- Global Voices नेपालीमा - https://ne.globalvoices.org -

गरुड र माझीबीचको अनौठो मित्रताको सत्य कथा

श्रेणी : मध्य पूर्व र उत्तर अफ्रिका, टर्की, Good News, नागरिक मिडिया, वातावरण

वृत्तचित्र [1] “यारेन” को एउटा दृश्यको स्क्रिनसट जसमा माझी र गरुडलाई देखाइएको छ।

टर्कीका माझी एडेम यिलमाज [2], जसलाई “अंकल एडेम” पनि भनिन्छ र यारेन [3] नामको गरुडको कथा ला फन्टेन दन्त्यकथाहरू [4] — पश्चिमी र पूर्वी युरोपमा लोकप्रिय बालबालिकाका कथाहरूबाट सोझै लिइएको जस्तो लाग्न सक्छ — यद्यपि यो सम्बन्ध वास्तविक हो। टर्कीको एस्कीकारागाक गाउँमा विगत १२ वर्षदेखि यी दुईको हरेक वर्ष [5] भेट हुने गरेको छ। हरेक वर्ष मार्चतिर उत्तरतर्फ हुने गरुडको वार्षिक बसाइँसराइको क्रममा माछा मार्ने डुङ्गामा यारेन एडेमलाई भेट्छन् र दुवैका लागि फोटो खिचाउनु एक वार्षिक परम्परा बनेको छ। एडेमले तालमा भर्खरै समातिएका माछा दिएर यारेनलाई स्वागत गर्छन्। यी दुईबीचको मित्रता एक अनौठो मित्रताको प्रतीक बनेको छ साथसाथै उनीहरूलाई स्थानीय सेलिब्रिटीमा पनि परिणत गरेको छ। युट्युबमा [1]हेर्न सकिने “यारेन” नामक वृत्तचित्र [6] पनि छ।

१२ औं वर्ष भयो यारेन गरुड वफादार रहेको। उसले वर्षा र आँधीबेहरी सह्यो, थुप्रै देश, सहर र पहाडहरू पार गर्‍यो, र हिजो आफ्नो गुँडमा र आज अंकल एडेमको डुङ्गामा आइपुग्यो, र फोटोको लागि पोज दियो। तिम्रो दीर्घायुको कामना। अन्ततोगत्वा यारेनको आगमन हामी सबैका लागि सुखद अनुभव हो।

फेब्रुअरी ६ मा गएको विनाशकारी भूकम्प [10]ले ४५ हजार [11] भन्दा बढीको ज्यान गएको र ठूलो मात्रामा क्षति [12] पुगेको राष्ट्रमा यस वर्ष यारेनको आगमन पनि आशावादी र सामान्य अवस्थाको सङ्केत थियो। गरुड अपेक्षा गरेभन्दा धेरै ढिलो आइपुग्यो, र वर्षौंदेखि यारेन र एडेमको कथा पछ्याउने धेरैजना चिन्तित थिए, जसमा केही समयदेखि एडेम र यारेनलाई पछ्याइरहेका वन्यजन्तु फोटोग्राफर अल्पर ट्युडेस [13] पनि थिए। तर यारेनको आगमन ढिलो भएपनि देश र जनताको मनोबल बढ्यो। “प्रकृति र वन्यजन्तु फोटोग्राफर अल्पर ट्युडेसको यो फोटोले हामीलाई आगामी सुनौला दिनहरूको आशा दिलाएको छ। माझी र गरुडको वफादारीता र न्यानो मित्रताको कथा सुखद लाग्छ,” टर्कीको डिजिटल प्लेटफर्म जसले प्रायः यात्रा, संस्कृति, कला, सिनेमा र संगीतको बारेमा लेख्ने द म्यागरले लेख्यो [14]

यसैबीच, यारेन र उसको जोडी नाज्लीले टर्कीको [15] एस्कीकारागाक गाउँ स्थित “युरोपियन स्टर्क भिलेज नेटवर्क [16]” नेटवर्क क्षेत्रमा गुँड लगाएका छन्। नेटवर्कमा रहेका गाउँहरूलाई “सेतो गरुड संरक्षणमा उनीहरूको उदाहरणीय प्रतिबद्धताको लागि चिनिन्छन्।” गरुडहरू दक्षिणतर्फ नफर्केसम्म छ महिनाको लागि एस्कीकारागाकमा रहनेछन्। बुर्सा प्रान्तको एस्कीकारागाक गाउँ हजारौं गरुडहरू [17] अफ्रिकाबाट टर्की हुँदै युरोपेली देशहरूमा बसाइँ सर्ने मार्गमा पर्दछ। यारेनलाई माया गर्नेहरूका लागि गुँडको लाइभ भिडियो [18] पनि छ। गत वर्ष यो जोडीले तीनवटा बच्चा हुर्काएका [19] थिए।

दुई वर्षअघि मे महिनामा फोटोग्राफर ट्युडेसले एडेम र यारेनलाई भेटेका थिए। उनले यारेनलाई एडेमले खानेकुरा दिइरहेका र यारेनको बचेराहरू र जोडीको बारेमा सोधिरहेका वास्तविक क्षणहरू कैद गरे।

View this post on Instagram

A post shared by Alper Tüydeş (@alpertuydes) [20]