नेपालको तराई क्षेत्रमा गरिएका शाही शिकारको इतिहास बर्बर छ

Tethered rhinoceros with caged deer in the background. Possibly part of the gift of a collection of animals indigenous to Nepal which the Maharaja had presented to the King George V. Image by The Australian National  University Digital archives. From Public domain.

बधुँवा गैंडा, पृष्ठभूमिमा खोरमा राखिएको मृग। सम्भवतः नेपालका महाराजाले राजा जर्ज पाचौंलाई उपहार स्वरुप दिएका नेपालका रैथाने जनावरहरू। तस्वीर सौजन्य: अष्ट्रेलियन नेशनल युनिभर्सिटि डिजिटल कलेक्शन्स लाइब्रेरी। सार्वजनिक डोमेनबाट।

नेपालको दक्षिणी समथर भाग कृषिका लागि मात्र नभई घना जंगल तथा धेरै किसिमका जनावरहरूका लागि पनि प्रसिद्ध छ।

अहिले राष्ट्रिय निकुञ्ज बनाइएका यी क्षेत्र त्यसबेला शिकारका लागि फस्टाउँदो भूमि थिए। हालको चितवन राष्ट्रिय निकुञ्ज नेपाली राणा शासक तथा तिनका पाहुनाहरूद्वारा १८४६ देखि १९५१ सम्म शाही शिकार आरक्षका रुपमा प्रयोग भएको थियो।

ब्रिटिश तथा नेपाली शासकहरू संलग्न रक्तरंजित शिकारका एक सेट एतिहासिक फोटोहरू अनलाइनमा भाइरल भएका छन्। त्यस शिकारमा कैयन बाघ, भालु तथा गैंडा मारिएका थिए।

ब्रिटिश शाही शिकार फेब्रुअरी १८७६ देखि शुरु भएको र त्यसबेलाका नेपाली प्रधान मन्त्री जंग बहादुर राणाले आयोजना गराएको बारे सुबोध राणा आफ्नो ब्लगमा लेख्छन्:

In February 1876 A.D. Albert Edward, Prince of Wales, (later King Edward VII), son of Queen Victoria came to hunt in Banbassa in west Nepal hosted by Prime Minister Jung Bahadur Rana and bagged 23 tigers in a two week shooting spree. He had presided over the Delhi Durbar in celebration of his mother Queen Victoria having been proclaimed the Empress of India on January 1, 1876 A.D. It is written that he was so bored with the formalities of state that coming to shoot in the Terai was the highlight of his India sojourn.

१८७६ फेब्रुअरीमा अलबर्ट एडवर्ड, वेल्सका राजकुमार, (पछि राजा एडवर्ड सातौं), रानी विक्टोरियाकी पुत्र प्रधान मन्त्री जंग बहादुर राणाको निमन्त्रणामा शिकार खेल्न पश्चिम नेपालको बनबासा आए। दुई हप्ताको अवधिमा उनले २३ बाघ मारे। उनले आफ्नी आमा रानी विक्टोरिया जनवरी १, १८७६ मा भारतकी सम्राज्ञी घोषित भएको उपलक्ष्यमा दिल्ली दरबारको अध्यक्षता सम्हालेका थिए। उनी राज्यका औपचारिकतादेखि यति दिक्क थिए कि तराईमा आएर शिकार गर्नु नै उनको छोटो भारत बसाइको विशिष्टता हुनपुगेको लेखिएको छ।

राणा प्रधान मन्त्रीहरूको निमन्त्रणामा पछि आएर धेरै ब्रिटिश राजपरिवारका सदस्यले यस प्रथालाई पछ्याए। मार्च १८९३ मा महाराजा वीर शम्शेरको निमन्त्रणामा आर्चड्युक फ्रयान्ज फर्डिन्याण्ड पनि शिकारका लागि नेपाल आएका थिए। १९१४ मा उनको हत्याले प्रथम विश्व युद्ध निम्त्यायो।

यद्यपि, राजा जर्ज पाचौंको शिकार यात्रा सबैभन्दा बर्बर र हिंस्रक थियो। १९११ मा भारतका सम्राट विभूषित भएपश्चात् उनले नेपाल भ्रमण गरेका थिए।

प्रधान मन्त्री चन्द्र शम्शेर राणाद्वारा निम्त्याइएको शिकार समूहले १९११ डिसेम्बर १८–२८ को अवधिमा १८ गैंडा, ३९ बाघ तथा ४ भालुको गोली हानी शिकार गरेको थियो।

राजा स्वयंले ८ गैंडा, २१ बाघ तथा १ भालुको शिकार गरेका थिए।

कीज रूकमाकर, बार्बरा नेल्सन तथा ड्यारेल डोरिङ्टनले द रोयल हन्ट अफ टाइगर एण्ड राइनोसेरोसेज इन द नेप्लीज तराई इन १९११ मा त्यस शिकारको विस्तृत विवरण खुलाएका छन्।

१९११ मा नेपालको तराईमा शिकार यात्राका दौरान नेपालका प्रम चन्द्र शम्शेर राजा जर्ज पाचौंलाई अभिवादन गर्दै

डिसेम्बर १९११ मा त्यस दिनको शिकारका साथ राजा जर्ज पाचौं। कूल ३९ बाघ, १८ गैंडा र ४ भालु मारिएका थिए।

१९११ – एडवर्ड हेनरी, बंगाल पुलिसका पूर्व आईजि, शाही शिकारका दौरान नेपालको नारायणीमा राजा जर्ज पाचौंका साथ

अष्ट्रेलियन नेशनल युनिभर्सिटिलाई उपहार दिइएको एल्बमबाट लिइएका ५० फोटोहरूमार्फत त्यस शाही शिकारको दस्तावेज तयार पारिएको छ। एएनयु लाइब्रेरीले ती फोटोहरूका क्याप्शन प्रदान गरेको छ

हिज मेजेष्टिज शूट इन नेप्लीज तराई, डिसेम्बर १९११ लेखले त्यस शिकारलाई यसरी वर्णन गर्छ:

[…] The Maharaja's entourage, who were in a separate camp further along the river, numbered 14,000 including 2000 elephant attendants. After Divine Service on Sunday 24 December 1911, the Maharaja presented the King with a collection of over seventy varieties of animals indigenous to Nepal. During the hunting that followed Divine Service on 25 December, nearly 600 elephants formed the “ring”. The King shot the largest tiger of the expedition on that day. […]

[…]नदीसँगै अलिक पर फरक शिविरमा २००० हात्ती परिचर लगायत महाराजाका १४,००० परिचारक गण थिए। २४ डिसेम्बर १९११ आइतवारको दिव्य सेवा पश्चात् महाराजाले भेटी स्वरुप राजालाई ७० थरिका नेपाली रैथाने जनावरहरूको संग्रह टक्र्याए। २५ डिसेम्बरको दिव्य सेवा पश्चात्को शिकारमा झण्डै ६०० हात्तीले “गोलाकार” बनाए। राजाले त्यस दिन सो अभियानभरिकै सबभन्दा ठूलो बाघ मारे।[…]

त्यस शाही शिकारका केही फोटो हेरौं।

शिकार समूह हात्तीमा नदी तर्दै। तस्वीर साभार: द अष्ट्रेलियन नेशनल युनिभर्सिटि डिजिटल कलेक्शन्स लाइब्रेरी। सार्वजनिक डोमेनबाट।

बाघ खोला तर्दै। तस्वीर साभार: द अष्ट्रेलियन नेशनल युनिभर्सिटि डिजिटल कलेक्शन्स लाइब्रेरी। सार्वजनिक डोमेनबाट।

“गोलाकार” बनाउँदै हात्तीमा सवार माहुते तथा शिकारी। तस्वीर साभार: द अष्ट्रेलियन नेशनल युनिभर्सिटि डिजिटल कलेक्शन्स लाइब्रेरी। सार्वजनिक डोमेनबाट।

बाघसँग हात्ती र माहुते। तस्वीर साभार: द अष्ट्रेलियन नेशनल युनिभर्सिटि डिजिटल कलेक्शन्स लाइब्रेरी। सार्वजनिक डोमेनबाट।

राजा जर्ज पाचौं र नेपालका महाराजाका साथ शिकार समूह। तस्वीर साभार: द अष्ट्रेलियन नेशनल युनिभर्सिटि डिजिटल कलेक्शन्स लाइब्रेरी। सार्वजनिक डोमेनबाट।

मृत चार बाघ र एक मृगको निरीक्षण गर्दै शिकारी। तस्वीर साभार: द अष्ट्रेलियन नेशनल युनिभर्सिटि डिजिटल कलेक्शन्स लाइब्रेरी। सार्वजनिक डोमेनबाट।

जर्ज पाचौं मारिएका चार बाघ र एक भालुको संख्या नोट गर्दै। तस्वीर साभार: द अष्ट्रेलियन नेशनल युनिभर्सिटि डिजिटल कलेक्शन्स लाइब्रेरी। सार्वजनिक डोमेनबाट।

हात्तीको पिठ्यूमा मारिएको बाघ। तस्वीर साभार: द अष्ट्रेलियन नेशनल युनिभर्सिटि डिजिटल कलेक्शन्स लाइब्रेरी। सार्वजनिक डोमेनबाट।

मारिएको गैंडाका साथ शिकारी। तस्वीर साभार: द अष्ट्रेलियन नेशनल युनिभर्सिटि डिजिटल कलेक्शन्स लाइब्रेरी। सार्वजनिक डोमेनबाट।

मरेको गैंडाको छाला झिक्दै गरेको तथा अंग काट्दै गरेको हेर्दै मानिसको समूह। तस्वीर साभार: द अष्ट्रेलियन नेशनल युनिभर्सिटि डिजिटल कलेक्शन्स लाइब्रेरी। सार्वजनिक डोमेनबाट।

जर्ज पाचौंको बंगला अगाडि शिकार समूहको ग्रूप फोटो। नेपालका प्रधान मन्त्री तथा महाराजाका साथ राजा जर्ज पाचौं, बीचमा उभिएका। सार्वजनिक डोमेनबाट लिइएको तस्वीर।

यी फोटोहरू बाहेक त्यस कालका केही कंक्रीट सम्झनाहरु बाँकी छन्। दिल्लीमा बस्ने द टेलिग्राफका सम्पादक शंकर्षण ठाकूरले ट्वीट गरे:

भारत–नेपाल बोर्डरमा अवस्थित भिखना ठोरीमा राजा जर्ज पाचौंका लागि बनाइएको शिकार लज अहिले जुवाको अखाडा भएको छ

Exit mobile version