अमेरिकी वैदेशिक सहायता रोक्का गर्ने सम्बन्धमा ग्लोबल भ्वाइसेजको वक्तव्य

लेखक, अनुवादक र मानव अधिकारकर्मीहरूको वैश्विक समुदायको रूपमा ग्लोबल भ्वाइसेज हालैको अमेरिकी वैदेशिक सहायता रोक्काबाट प्रभावित संस्था तथा समुदायहरूप्रति ऐक्यबद्धता जाहेर गर्दछ। अचानक आर्थिक सहयोग रोकिनाले गम्भीर परिणामहरू निम्त्याइरहेको छ, विश्वव्यापी रूपमा गैरसरकारी संस्थाहरूले कर्मचारी कटौती, सञ्चालन समस्या, र सेवा प्रवाहमा उल्लेखनीय अवरोधहरूको सामना गरिरहेका छन्। यदि सहायता चाँडै पुनर्स्थापित भएपनि, यस हप्ताको उथलपुथलले दीर्घकालीन प्रभाव पार्नेछ, जसले गर्दा सहायतामा भर पर्नेहरू र सहायता वितरणमा जिम्मेवार कर्मचारीहरूलाई असर गर्नेछ।

ग्लोबल भ्वाइसेजले समझ बढाउन र जवाफदेहिता सुनिश्चित गर्न कथा कथन एक शक्तिशाली माध्यम हो भन्ने विश्वास गर्छ। यी घटनाक्रमहरू विकसित हुँदै जाँदा, हामी यी निर्णयहरूबाट प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा प्रभावित व्यक्तिहरूको आवाज उठाउन जारी राख्नेछौं, ताकि उनीहरू आफ्ना दृष्टिकोणहरू र यी नीतिहरूको वास्तविक मानवीय प्रभावहरू व्यक्त गर्न सकून्।

यो परिस्थितिले अझ दिगो स्थानीय आवश्यकताहरू अनुरूपनिर्णय प्रक्रियालाई उल्लेखनीय रूपमा प्रभाव पार्न सक्ने ठूला दाताहरूमा कम निर्भर सहायताको आवश्यकतालाई पनि जोड दिन्छ। यद्यपि अमेरिकी अन्तर्राष्ट्रिय सहायता पूर्ण रूपमा प्रतिस्थापन गर्न तत्काल सम्भव नभएतापनि, हामी सबैले अन्तर्राष्ट्रिय सहायताको थप न्यायसंगत र लचिलो प्रणालीको कल्पना गर्नुपर्छ र त्यसका लागि काम गर्नुपर्छ।

हामी हाम्रा सहकर्मीहरू, साझेदारहरू र विश्वव्यापी नागरिकहरूलाई प्रभावित संस्थाहरूलाई हरसम्भव सहयोग गर्न अपील गर्दछौं – चाहे उनीहरूको कथा सेयर गरेर होस्, स्रोतसाधन जुटाएर होस्, वा अन्तर्राष्ट्रिय ऐक्यबद्धतालाई सुदृढ पार्ने नीतिहरूलाई प्रवर्द्धन गरेर होस्।

हामी परिस्थितिको निगरानी गरिरहनेछौं र हाम्रो समुदायलाई जानकारी गराइरहनेछौं। यदि तपाईंसँग कथाहरू, अन्तर्दृष्टिहरू, वा सहयोग गर्ने तरिकाहरू छन् भने हामी तपाईंको योगदानको लागि आभारी हुनेछौं।

हामी सँगै मिलेर यस्तो संसार निर्माण गर्न सक्छौं जहाँ एक्लै होइन, सहकार्यले संकटको विश्वव्यापी प्रतिकार्यलाई निर्देशित गर्छ।

कुराकानी शुरू गर्नुहोस्

Authors, please लग इन गर्नुहोस् »

निर्देशिका

  • सबै कमेन्टहरू सञ्चालकले समीक्षा गर्नेछन्. एक पटकभन्दा बढि कमेन्ट पेश नगर्नुहोस्, अन्यथा त्यसलाई स्पाम ठानिनेछ.
  • कृपया अरुलाई सम्मान गर्नुहोस्. अभद्र, अश्लील तथा व्यक्तिगत लाञ्छनायुक्त कमेन्टहरू प्रकाशित हुनेछैनन्.