
फोटो-काठमाडौं दरबार स्क्वायर, मार्टिन भोन्क, अनस्प्लास
ग्लोबल भ्वाइसेज शिखर सम्मेलनको २०२४ संस्करण डिसेम्बर ६-७ मा नेपालको काठमाडौंस्थित होटल याक एण्ड यतिमा आयोजना हुने घोषणा गर्न पाउँदा हामी अत्यन्तै उत्साहित छौं।
ग्लोबल भ्वाइसेजको नवौं शिखर सम्मेलन विश्वमा प्राचीनकालदेखि नै मानव जाति बसोबास गर्दै आइरहेका क्षेत्रहरूमध्ये एक सहरमा आयोजना गरिनेछ, एउटा जीवन्त सहर जुन आफ्नो बहु-जातीय समुदाय, कला र वास्तुकलाको विरासतका लागि परिचित छ। हामी पत्रकार, अनुवादक, अभियन्ता, प्राविधिक, नीति निर्माता, विकास विज्ञ र विश्वका विभिन्न भागका व्यक्तिहरूलाई एकै ठाउँमा ल्याउन काठमाडौंमा भेला हुनेछौं। हाम्रो भेलाको उद्देश्य विश्वव्यापी दृष्टिकोणबाट डिजिटल मिडिया, ज्ञान, र सक्रियताको बारेमा छलफलमा संलग्न हुनु हो।
विगतका ग्लोबल भ्वाइसेज शिखर सम्मेलनहरू जस्तै, २०२४ संस्करणले पनि विविध र गतिशील विश्वव्यापी समुदायसँग सिक्ने र सहयोगको लागि अद्वितीय अवसर प्रदान गर्नेछ।
दुई दिने अन्तरक्रियात्मक छलफल र कार्यशालाहरूमा, हामी स्वतन्त्र अभिव्यक्ति, भाषा विविधता, र सकारात्मक तथा नकारात्मक दुवै रूपमा प्रभाव पार्ने कारकहरूसँग सम्बन्धित चुनौती र अवसरहरूको खोजी गर्नेछौं। हामी विश्वव्यापी दमन र डिजिटल अधिनायकवाद लगायतका चुनौतीहरूको विश्लेषण गर्नेछौं, विभाजित इन्टरनेट परिदृश्यमा खुला ज्ञान पहलहरू खोज्नेछौं, र मिडिया विकास, राजनीतिक सक्रियता, र वातावरणीय न्यायको सन्दर्भमा थर्ड पोलबाट सिक्नेछौं।
सहयोगीहरू-डब्ल्यू के केलग फाउण्डेसन, म्याकअर्थर फाउण्डेसन, नेपाली टाइम्स, अकाउन्टेबिलिटी ल्याब, सीएमआर नेपाल जर्नालिज्म एकेडेमी र अन्य। आफ्नो स्थान सुरक्षित गर्न आजै दर्ता गर्नुहोस् र कार्यक्रम बारे थप जानकारीको लागि सम्पर्कमा रहनुहोस्!