आतिशबाजी: जापानको ग्रीष्मकालीन हानाबी महोत्सव

japan fireworks

मात्सुबारा समुद्र तट स्थित चुरुगा, फुकुई, जापानमा अगस्ट महिनाको आतिशबाजी। फोटो- नेभिन थम्पसन, अनुमति लिएर प्रयोग गरिएको।

जापानमा ग्रीष्म ऋतुको जुलाई र अगस्ट महिना आतिशबाजीका लागि प्रसिद्द छन् जसलाई जापानी भाषामा ‘हानाबी’ (花火) भनिन्छ। हानाबी जापानी शब्द ‘फूल’ र ‘आगो’ को संयुक्त्त रूप हो र जापानमा प्रदर्शन गरिने आतिशबाजी कलात्मक निपुणताको लागि बेजोड छन्।

लगभग ५०० वर्ष पहिले जापानमा पहिलो पटक डच व्यापारीहरुले आतिशबाजी भित्र्याएका मानिन्छ । आज जापानभर साना तथा ठूला समूहहरूमा विशेष रूपले नदी किनार तथा समुद्र तटमा सयौं आतिशबाजी महोत्सव आयोजना गरिन्छन्। जब अगस्टको अन्त्यसँगै शरद ऋतुको आगमन हुन्छ, बितेका दुई महिनामा जापानको केही अविस्मरणीय ‘हानाबी’ महोत्सव बारे समीक्षा गर्ने गरिन्छ:

नात्सु इचिबान हानाबी महोत्सव (हुइस तेन बोच मनोरंजन पार्क, नागासाकी)

परम्परागत डच शहरको नमूनामा बनाइएको हुइस तेन बोच क्योशो टापु स्थित नागासाकीको एउटा लोकप्रिय थिम पार्क र रिसोर्ट हो। टोकियो डिज्नी रिसोर्ट  भन्दा ठूलो हुइस तेन बोच जापानको सबैभन्दा ठूलो थिम पार्क हो जहाँ आगन्तुकहरू एक विशाल पौडी पोखरीमा डुबुल्की मार्दै ग्रीष्मकालीन आतिशबाजीको आनन्द लिन सक्छन्।

ग्रीष्मकालीन ‘हानाबी’ हुइस तेन बोच थिम पार्कमा प्रत्येक वर्ष आयोजना गरिने हानाबी विश्व कपमा प्रसिद्द आतिशबाजी प्रतियोगिता विजेताहरूका प्रदर्शनी समावेश हुन्छन्।

आशिया ग्रीष्मकालीन कार्निवल (आशिया, ह्योगो)

पश्चिमी जापानको बन्दरगाह शहर कोबे नजिकैको आशिया ग्रीष्मकालीन कार्निवलले यस वर्ष आफ्नो चालिसऔं वर्षगाँठ अद्वितीय ‘हानाबी’ प्रदर्शन सँगै मनायो।

प्रदर्शनको सम्पूर्ण संगीत तथा आतिशबाजी कम्प्युटरले संयोजन गर्दछन्। यस वर्षको वार्षिकोत्सवमा प्रसिद्ध ज्याज पियानोवादक ताकाशी मात्सुनागाले आतिशबाजी सँगै प्रदर्शन गरे।

तेनजिन महोत्सव (ओसाका तेनमांगु तीर्थ स्थल)

हजार वर्ष पुरानो सुगावारा मिचिजेन (कौशल र अभ्यासका देवता) प्रति समर्पित तेनजिन महोत्सव हरेक बर्ष जुन र जुलाईको बीच पर्दछ र विभिन्न कार्यक्रमहरू प्रस्तुत गर्दछ। जापानको सबैभन्दा प्रसिद्ध महोत्सवहरूमध्ये एकको रूपमा धेरै मानिसहरु जुलाई २५ मा ओसाका स्थित ओकावा नदीमा माथि देखिए जस्तै होमिया आतिशबाजी प्रदर्शन हेर्न जाने गर्दछन्।

तेनजिन महोत्सव पश्चिमी जापानको ठूलो शहरी क्षेत्र कानसाईमा आयोजना हुने गर्दछ जसले ओसाका, क्योटो र कोबे सहित ठूला शहरहरूको समूहलाई समेट्दछ।

‘हानाबी’ गीतहरु

रात्रिकालीन आकाशमा ठूला आतिशबाजी प्रदर्शनलाई सामान्यतया ‘उचियागे हानाबी’ (打 ち 上 げ 花火, शाब्दिक रूपमा “आतिशबाजी”) भनिन्छ र आतिशबाजीले जापानी संस्कृतिमा ठूलो भूमिका खेल्दछन्, प्रायः गीतहरूमा सुन्न सकिन्छ। २०१७ को एनिमेटेड चलचित्र आतिशबाजी ‘ (打ち上げ花火、下から見るか? 横から見るか? उचियागे हानाबी, शिता कारा मिरु का ? योको कारा मिरु का?)  ले जापानी संस्कृतिमा आतिशबाजीको महत्त्व दर्शाउँछ:

‘उचियागे हानाबी’ को अतिरिक्त्त जापानमा एक अर्को प्रकारको आतिशबाजी ‘सेन्को हानाबी’ (線香花火) वा हाते आतिशबाजी (“सेन्को” भनेको “जापानी” मा “सिन्के धूप” हो)। ग्रीष्मकालीन साँझमा बालबालिकाहरू आम रूपमा महोत्सवमा बिक्री गरिने सेन्को छडी झोलाभरि किनेर खेल्ने गर्दछन्।

यो पप गीत “सेन्को हानाबी” ले जापानमा ग्रीष्मकालीन उष्ण साँझको पूर्ण रूपमा प्रतिनिधित्व गर्दछ:

Exit mobile version