गलगाँडबाट पीडित भारतीय बालबालिकाहरूमा जागरूकता पैदा गर्ने एक भिडियो

The mumps vaccine is not included in the Immunization Programme

भिडियो भोलुन्टियर कम्युनिटी संवाददाता शबनम बेगम। स्क्रिनसट-यूट्यूब भिडियो।

ग्रेस जोलिफको यस लेख सुरुमा भिडियो भोलुन्टियर्स, जुन भारत स्थित पुरस्कार विजेता एक अन्तर्राष्ट्रिय सामुदायिक संगठन हो, मा प्रकाशित भएको थियो र सामग्री साझेदारी सम्झौताको हिस्साको रूपमा संपादित संस्करण यहाँ प्रकाशित गरिएको छ।

उच्च संक्रामक भाइरल रोग गलगाँड भारतमा तीव्र गतिमा फैलिने क्रम जारी रहेको छ, यसको मुख्य कारण सहज रूपमा उपलब्ध हुने खोप भारतको नि:शुल्क विश्वव्यापी खोप कार्यक्रम (यूआईपी) मा समावेश गरिएको छैन । भिडियो भोलुन्टियर कम्युनिटी संवाददाता शबनम बेगमले वाराणसी स्थित दानगञ्ज विदुर गाउँको एउटा प्राथमिक विद्यालयमा रोगको प्रकोप बारे भिडियो रेपोर्टिङ तयार गरिन् जसले समस्या प्रति व्यापक ध्यानाकर्षण गर्यो।

एक पूर्व शिक्षिका शबनम, वाराणसी उत्तर प्रदेशबाट आएकी हुन्। उनको भिडियो हेर्नुहोस्:

“जब हामीले हाजिर पुस्तिकाको नामावली हेर्यौं, हामीले थाहा पायौं कि धेरै बालबालिकाहरू अनुपस्थित थिए। उनीहरूलाई गलगाँड भएको हामीले पत्ता लगायौं,” प्राथमिक विद्यालयका एक शिक्षक रामाचन्द भन्छन्।

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का अनुसार, गलगाँड एक भाइरसको कारण हुने संक्रमण हो र यो प्रत्यक्ष सम्पर्क वा वायुजन्य मसिना थोपाको माध्यमले एक मानिसबाट अर्को मानिसमा फैलिने गर्दछ। यो बाल्यावस्थामा हुने सामान्य रोग हो, यसले प्राय पाँचदेखि नौ वर्ष बीचका बालबालिकाहरूलाई प्रभावित पार्दछ। यद्यपि, गलगाँड भाइरसले वयस्कहरुलाई पनि संक्रमित गर्न सक्छ र यस्तो भएमा सम्भावित जटिलताहरू थप गम्भीर हुनसक्दछन्। गलगाँडले मेनिन्जाइटिस (१५% अवस्थामा), अर्काइटिस र बहिरोपन जस्ता जटिलता आउन सक्ने सम्भावना रहन्छ। गलगाँडले यदा-कदा इन्सेफलाइटिस र नसा सम्बन्धी स्थायी क्षति गर्न सक्छ। ६० को दशकदेखि यस रोगको रोकथामको लागि खोप उपलब्ध छ, १२० देशहरूले गलगाँड खोपलाई आफ्ना राष्ट्रिय खोप कार्यक्रममा समावेश गरेका छन्। तथापि भारतले यो कार्यक्रम लागू गर्न बाँकी छ।

रोगको प्रकोप बारेमा प्रकाश पार्दै माथिको भिडियो निर्माण गरेपछि शबनमले वाराणसी स्थित चोलापुर ब्लकमा चोलापुर सामुदायिक स्वास्थ्य केन्द्रका चिकित्सकहरूलाई देखाइन्। त्यसपछि चिकित्सकहरू उक्त विद्यालयमा गए, सबै विद्यार्थीहरूको विस्तृत जाँच गरे र उनीहरूलाई औषधी दिइएको थियो।

“सबै बालबालिकाहरू स्वस्थ नभएसम्म चिकित्सकहरूको टोलीले आफ्नो भ्रमण जारी राख्यो। सबै बालबालिकाहरू स्वस्थ हुन करिब एक महिना जति लाग्यो,” रामाचन्द भन्छन्।

स्वास्थ्य, शिक्षा, सरसफाइ र लैंगिक क्षेत्रमा काम गरिरहेकी शबनम भन्छिन् आफ्नो समुदायको अधिकारहीन सन्दस्यका आवाज बुलन्द पार्न उनी आफ्नो क्यामेरालाई एउटा औजारको रूपमा प्रयोग गर्ने कार्य जारी राख्न चाहन्छिन्। र, जागरूकता पैदा गर्ने र आफ्नो समुदायलाई संगठित गर्ने कार्य जारी राख्नेछिन्।

Exit mobile version