गलैँचा बुन्ने एक आर्मेनियाली पुरुषसँगको भेट

दुई सन्तानका एकल पिता साम्भेल आफ्नो पुरानो छिमेकले प्रेरणा दिएको बताउँछन्।

गलैँचा। नमूनाको लागि मात्र। फोटो  Chai-Khana.org, अनुमति लिएर प्रयोग गरिएको।

निम्नलिखि लेख  Chai-Khana.org को हो र ग्लोबल भ्वाईसेजसँगको साझेदारी सम्झौता अनुसार पुन: प्रकाशित गरिएको छ। शब्द तथा भिडियो लिलित माखितर्यान

एउटा बालकको रूपमा साम्भेल मिकायल्यान छिमेकी महिलाको हातका औंलाहरुले ठूलो तानमा द्रुतगतिमा गलैँचा बुनेको देखेर मन्त्रमुग्ध बने। त्यसपछि उक्त बालकले आर्मेनियामा बुन्ने काम महिलाको मात्र हो भन्ने अपरिवर्तित जस्तै परम्पराको कुनै परवाह नराखी गलैँचा बुन्ने निर्णय गर्यो।

मिकायल्यान आफ्नो सपना प्रति अटल रहे जब उनी प्रौढ भए र अहिले उनी ५३ वर्ष पुगे, आर्मेनियाका तान बुन्ने सीमित पुरुषहरूमध्ये एक भएकोमा उनी यस कुरामा अडिग छन् कि गलैँचाले महिला पुरुष छुट्याउदैन।

हप्ताको तीन दिन उनी आफ्नो दुई जना गाउँले साथी तथा सहकर्मीहरू सुबुही मार्तिरोस्यान र मार्ता गास्पार्यानसँग सासुनिक स्थित सांस्कृतिक गृहमा काम गर्छन्। उक्त स्थान राजधानी येरेभानदेखि करिब ३० किलोमिटरको दूरीमा पर्दछ, जहाँ उनको परिवार ७० को दशकको सुरुमा तत्कालिन सोभियत अजरबैजानबाट आएको थियो। उनी सात वर्षका थिए र त्यसबेलादेखि नै ससुनिकमा बस्दै आएका छन्। उनको टर्किस आर्मेनियाली हजुरआमा पनि गलैँचा बुन्थिन् तर अर्मेनियामा एउटै पनि बुनेकी थिइनन्।

हप्ताको बाँकी दिनहरुमा मिकायल्यान धेरै काम गर्छन् – लाभास (च्याउ आदि नराखी तन्दुर जस्तो चुलोमा बनाइएको आर्मेनियाको परम्परागत नरम, पातलो रोटी) बनाउँछन् र घरमा सिलाइ बुनाइ गर्छन्। उनी एकल बुवा हुन् र आफ्नो दुई छोराहरूको लालनपालन पनि गर्छन्।

Exit mobile version