स्वस्थानी व्रतकथा वर्षको एक पटक महिनाभर मनाइने हिन्दूहरुको पर्व हो । यस पर्वमा महिलाहरु आफ्ना पति र परिवारजनहरुको समृद्धी र हेरचाहको लागि देवी श्रीस्वस्थानी मातालाई पूजा प्रार्थना गर्दै व्रत बस्दछन्। कन्या केटीहरू भने राम्रा पति पाउनका लागि व्रत बस्छन्।
यसको व्रत-विधि पौषशुक्ल पूर्णिमाको दिन शुरु हुन्छ र माघ शुक्ल पूर्णिमाको दिन (नेपाली क्यालेण्डरको दशौं महिना) समाप्त हुन्छ जुन हिजोको दिन थियो।
यस पर्वमा भक्तजनहरू स्वस्थानी व्रतकथाका श्लोक (स्वस्थानी माताको कथा किताब) पढ्छन् र श्रोताहरुलाई सुनाउँछन्। एक महिना (३१ दिन) मा प्रत्येक दिन फरक अध्यायहरु पढेर सुनाउँदछन्। व्रतालु महिलाहरु उक्त महिनाको प्रत्येक दिन बिहान सबेरै उठेर स्नान गर्छन् र नित्य मध्यान्ह कालमा हिन्दूधर्मका प्रमुख त्रिदेव मध्य एक देव महादेवको पूजापाठ गर्दछन्।
Nepalese women holy bath in Pashupathinath Temple a month Swasthani Bratakatha festival goddess Swasthani Kathmandu pic.twitter.com/Q3tqXnFRta
— Earthman Journalist (@Intprofessor) February 9, 2016
महिनाभर मनाइने स्वस्थानी व्रतकथा पर्वमा नेपाली महिला काठमाडौंको पशुपतिनाथ मन्दिर परिसरमा पवित्र स्नान गर्दै
केही महिलाहरू पुरै एक महिना पनि व्रत बस्छन्। लेखक शिवानी न्यौपानेले ट्वीट् गरिन्:
Yesterday was the stuff of legend. I saw a woman conducting her month long Swasthani fast inside a cave. #Nepal pic.twitter.com/CJlWQ2jwLT
— Shiwani Neupane (@ShiwaniNeupane) February 15, 2016
हिजो पौराणिक कथा झै लाग्यो। मैले एक महिला उनको एक महिना लामो स्वस्थानी व्रत गुफा भित्र गरिरहेकी देखें।#Nepal
प्रेम, उर्वरता तथा भक्तिकी हिन्दूदेवी राजा हिमालयपर्वतकी पूत्री पार्वतीले बाल्यावस्था देखिनै इच्छाएको श्रीमहादेव स्वामी पाउं भनी एक महिनासम्म देवी स्वस्थानीको पूजापाठ गर्दै व्रत बसेपछि यस व्रत-विधिको शुरुवात भएको मानिन्छ। महादेवसँग उनको प्रेम कुनै अप्रत्याशित घटना थिएन — महादेवको पहिलो पत्नी सतिदेवी आफैले आत्मदाह गरेपछि उनको पूनर्जन्म पछिको अवतार पार्वती थिईन्।
यस कथामा उल्लेखित ठाउँहरु गुहेश्वरी, गोकर्ण, श्लेषमान्तक वन, गौरिघाट, बागमती नदी र शाली नदीमा भक्तजनहरुको घुइँचो लागेको हुन्छ।
साँखु र भक्तपुरमा स्त्री र पुरुष दुवै देवी श्रीस्वस्थानी माता र भगवान माधव नारायणको पूजापाठ गर्दै व्रत बस्छन्। स्वस्थानी व्रतकथाको शुरुवाती र समाप्तिका दिनहरुसँगसँगै हुने माधव नारायण पर्वमा पनि मानिसहरु वैधिक स्नान् गर्दछन्।
भक्तजनहरु आ-आफ्ना जीवनसाथी र परिवारजनहरुको दिर्घायूको लागि देवी स्वस्थानी माताको पूजा गर्छन् भने केही व्यक्ति यस विधिमा उल्लेखित लैङ्गिक असमानतादेखि दुखी छन्।
यस लेखमा, मन्जु थापा लेख्छिन्:
कथाले पति भनेका मालिक हुन् भने पत्नी भनेका पतिको सेवा र चाकडी गर्ने सेवक हुन् भन्नेजस्ता पति—पत्नीको अत्यन्तै असन्तुलित अन्तरसम्बन्ध देखाइएको छ, जुन महिलामैत्री छैन ।
यो परम्परा केही असन्तुष्टिका बावजुद पनि चलिनै रहेको छ। ट्वीटरमा atmiya_nepali ले व्यंग्यात्मक ढंगमा लेखे:
साँच्चै महिलामाथि गरिएको चरम विभेदको कथा संग्रह “श्री स्वस्थानी व्रतकथा” किताब अग्रगामी हरूले च्याते कि नाईँ ?
— Atman (@atmiya_nepali) January 24, 2016
यो बहस चलिरहँदा, फोटोग्राफरहरु सुनिल शर्मा र अर्चना श्रेष्ठले खिंचेका तस्वीरहरुमा स्वस्थानी व्रतकथा र माधव नारायण पर्वका झलकहरु हेरौं।