क्यानडामा आदिवासी महिलाहरू कसरी कलामार्फत् उपचार खाेजिरहेका छन्

क्यानडाका आदिवासी महिलाहरू अत्यधिक हिंसाका शिकार हुने गर्दछन्

कलाकार रेबेका बेलमाेरकाे “फ्रिन्ज” कला । लेखकले याे तस्वीर सन् २०१९ मा माेन्ट्रियल मुसी डे’आर्ट कन्टेपाेरिएरनमा भएकाे उनकाे प्रदशर्नी “रेबेका बेलमाेरः फेसिङ द मोनुमेन्टल” मा लिएकी हुन् ।

सन् २००२ काे क्यानडाकाे हिउँदमा, भ्यान्कुभरकाे डाउनटाउन पूर्वी छेउ भएर हिँडने यात्रुहरूले आदिवासी एनीसिन्आवे नेसनकी रेबेका बेलमाेरलाई एउटा टेलिफाेन पाेलमा लामाे राताे लुगा झुन्ड्याइरहेकाे देख्न सक्थे । उनले आफूलाई नै स्वतन्त्र बनाउन संघर्ष गरिन् र एकदिन आफूलाई स्वतन्त्र बनाइ छाडिन्। उनकाे लुगा च्यातिएर झुत्राे भईसकेकाे थियाे र उनकाे अन्तरवस्त्र देखिइरहेकाे थियाे । उनले बिस्तारै आफ्नाे पाखुरामा लेखिएकाे बेपत्ता पारिएकी महिलाकाे नाम पढिन् । उनले एक एक गरी नामहरू चिच्याउँदै उच्चारण गरी आफ्नाे प्रस्तुतिकाे अन्त्य गरिन् । 

बेलमाेर एक बहुविधामा आधारित कलाकार हुन् । “भिजिल” उनकाे कामकाे एक अंश हाे । यसमार्फत् उनले भ्यान्कुभरकाे सडकबाट हराएका, बेपत्ता भएका र हत्या गरिएका आदिवासी महिलाहरूकाे स्मरण गरेकी थिइन् । “उनी हरेक महिलाहरूलाई उनीहरू बिर्सिएका छैनन्ः तिनका आत्मा जिवितै छ, र नाममार्फत् उनीहरूलाई शक्ति प्रदान गरिएकाे छ,” भन्न चाहन्छिन् । 

बेलमाेरकाे प्रदर्शनीमा भिडियाेमा देखाइएकाे प्रस्तुतिले अवलाेकनकर्ता वा दर्शकहरूलाई अचम्मित तुल्याउन सक्छ । तर यही नै क्यानडाकाे वास्तविकता हाे । बारम्बार विश्वव्यापी गुणस्तरिय जिवनयापनमा अग्रपङ्तिमा सूचीकृत हुने यस देशका आदिवासी महिलाहरूले अत्याधिक हिंसा भाेग्दै आएका छन् । सन् २०१४ मा, राेएल क्यानेडिएन माउन्टेड पुलिस (RCMP) ले पुष्टि गरेअुनसार १,०१७ आदिवासी महिलाहरूकाे हत्या भएकाे छ भने सन् १९८० देखि यता १६४ जना बेपत्ता भएका छन् । यद्यपि आदिवासी महिलाहरूले देशकाे कुल महिला जनसङ्ख्याकाे ४.३ प्रतिशत मात्र ओगटेका छन् ।

कलाकार रेबेका बेलमाेरकाे “भिजिल” प्रस्तुति । लेखकले याे तस्वीर सन् २०१९ मा माेन्ट्रियल मुसी डे’आर्ट कन्टेपाेरिएरनमा भएकाे उनकाे प्रदशर्नी “रेबेका बेलमाेरः फेसिङ द मोनुमेन्टल” मा लिएकी हुन् ।

न्याटिभ वुमन्स असाेसिएशन अफ क्यानडा (NWAC) ले गरेकाे अनुसन्धानले अपरिचित व्यक्तिबाट मारिनेहरूमा गैर–आदिवासी भन्दा तीन गुणा बढी आदिवासी महिलाहरू रहेकाे बताएकाे छ । आदिवासी महिला वा युवतीहरू अपरिचित व्यक्तिहरूबाट (१६.५ प्रतिशत), परिचित व्यक्तिहरूबाट (१७ प्रतिशत) वा आफ्नै साथी–सङ्गीबाट (२३ प्रतिशत) मारिन्छन् । 

आदिवासी महिलाहरूले आदिवासी र गैर–आदिवासी दुवैबाट प्रताडित भई हिंसा खेप्नु परिरहेकाे छ; जसमध्ये बहुसङ्ख्यक रूपमा पुरूषहरू पीडक हुने गरेकाे NWAC काे अनुसन्धानकाे निचाेड रहेकाे छ । यसले आदिवासी महिला वा युवतीहरूमाथि हुने ५३ प्रतिशत हत्याका घटनाहरू नरसंहारका रूपमा देखिएकाे र देशकाे नरसंहारका घटनाहरूका ८४ प्रतिशत यस्ता घटनाले ढाक्ने गरेकाे देखाएकाे छ । 

द एशाेसिएसन क्युबेक नेटीभ वुमन (QNW) ले युराेपिएनहरूका आगमन हुनुअघि, आदिवासी महिलाहरूले समुदायका स्वास्थ्य, अध्यात्मिक, शिक्षा, अर्थतन्त्र र राजनीति जस्ता क्षेत्रहरूमा  उल्लेखनीय भूमिका निभाउने गरेकाे  बताएकाे छ । “युराेपियन पितृसत्ता” नीति अवलम्बन भए यता यसमा व्यापक परिवर्तन भएकाे हाे, जुन हालसम्म पनि निरन्तर चलिरहेकाे छ । 

विभिन्न क्यानेडियन विश्विविद्यालयहरूका अनुसन्धानकर्ताहरू जस्तै मेरी–पिएर बुकेसिग्फ्रिड टेम्ब्लेका अनुसार, क्यानेडियन संघीय सरकारद्वारा लागू गरिएकाे व्यवस्थित सम्राज्यवाद नीतिहरूले आदिवासी मानिसहरूलाई युराे–क्यानेडियन जिवनशैलीसँग घुलमिल हुन अभिप्रेरित गरेकाे कारण आदिवासी सँस्कृती र पहिचानहरू कमजाेर बन्दै गएकाे हाे । 

यस्तै अर्काे नीति हाे, सन् १८७६ देखि लागू भएकाे ईन्डिएन एक्ट, जसले केन्द्रिय सरकारले आदिवासी मानिसहरूका मुद्दाका सम्बन्धमा कसरी शासन गर्छ भनी प्रष्टाउँदछ । क्यानडाकाे आदिवासी जनसङ्ख्या कसरी  लाेपन्मुख अवस्थामा छ भन्ने बारेमा मानवशास्त्री पिएर लेपेजका अनुसार यस कानूनले अझै पनि उनीहरूका कानूनी क्षमतामा असर पारी उनीहरूका स्वतन्त्रतालाई बेवास्ता गर्दछ ।

आदिवासी महिलाहरूका “ईलाकाहरूकाे व्यापक चाेरी” र उनीहरूलाई स्राेत, स्वतन्त्रता, पहिचान र सँस्कृतिकाे “नाेक्सानदेखि नाेक्सान” सम्म पुर्याउन बाध्य पारिनुलाई QNW ले “विचारधारा मेटाउने” भन्दछ

QNW का लागि उपनिवेशवादका कारण नमिल्दाे सामाजिक–आर्थिक वस्तुस्थितिकाे सृजना भई आदिवासी महिलाहरूमा जाेखिम वृद्धि हुन गएकाे छ । वास्तवमा, आदिवासी महिलाहरूमाथि हुने हिंसालाई क्यानडामा जातीय संहारका रूपमा लिने गरेकाे पाइन्छ । 

आदिवासी महिलाहरूले आफ्ना पीडालाई कम गर्न, उपनिवेशवाद, जातीय भेदभाव र याैनिक विभेद प्रणालीकाे निन्दा र प्रतिराेध गर्न थालेका छन् । विस्तारै तर पक्कै पनि, उनीहरूलाई वैकल्पिक, पीडादायक र हृदयविदारक ईतिहासबाट छुट्कारा दिलाउनका लागि र अभिव्यक्तिकाे महत्वपूर्ण माध्यम कला बनेकाे छ । यहाँ उनीहरूका सबैभन्दा सक्रिय कलात्मक अभिव्यक्ति प्रस्तुत गरिएकाे छः 

“११८१”, रेबेका बेलमाेर (सन् २०१४)

बेलमाेरले एउटा रूखकाे ठूटाेमा सबै ११८१ वटा काँटीहरू गाढेकी छिन् । हरेक काँटीले, प्रहरी तथ्याङ्ककाे विवरण अनुसार मारिएका र हराएका आदिवासी महिलाहरूकाे मुद्दाकाे प्रतिनिधित्व गर्दछ ।

“११८१”, रेबेका बेलमाेर ।  लेखकले याे तस्वीर सन् २०१९ मा माेन्ट्रियल मुसी डे’आर्ट कन्टेपाेरिएरनमा भएकाे उनकाे प्रदशर्नी “रेवेका बेलमाेरः फेसिङ द मोनुमेन्टल” मा लिएकीहुन् ।

“फ्रिन्ज”, रेबेका बेलमाेर (सन् २००७)

याे कलाकृती  एउटा तस्वीर हाे, जहाँ एकजना अर्धनग्न महिला आफ्नाे पछाडिकाे भाग क्यामेरातर्फ पारी सुतेकी छिन् । उनकाे काँधबाट तलैसम्म टाँका लगाइएका दागहरू देख्न सकिन्छ । जहाँ राता दानाहरू रगतका बिम्बका रूपमा तलतिर बगिरहेका छन् । 

बेलमाेर आफ्नाे कलाकृतिका बारेमा भन्छिन्, “याे नहराउने शरिर हाे ।” उनकाे कलाकृतीमा निकाे हुँदै गरेकाे घाउँ भएकी महिला शरिर देख्न सकिन्छ । यस्ताे शरिर हाल बाच्न सफल भएका धेरैकाे छ । यसले आदिवासी महिलाहरूकाे सहनसिलता देखाउँदछ ।

“वाल्किङ विद आवर सिस्टरर्स”, क्रिष्टी बेल्काेर्ट (सन् २०१२ बाट हालसम्म)

कलाकार क्रिष्टी बेल्काेर्ट, मेटीस् (ह्वाइट र आदिवासीकाे मिश्रित वर्ण) हुन् । उनले जमिनमा १,७६३ जाेडी माेकासिनले बुनेकाे भ्याम्प (जुत्ताकाे साेलजस्तै आकार वा आकृति) राखी एक  प्रतिस्थापन कला प्रदर्शनीमा राखेकी छिन् । त्यहाँ भएका हरेक भ्याम्पले बेपत्ता भएका वा मारिएका महिलाका साथै आवाशिय विद्यालयहरूमा गएर कहिल्यै नफर्किएका बालबालिकाहरूकाे प्रतिनिधित्व गर्दछ ।

“रेड्रेस (REDress) प्राेजेक्ट”, जेमी ब्ल्याक (सन् २०११)

याे प्रतिस्थापन कलामा ६०० राता लुगाहरू सङ्कलन गरिएका छन् । राताे रङ्गकाे प्रतिक भनेकाे, सामुदायिक अनुदानमार्फत् हिँसा बिरूद्धकाे प्रतिकार नै हाे । ब्ल्याक मेटिस् कलाकार हुन् जसलाई बेल्काेर्टकाे काम मनपर्छ । उनले महिला विरूद्ध हुने हिंसाका बारेमा कलात्मक प्रतिक्रिया मिलाेस् भनी याे कलाकाे सृजना गरेकी थिइन् । लुगा लगाउने महिलाहरूका शरिरकाे अनुपस्थितिमा उनले बहुसङ्ख्यक हराएका महिलाहरूकाे दृष्य मार्फत् सम्झना दिलाउने प्रयास गरेकी थिइन् ।

“रेड्रेस” प्रदर्शनीका तस्वीरहरू तस्वीरहरूः जेमी ब्ल्याक (बाया) र सारा क्रले (दाया) । तस्वीरहरू अनुमति लिएर प्रयाेगमा ल्याइएका हुन् । 

“द थ्री ग्रेसेज”, केन्ट मन्कम्यान (सन् २०१४)

मन्कम्यान क्री र आइरिस कलाकार हुन् । उनले गर्ने शक्तिशाली दृष्य समिक्षाका कारण उनी चिरपरिचत छन् । जसमा उनले उपनिवेशवादकाे प्रभुत्व रहेका कथाहरूलाई व्यक्तिगत तथा आदिवासी दृष्टिकाेणबाट भिन्न तरिकाले प्रस्तुत गर्ने गरेका छन् । 

मन्कम्यानले व्यङ्ग्यमार्फत् आदिवासी महिलाहरूमा हुने याैनिक हिंसा र याैनक्षेत्रमा कार्यरत महिलाहरूका पूर्वाग्रहका विराेध गरेका छन् । उदाहरणका लागि उनकाे चित्र “ले पेटीट डेजने सुर एलहर्व” मा विनीपेगकाे एउटा हाेटल अगाडि लम्पसार परेर बसेका नाङ्गा वेश्यावृत्तिमा संलग्न महिलाहरू देख्न सकिन्छ । विनीपेग त्याे प्रदेश हाे जहाँ ७० देखि ८० प्रतिशत आदिवासी महिलाहरू सडक वेश्यावृत्तिमा संलग्न हुने गरेका छन् ।  

त्यस्तै “द थ्री ग्रेसेज” कलाकृतीमा मन्कम्यानले रूवेनकाे कलाकारिताबाट प्रभावित भई, शाेभा, साैन्दर्य र  सृजनात्मकताका देवीहरूका प्रतिक स्वरूप तीनजना फरक शरिर भएका आदिवासी महिलाहरूलाई प्रस्तुत गरेका छन् । यसै कलाकृती मार्फत् उनले “बेपत्ता भएका र मारिएका दिदीबहिनीहरू” मा सम्मान व्यक्त गरेका छन् । क्यानडामा आदिवासी महिलाहरू माथि धेरै नै हिँसा हुने गरेकाे उनले बताए । 

आदिवासी महिलाहरूका बारेमा मुलधारे समाजकाे बुझाइमा रहेकाे कमीलाई निवारण गर्न पनि मन्कम्यान, आदिवासी संस्कारमा अति नै सम्माननीय आदिवासी महिलाहरूका स्त्रीत्वकाे शक्तिलाई बढावा दिन चाहन्छन् । 

व्यक्तिगत तथा सामूहिक दुःखकष्ट निराकरण गर्न आदिवासी कला एक उपचार पद्धति हाे । हेल्थ एण्ड साेसिएल सर्भिसेज कमिसनका अनुसार यसले सहनशिलता बढाउन, पहिचान, आत्मरक्षा, भावनात्मक हित, शारीरिक एवं मानशिक स्वास्थ्यमा सकरात्मक प्रभाव पार्नमा उल्लेखनीय भूमिका खेल्ने कुरा बताएकाे छ । एक शैक्षिक सामग्रीका रूपमा कलाले क्यानेडियन सरकारलाई आफ्ना नीतिहरूप्रति जवाफदेही हुन र विश्वसनीय मिलाप प्रक्रिया प्रवर्द्धन गर्नमा सहयाेग पुर्याउन सक्छ ।

Exit mobile version