ्नो अध्ययनलाई निरन्तरता दिन ठूलो चुनौतीहरूको सामना गरे। भारतमा उडिसा राज्यको कुताक सहरबाट एक गैर नाफामूलक अपार्टमेन्टले ती विद्यार्थीहरूसँग संपर्क गर्न फोन कल, एसएमएस र रेडियो जस्ता प्रि-इन्टरनेट प्रविधि प्रयोग गर्यो

पर्यावरण

महामारी पर्यावरणको लागि विपत्ति र वरदान दुवै भएको छ। सुरुमा, बन्दाबन्दीले श्रीलंकाको प्रसिद्ध राष्ट्रिय निकुञ्जका वन्यजन्तुहरूमा सकारात्मक प्रभाव पार्यो जहाँ आगन्तुकहरूको चाप धेरै भएको बारेमा लामो समयदेखि गुनासो हुँदै आएको छ। यद्यपि पर्यटक र कामदारहरूको उपस्थिती नरहेको आरक्षले चोरी शिकारीलाई अवसर दियो,प्रायः स्थानीय जनता बन्दाबन्दीबाट प्रभावित भए।

बन्दाबन्दीका धेरै सकारात्मक पक्षहरू थिए। कोभिड-१९ को प्रतिबन्धले धेरै सहरहरूमा प्रदूषण घटाएको छ। दक्षिण एसियाका धेरै भिडियोग्राफरहरूले सहरहरूको गतिविधिहरू कसरी बन्द भएको थियो भन्ने वर्णन गर्दै यूट्यूबमा भिडियोहरू अपलोड गरे। नेपालमा प्रदूषण न्यूनीकरणले चराहरूको लागि अनुकूल वातावरण सिर्जना गर्यो र सगरमाथा राजधानी काठमाडौंबाट देखिन थाल्यो।

एभरेस्ट टुडेले ट्वीट गरेको ब्लग:

बन्दाबन्दीको बेला भाइरल बनेको सगरमाथाको तस्वीरको सम्झना छ? आज फेरि पूर्णतया सफा आकाश भएकोले काठमाडौंबाट सगरमाथा देखिएको छ।

हामी दक्षिण एसियाका थप कथाहरू प्रतीक्षा गर्छौं, सम्भवतः कोभिड-१९ पछिको २०२१ को विश्वबाट।

Exit mobile version