नेपालमा ह्वीलचेयर प्रयोगकर्ताले बन्जी जम्प गरेर रचिन् इतिहास

Photo by Pradeep Raj Onta via Nepal Federation of the Disabled – Nepal (NFDN). Used with permission.

फोटोः प्रदीपराज वन्त, सौजन्यः राष्ट्रिय अपाङ्ग महासंघ नेपाल। अनुमतिमा प्रयोग गरिएको।

बागमती प्रदेशको सिन्धुली जिल्लाकी दीपा देवकोटा १६ डिसेम्बर २०२५ मा सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी नदीमाथि रहेको बन्जी जम्पिङ स्थलबाट ह्वीलचेयर बन्जी जम्प पूरा गर्ने पहिलो अपाङ्गता भएकी नेपाली महिला बनेकी छिन्।

१६० मिटर उचाइको भोटेकोशी बन्जी नेपालको पहिलो बन्जी जम्पिङ स्थल हो र यहाँ रोमाञ्चका लागि विश्वभरिबाट मानिस ओइरिन्छन्। । यसअघि डिसेम्बर २०२५ मा, दिलीप सापकोटा र शिशिर दाहालले पनि सोही ठाउँबाट ह्वीलचेयर बन्जी जम्प पूरा गरेका थिए। ह्वीलचेयरमार्फत पहिलो बन्जी जम्प अक्टोबर २०१५ मा रूसमा एलेक्स मायुकोले पूरा गरेका थिए।

 

Photo by Pradeep Raj Onta via Nepal Federation of the Disabled – Nepal (NFDN). Used with permission.फोटोः प्रदीपराज वन्त, सौजन्यः राष्ट्रिय अपाङ्ग महासंघ नेपाल। अनुमतिमा प्रयोग गरिएको।

“अपाङ्गता कमजोरी होइन, आत्मबल र अवसर पाएमा हामी पनि सबै क्षेत्रमा अघि बढ्न सक्छौँ,” स्पाइना बाइफिडाबाट पीडित अपाङ्गता अधिकारकर्मी देवकोटाले एक प्रेस विज्ञप्तिमार्फत भनिन्। “मेरो यो प्रयासले अन्य अपाङ्गता भएका दिदीबहिनी तथा दाजुभाइहरूलाई आत्मविश्वासका साथ अघि बढ्न प्रेरणा दिने विश्वास लिएको छु।”

 

फोटोः प्रदीपराज वन्त, सौजन्यः राष्ट्रिय अपाङ्ग महासंघ नेपाल। अनुमतिमा प्रयोग गरिएको।

देवकोटाले आफ्नो जन्मदिनमा ह्वीलचेयर जम्प पूरा गरिन् र यो उपलब्धि अपाङ्गता भएको बच्चा हुर्काउँदा सामाजिक र मानसिक रुपमा विभेद भोगेका आफ्ना आमाबाबुलाई समर्पित गरिन्। उहाँहरूको साथ र सहयोगको लागि कृतज्ञता व्यक्त गर्दै उनले भनिन् कि उहाँहरूले उनलाई सक्षम र साहसी बनाएका छन् साथै अपाङ्गताले उनको जीवनको कुनै पनि अध्यायलाई रोक्ने छैन।

 

Photo by Pradeep Raj Onta via Nepal Federation of the Disabled – Nepal (NFDN). Used with permission.

फोटोः प्रदीपराज वन्त, सौजन्यः राष्ट्रिय अपाङ्ग महासंघ नेपाल। अनुमतिमा प्रयोग गरिएको।

ग्लोबल भ्वाइसेजसँग फोनमा कुरा गर्दै राष्ट्रिय अपाङ्ग महासंघ नेपाल (एनएफडीएन) का महासचिव सुगम भट्टराईले दीपाको उपलब्धि सबैका लागि प्रेरणादायी भएको बताए। “अपाङ्गता भएका व्यक्तिहरूले समाजका सबै क्षेत्रमा, चाहे त्यो पर्यटन होस् वा साहसिक खेलकुद, समान रूपमा योगदान दिन सक्छन्,” उनले भने।

कुराकानी शुरू गर्नुहोस्

Authors, please लग इन गर्नुहोस् »

निर्देशिका

  • सबै कमेन्टहरू सञ्चालकले समीक्षा गर्नेछन्. एक पटकभन्दा बढि कमेन्ट पेश नगर्नुहोस्, अन्यथा त्यसलाई स्पाम ठानिनेछ.
  • कृपया अरुलाई सम्मान गर्नुहोस्. अभद्र, अश्लील तथा व्यक्तिगत लाञ्छनायुक्त कमेन्टहरू प्रकाशित हुनेछैनन्.