हङकङको आवासीय बजारको नजरमा हामी सबै खाँदिएका गुन्द्रुक हौं

sardines

हङकङमा हामी सबै खाँदिएका गुन्द्रुक (कोचिएका सार्डिन माछाझै) हौं। डिस्इलयुजनिष्टद्वारा बनाइएको रेखाचित्र। (CC BY-ND 4.0)

हङकङ भीडभाडयुक्त तथा महंगो आवासका लागि कुख्यात छ। पुस्तौदेखिका आवासीय नीतिले जीवनस्तर उकास्ने बाँचा गरे पनि हालसम्म पुर्याउन सकेका छैनन्। विगतका दशकहरूमा यस शहरका अपार्टमेन्टहरू साना र अझै महंगा हुँदै गएका छन्।

पिंजडा जस्ता घर, घनाकार वा बोर्डद्वारा प्रविभाजित कोठाहरू तथा यस्तै किसिमका आवास यस शहरका गरीबहरूका लागि अंतिम आश्रय हुने गर्दथ्यो। तर आजभोलि साना घनाकार अपार्टमेन्टसमेत सुविधाभोगी बजारका लागि प्याकेज गर्न सकिन्छ। मनिसहरू असंगतितर्फ असंवेदनशील भएका छन् र तिर्नै नसकिने मूल्यका कोचिएर बस्नुपर्ने आवासहरूमा बस्न स्वीकारेका छन्।

हामी बस्ने आवास जस्तो सुकै भए पनि हङकङमा हामी सबै खाँदिएका गुन्द्रुक (कोचिएका सार्डिन माछाझै) हौं।

Exit mobile version