ट्रिनिडाड र टोबागोमा ईस्टरको उत्साह र उमंग

वर्षको यो समय उत्साह र उमंगले भरिएको हुन्छ।

ईस्टर छुट्टिहरू ट्रिनिडाड र टोबागोको सुख्खा मौसमको ठिक बीचमा पर्दछन्। जसले गर्दा घरमै बसी छुट्टी मनाउनेहरू (“स्टेकेशनर्स”) समय कटाउन धेरै आउटडोर गतिविधिहरू छनौट गर्छन्। तीमध्येका केहि झलक साथै यी जुम्ल्याहा-द्वीप समूहमा ईस्टरलाई परिभाषित गर्ने अन्य केहि परम्पराहरू यहाँ हेर्नुहोस् ।

पुइका रूखहरूको प्रशंसा

यस बेला टाबेबुइया (स्थानीय रूपमा ‘पुइ'का नामले चिनिने) फुल्छन् र पहाडहरू तथा सडकका किनार पहेंला फूलहरूले ढाकिन्छन्। पुइको एक प्रजातिमा जापानको चेरी फूलहरूको याद दिलाउने गुलाबी फूलहरू फुल्छन्। जुनसुकै रंगको भए पनि ढकमक्क फुलेका पुइका रूख गज्जब देखिन्छन् र प्रत्येक वर्ष सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले फेसबुक र इन्स्टाग्राममा आफ्ना तस्वीरहरू साझेदारी गर्छन्। पुइ बिना ईस्टर ईस्टर जस्तो लाग्दैन!

बरफको मज्जा

वर्षको कुनै पनि समयमा स्वादिष्ट हुने बरफका टुक्रा, विभिन्न स्वादका सिरप र खुवा मिसाई तयार पारिएको रंगीचंगी सम्मिश्रणको यो परिकार ईस्टरको आसपास अतिरिक्त ताज़ा लाग्छ। विक्रेताहरू सम्भावित ग्राहकहरूलाई आकर्षित गर्न लोकप्रिय समुद्र तटहरू र क्वीन्स पार्क सभाना (राजधानीको मुख्य हरियो ठाउँ) पटक पटक चहार्ने गर्दछन्।

उच्च उडान

अर्को लोकप्रिय ईस्टर परम्परा भनेकाे चङ्गा उडाउनु रहेकाे छ, यो प्रतियोगिता हरेक वर्ष ईस्टर आइतबारका दिन क्वीन्स पार्क सभानामा आयोजना गरिन्छ ।

ईस्टर आइतबार चङ्गा-उडाउने प्रतियोगी, क्वीस्स पार्क सभाना, त्रिनिदाद। फोटो: जर्जिया पपेलवेल, CC BY-NC-SA 2.0।

क्रिकेटको खेल

यो समयमा क्रिकेट टोलीहरूले “व्हाइट” (सेतो) पहिरनमा समुदायका खेल मैदानमा मैत्री खेल खेलिरहेकाे (साथै सभनामा पनि) एक सामान्य दृश्य हो ।

तातो क्रस बन्सको मज्जा

क्रस बन्सको विशेष परिकार बिना ईस्टर ईस्टर जस्तो हुँदैन। जहाँसम्म धार्मिक अवस्थाकाे कुरा छ, ट्रिनिडाड र टोबागोको जनसंख्या मुख्यतः ईसाई हो, र बन्स परम्पराकै रूपमा शुक्रबार खाने चलन रहिआएकाे छ ।

Exit mobile version