फोहरमैलामा लुकेका रसियाली कथाहरू

Photo: Abstract Stories / Vkontakte

फोटोः अमूर्त कथाहरू / भिकोन्ताक्ते

रसियाली सामाजिक सञ्जाल भिकोन्ताक्तेमा एउटा समुदाय छ जसले खिया लागेको, उप्किरहेको पेन्ट तथा सडेगलेका वस्तुका फोटो खिंचेर त्यसलाई पुनः “अमूर्त कथाहरू”का रुपमा प्रस्तुत गर्दछ। सर्जक तथा सम्पादक सर्जेइ भिस्कब उक्त समुदाय ज्वाइन गर्न तथा कथा लुकेका फोटोहरू पेश गर्न सबैलाई आमन्त्रण गर्दछन्। “कुनै पनि उत्कृष्ट कृतिको आफ्नै कथा हुन्छ। चारैतिर हेर्नुहोस् र तपाईंको कथा भन्नुहोस्,” भिकोन्ताक्तेमा उनको पृष्ठमा पुग्ने आगन्तुकलाई उनी भन्छन्।

उप्किएको प्लाष्टर देख्दा सांखिकीय चार्ट झै लागेर सो परियोजनाको परिकल्पना गरेको कुरा उनले वेबसाइट टिजर्नलडटआरयू लाई भने। उनका साथीहरूले पहिला ग्राहकहरू आकर्षित गर्न मद्दत गरे। उनीहरूले आफ्ना भिकोन्ताक्ते समूहमा “अमूर्त कथाहरू” सेयर गरे। त्यो विचार फैंलदै गयो र दशौं लाखका संख्यामा फलोअरहरू भएका समुदायहरूले उनको रचना सेयर गर्न थाले (तर संधै आधिकारिक श्रेय नदिइकन)।

उनको समूहका रचनाहरू संधै उल्लेख नगरिए पनि त्यसको लोकप्रियता चुलिदैंछ। भिस्कबको समुदायको पहिलो पोष्ट फेब्रुअरी ९ का दिन गरिएको थियो र केवल दुई हप्ताको अवधिमा १६,००० भन्दा बढि सदस्य बनिसकेकाछन्। सदस्यहरूले “कथा” सहितका वा कथा बिना फोटोहरू पेश गर्नसक्छन्।

भिस्कबले “अमूर्त कथाहरू” चाहिने फोटोहरू मात्र फोटो एल्बममा राख्दैनन् । उनी “बस स्टपहरू” नामक फोटो परियोजना समेत चलाउछन् । यसमा रसियाभरिका बस बिसौनीका फोटोहरू संकलन गर्दछन्। यी दुई मध्ये कुनै पनि समुदायबाट पैसा कमाउने उद्देश्य नरहेको उनी जनाउछन् (उदाहरणका लागि विज्ञापनको विक्रि)। दुवै परियोजनाहरू “स्वेच्छापूर्वक” गरिएको जानकारी उनले टिजर्नललाई दिए।

मृत समुद्र। फोटोः अमूर्त कथाहरू / भिकोन्ताक्ते

सेन्ट पीटर्सबर्गबाट देखिने क्षितिज। फोटोः अमूर्त कथाहरू / भिकोन्ताक्ते

माछा राख्ने ट्यांक सफा नगर्दा । फोटोः अमूर्त कथाहरू / भिकोन्ताक्ते

फाइन्डिङ्ग निमो (निमोलाई खोज्दा)। फोटोः अमूर्त कथाहरू / भिकोन्ताक्ते

“बधाई छ! तपाईंले छोरा पाउँदैहुनुहुन्छ।” फोटोः अमूर्त कथाहरू / भिकोन्ताक्ते

कुहिरोको दुम्सी। (युरिइ नोर्शटिनको १९७५ को पुरस्कार विजेता सोभियत एनिमेटेड फिल्मको सांकेतिक रचना।) फोटोः अमूर्त कथाहरू / भिकोन्ताक्ते

ब्यालिस्टिक मिसाइलको प्रक्षेपण। फोटोः अमूर्त कथाहरू / भिकोन्ताक्ते

पिंक फ्लोइडको एल्बम “एनिमल्स” को कभर। फोटोः अमूर्त कथाहरू / भिकोन्ताक्ते

युजिन नाम गरेको पुतली किरा। फोटोः अमूर्त कथाहरू / भिकोन्ताक्ते

आयरल्याण्डमा राता कपाल भएकाहरूको वार्षिक समारोह। फोटोः अमूर्त कथाहरू / भिकोन्ताक्ते

थप फोटो तथा तिनका अमूर्त कथाहरूका लागि, यस भिकोन्ताक्ते समुदायको पेजमा जानुहोस्।

Exit mobile version