गज्जबका १८ फोटोमा नेपालको दक्षिणी भेगमा बस्ने राना थारूहरू

The silver white looks strikingly beautiful on the bright dress and black shawls.

राना थारू — चम्किलो लुगा र कालो शलमा सेतो चाँदीका गहना निकै राम्रो देखिन्छ। फोटो: सोल्भेग बोर्गेन। अनुमति लिएर प्रयोग गरिएको


कुनैबेलाका धनी जमिन्दार, सुदूर पश्चिम नेपालको कैलाली र कञ्चनपुर जिल्लाका आदिवासी राना थारूले लूट, अतिक्रमण र भेदभाव सबै भोगेका छन्।

राना थारूका अलग अलग रहेका गाउँहरू बेलाबेलामा डाकुहरूद्वारा लूटिएका छन्। शुक्लाफाँटा शिकार आरक्ष विस्तार गर्दा राना थारू विस्थापित गरिएका थिए, र धेरैले आफ्ना पुख्र्याैली जमीन पुनर्वासका कारण गुमाए। त्यस्तै कुनै बेला ९० प्रतिशत भू–भाग ओगट्ने चितवनका थारू मलेरियाविरोधी डीडीटीको छर्काइले गर्दा आफ्नै जमीनको १४ प्रतिशत भू–भागमा समेटिए।

राना थारू अलग्गै बसेकाले यिनीहरूबारे लिखित दस्तावेज भेटिन्न, विक्रम राना आफ्नो ब्लगमा लेख्छन्:

In India Rana Tharus of Khiri, and Nainital are under scheduled tribes. In case of Nepal in terms of habitats Rana Tharus are the native residents of Kailali and Kanchanpur since 16th century and are the first settlers of the two districts later they were joined by Dangauras of Dang and after the eradication of malaria and resettlement plan of Panchayat regime, Khasiyas [tribes] joined.

भारतका खिरी तथा नैनितालमा बस्ने राना थारू अनुसूचित जनजाति अन्तर्गत पर्दछन्। नेपालमा कैलाली र कञ्चनपुर जिल्लामा १६औं शताब्दीदेखि राना थारू बस्दै आएका छन् र यी दुई जिल्लामा सबभन्दा पहिला बसोबास गर्नेमा पर्दछन्। पछि आएर दाङका दंगौरा र मलेरिया उन्मूलन तथा पञ्चायती व्यवस्थाको पुनर्वास कार्यक्रम पश्चात् खसहरू यहाँ आए।

तथापि, यी सबका बावजूद, उनीहरूले आफ्नो सँस्कृति र परम्परा भूलेका छैनन्। उनीहरूको रहन–सहन पृथक रहेको छ र उनीहरूका परम्परागत पहिरन तथा गहना प्रत्येक फोटोग्राफर तथा डिजाइनरका लागि प्रेरणादायी हुने गर्दछ।

जापानमा बस्ने र काम गर्ने जर्मन फोटोग्राफर सोल्भेग बोर्गेन राना थारूका दैनिकी क्यामेरामा कैद गर्न पश्चिम नेपालको कञ्चनपुर जिल्ला पुगिन्। हेर्नुहोस् उनले के देखिन्:

वृद्ध राना महिला खाना पकाउदै गर्दा कच्ची घरको झ्यालबाट सूर्यले चिहाउँदै गरेको। सूर्यका किरणहरूले वरिपरि उज्यालो बनाउँदा भान्साको अँध्यारो कुना गेरु रंगले बनाएको चित्रकलामा परिणत भएको छ।


बिहानै गर्नुपर्ने काममा वरिपरि सफाइ गर्ने तथा गाईवस्तु गोठ बाहिर लग्ने पर्दछ।


बिहानै गर्नुपर्ने काममा वरिपरि सफाइ गर्ने तथा गाईवस्तु गोठ बाहिर लग्ने पर्दछ।


यी सानी नानीले बाख्रा हेर्न तथा जनावरका लागि घाँस ल्याउन मद्दत गर्छिन्।


चम्किलो ब्लाउज लगाएकी यी वृद्धा खटियामा बसेर आफ्ना नातिनातिनाका लागि माटाका खेलौना बनाउँदैछिन्। चाडै आउँदै गरेको पर्वमा बालबालिकाले खेल्ने यी खेलौनाका लागि उनी प्रकृति, आफ्ना हातमा खोपिएका गोदना तथा ब्लाउजका चहकिला रंगबाट प्रेरणा प्राप्त गर्छिन्।


विलियम वर्ड्सवर्थको सोलिटरी रीपरमा झै यी यौवना एक्लै धान काट्छिन्। पहेलो सागरमा उनको चम्किलो पहिरन टाढैबाट स्पष्ट देखिन्छ।


उनको संगीले साथ दिंदा उनले लगाएको परम्परागत पहिरन र साथीको आधुनिक पहिरनबीच प्रतिस्पर्धा भएझै भान हुन्छ। दूवैका चम्किला लुगा पहेलो खेतमा अव्वल देखिन्छन्।


माछा मार्नका लागि सम्पूर्ण समुदाय एक जूट भएको क्षण हेर्नलायकको हुन्छ।


मिलीजुली काम गर्दा र माछा भाग लगाउँदाको आनन्द — उनीहरूबाट सिक्ने कुरा धेरै छन्।


सबैका लागि पुग्ने माछा।


यो बिहेको मौसम हो र महिलाहरू आफ्ना गहना प्रदर्शन गर्दैछन्।


ए ऐना! सबैभन्दा सुन्दर को रहेछ?


म राम्री देखिन्न त?


उनीहरू खुट्टा पनि बाँकी राख्दैनन्। चाँदीका गहना लादिएका हुन्छन् ती पनि।


टुक्राटाक्री सिलाएर बनाएको उनीहरूको सुन्दर पोशाक जस्तै रानाहरूले छानेका विभिन्न रंगहरूको सम्मिश्रण प्रकृतिबाट प्रेरित हुन्छ।


चिन्तामुक्त साना नानीहरू खेल्छन् र गाउँ वरिपरि डुल्छन्। उनीहरूको मुस्कान अमूल्य र अबोध हुन्छ।


साना नानीहरूले आफ्ना पुर्खाका कदम पछ्याउँछन् कि पछ्याउँदैनन् र सँस्कृतिको जगेर्ना गर्छन् कि गर्दैनन् — भविष्यले बताउनेछ।


सबै तस्वीरहरू अनुमति लिएर प्रयोग गरिएको। यस लेखको एउटा संस्करण भ्वाइस अफ थारूज ब्लगमा प्रकाशित भएको थियो।
Exit mobile version