कोपेनहेगनमा अफ्रिकी र स्केन्डिनेवियाई संगीतकारले सिर्जना गरेका मिठा धुन

Musicians from Scandinavia and southern Africa play a jam session at a Danish café during the Copenhagen Jazz Festival this month. Credit: Sonia Narang

कोपेनहेगन ज्याज महोत्सवमा यो महिना स्केन्डिनाविया र दक्षिण अफ्रिकाका संगीतकार डेनिस क्याफेमा सांगीतिक प्रस्तुति दिँदै। सोनिया नारङ

सोनिया नारङ को यो लेख शुरुमा पीआरआइ डट ओआरजी मा प्रकाशित भएको थियो ( जुलाई १६,२०१६ ) र ग्लोबल भ्वाइसेजमा सामग्री साझेदारी सम्झौता अन्तर्गत पुन:प्रकाशित गरिएको छ।

जुलाईमा वार्षिक कोपेनहेगन ज्याज महोत्सवको अवसरमा डेनमार्कको राजाधानीभरि सडकको कुना कुना, खुल्ला प्लाजा, साथै प्रतिष्ठित ज्याज क्लबबाट आइरहेको संगीत मानिसहरुले सुन्न सक्छन्। हालैको महोत्सवको अवसरमा एक आइतबार दिउँसो मैले एउटा सानो डेनिस क्याफे भूमंडलीय संस्कृतिको लागि एक भेटघाट गर्ने थलोको रुपमा बदलिएको देखें।

क्याफे ब्ला टाईम, भित्र जसको डेनिसमा अर्थ “ब्लु आवर क्याफे” (अर्थात ब्लु टाईम क्याफे) हुन्छ, अन्तर्राष्ट्रिय संगीतकारको एक पंक्ति – मोजाम्बिकका एक जना ड्रमर/गायक, सेक्सोफोन र पियानोवादक स्वीडिस दाजुभाइ, स्वाजील्याण्डका गायक जो अहिले डेनमार्कमा बस्छन्, एक जना फिनिस बासवादक र एक जना नामिबियाका गितारवादकलाई हेर्न एक समूह जम्मा भयो।

क्याफेमा सांगीतिक प्रस्तुति हुनुभन्दा अगाडि नै मैले मोजाम्बिकमा जन्मेका संगीतकार देओदातो सिकिरलाई मित्र बनाएँ। मैले उनलाई अघिल्लो रात कोपेनहेगनस्थित अर्को कार्यक्रम स्थलमा एउटा भरिएको घरको अगाडि प्रस्तुति दिइरहेको देखेको थिएँ र उनको संगीतबारे अझ धेरै जान्न चाहेको थिएँ।

सिकिर मध्य बीस वर्षको उमेरमा स्वीडेन गए। ” यो मेरो लागि पुनर्जन्म थियो। म कसैलाई पनि चिन्दिन थिएँ, म कुनै पनि संगीतकारलाई चिन्दिन थिएँ। मैले शून्यबाट शुरु गर्नु परेको थियो।”

देओदातो सिकिर मोजाम्बिकका ड्रमर तथा गायक हुन्। मध्य बीस वर्षको उमेरमा उनी स्केन्डिनाविया गए र वार्षिक कोपेनहेगन ज्याज महोत्सवको अवसरमा विश्वभरिका संगीतकारसँग मिलेर बजाउँछन्। सोनिया नारङ

कोपेनहेगनमा सात वर्ष सहित उनी १५ वर्षदेखि स्केन्डिनावियामा बसेका छन् – उनले साथी र सहयोगीहरुको एउटा ठूलो समूह बनाएका छन्।

उनी भन्छन्, “मैले एक साथ भाषा सिक्नुपरेको थियो, नियम सिक्नुपरेको थियो र स्केन्डिनेवियाई रीति रिवाज सिक्नुपरेको थियो”, “मेरो पूर्वजहरुप्रतिको लगाव नतोडी।” उनी आफ्नो मातृभाषा रोङमा हस्ताक्षर गर्छन् र मोजाम्बिकन जीवनसम्बन्धी गीत लेख्छन्। उनको मार्मिक गीतहरुमध्ये एक “पारा मुटेमा” हो जुन गीत उनले आफ्नो स्वर्गीय आमाको बारेमा लेखेका हुन्।

उनी आफ्नो कार्यक्रममा अलग पृष्ठभूमिका बावजुद संगीतकारको टोलीलाई एकसाथ मंचमा निश्चित रुप दिएर प्रस्तुत गर्छन् जसलाई उनी “एन अल स्टार” भन्छन्।

“एक स्वीडिश युवा र एक मोजाम्बिकन युवा एउटै भाषा बोलिरहेका छन्, जुन संगीतको भाषा हो” सिकिर भन्छन्। “त्यो नै हामीले समाजलाई दर्शाउन चाहेको हो, ताकि यो सम्भव छ।”

उनी गोथेनबर्ग स्वीडेनका एकजना पियानोवादक र एकजना सेक्सोफोनवादक दुई बंधुसहित मंचमा संलग्न भएका छन्। पियानोवादक डेभिड बेक सिकिरका असल मित्र हुन् र तीनजनाको समूहका एक सदस्य हुन्।

“जब हामी संगीत बजाउँछौं, श्रोतागणले आफ्ना परिवारसँग घरको भान्सा कोठामा बसेको अनि मिठा कुरा गरेको महसुस गर्दछन्,” बेक भन्छन्।

उनी भिन्न सांगीतिक शैलीहरू भएका मानिसहरुसँग पियानो बजाउन आनन्द मान्छन्। उनी भन्छन् “अफ्रिकी संगीत लयबद्ध र अति आनन्दित तुल्याउने हुन्छन्  त्यसकारण फुर्सद र विश्रामको समयमा यो मेरो निम्ति बेस छ अनि त्यसपश्चात पुन: ऊर्जा प्राप्त हुन्छ।”

सांगीतिक प्रस्तुति शुरु हुने समय कुरिरहेको बेला मरिया थन्दी स्तेन्स्गार्डसँग कुराकानी गर्न थालें जसलाई मैले अघिल्लो रात सिकिरको कन्सर्टको बेला भीडमा देखेंको थिए। उनी एक गायिका रहिछन् साथै उनले गत वर्षको ज्याज महोत्सवमा १६ संगीतमय प्रस्तुति दिएकी थिइन् भन्ने थाहा पाएँ।

“मेरो बाबा जुलु हुन् र मेरी आमा स्वाजील्याण्डकी हुन्,” उनी भन्छिन्। उनलाई डेनिस माता पिताले अपनाएका थिए जो रङभेद नीतिको समयमा दक्षिण अफ्रीकामा बस्दथिए, र अहिले डेनमार्कमा बस्दछन्।

“उनीहरुले मेरो निम्ति एकदम सुन्दर मार्गदर्शन गरेका छन् किनभने रङभेद नीतिको समयमा काला समाजमा उनीहरु ककेशियन मानिस थिए र अहिले म एउटी सानी काली केटी गोराहरुको समाजमा, स्तेन्स्गार्ड भन्छिन्।”

ज्याज गायिका मरिया थन्दिएले गत वर्षको कोपेनहेगन ज्याज महोत्सवको अवसरमा १६ संगीतमय प्रस्तुति दिएकी थिइन्। उनी भन्छिन् यो ग्रिष्म ऋतुमा प्राय जसो साथी संगीतकारलाई साथ दिन मात्र कार्यक्रमहरुमा भाग लिइरहेकी छिन्, र यस्तै प्रकारको गाउने केहि सांगीतिक प्रस्तुतिमा देखा परेकी छिन्।सोनिया नारङ

स्तेन्स्गार्ड गोस्पेल र ब्लुजसँगै हुर्केकी थिइन् र उनले आफ्नो संगीतमा अफ्रीकन प्रेरणा मिसाएकी थिइन् । म एउटी कथा वाचिका हुँ, उनी अगाडि भन्छिन् । म एउटी गतिशील व्यक्ति हुँ। मैले कहिले पनि रेकर्ड गर्न चाहिन। त्यो मेरो विचार हो। म भीड चाहन्छु। उनीहरुले जेसुकै प्रकट गरे पनि मसित गाएर व्यक्त गर्ने कुरा हुनेछ, त्यो नै मेरो लगाव हो।

आजकल उनी पूरा क्याफेको ध्यान खिच्ने मधुर गीत ज्याज क्लासिक “समरटाईम” गाउन मन्चमा उपस्थित हुन्छिन्।

हामी मन्चमा सबैभन्दा राम्रो जे गर्न सक्छौं त्यो गर्छौं, यो हामी हाम्रा साधनसँग कुराकानी गरिरहेको जस्तो हो अनि सबभन्दा लगाव भएको वस्तुद्वारा एक अर्कासँग चिनजान गरिरहेको जस्तो हो स्तेन्स्गार्ड भन्छिन्। अनि मेरो लागि त्यो जादुयी शक्ति हो। मलाई यो मन पर्छ।

गायक तथा गितारवादक ज्याक्सन वाहेङोले केहि समयपछि सांगीतिक प्रस्तुतिमा अफ्रीकन लोक तथा पपको आफ्नो लयवद्ध सम्मिश्रण. सहित जीवन्त स्वाद पस्के। उनी अङ्गोलाको शरणार्थी शिविरमा आफ्नो देश नामिबियाको निम्ति स्वतन्त्रता गीतहरु गाउदै हुर्किएका हुन्, जुन सन् १९९० मा स्वतन्त्र बन्यो।

आजकल जब वाहेङो आफ्नो मातृभाषा ओशिवन्बोमा स्वीडिस ब्यान्डसँग आफ्नो नयाँ गृहनगर कोपेनहेगनमा गाउछन्,यहाँ साँच्चै संस्कृति मिश्रण भएको महसुस हुन्छ।

Exit mobile version