पैसा रुखमा नफलेतापनि झाडी प्रजातिको वनस्पति नेपाली अर्गेलीमा फल्छ

Manual labours process Himalayan bush Argeli (Edgeworthia gardneri). Photo by Lakpa Sherpa Via Nepali Times. Used with permission.

अर्गेली (एजवर्थिया गार्डनेरी) को बोक्रा प्रशोधन गर्दै। तस्वीर:ल्हाक्पा शेर्पा नेपाली टाइम्स। अनुमति लिएर प्रयोग गरिएको।

महेश्वर आचार्यको यस लेख प्रथम पटक हिमालखबरमा नेपालीमा प्रकाशित भएको थियो र नेपाली टाइम्सका लागि आरिया प्रसाईंले अंग्रेजीमा अनुवाद गरेकी हुन्। तल प्रस्तुत लेख सामग्री साझेदारी सम्झौता अन्तर्गत ग्लोबल भ्वाइसेजमा पुन: प्रकाशित गरिएको सम्पादित संस्करण हो।

नेपालको विशिष्ट भूगोल र जैविक विविधताका कारण नेपालमा विभिन्न नगदे बालीको उत्पादन हुने गर्दछ, तर एउटा मात्र वस्तु छ जुन वास्तविक रूपमा नगदमा परिणत हुन्छ। हालैका वर्षहरूमा जापानमा नोट, राहदानी, खाम, हुलाक टिकट र अन्य स्टेशनरी छाप्नका लागि अर्गेली एजवर्थिया गार्डनेरीको लोकता निर्यातमा उल्लेखनीय वृद्धि भएको छ।

१,५०० देखि ३,००० मिटरको उचाइमा पाइने यो झाडी प्रजातिको वनस्पतिलाई सामान्यतया अर्गेली भनेर चिनिन्छ र यसको बढ्दो मागसँगै सिन्धुपाल्चोक, दोलखा, ताप्लेजुङ, इलाम, बागलुङ, म्याग्दीलगायत जिल्लाका किसानले व्यावसायिक रूपमा यसको खेती गर्न थालेका छन्।

“हाम्रो क्षेत्रबाट निर्यात हुने एक मात्र वस्तु अर्गेलीको लोकता हो,” दोलखाका अर्गेली किसान ल्हाक्पा शेर्पा बताउँछन्। “अर्गेलीको लोकता बिक्रीबाट हाम्रो नगरपालिकामा २० लाख नेपाली रुपैयाँ (अमेरिकी डलर १५,४०५) भित्रिएको छ।”

नारायण मानन्धरको पुस्तक “प्लान्ट्स एण्ड पिपुल अफ नेपाल,” का अनुसार हाते कागज बनाउने प्रविधि नेपालमा १४ औं शताब्दीमा चीनबाट भित्रिएको मानिन्छ। रसुवा र दोलखाका तामाङ समुदायले कम्तिमा ७०० वर्षअघिदेखि वनमा सङ्कलित अर्गेलीको लोकताबाट नेपाली हाते कागज बनाउँदै आएका छन्।

नेपालले एक दशक अघिदेखि जापानमा अर्गेलीको लोकता निर्यात गर्न थालेको थियो र अर्गेलीसँग मिल्दोजुल्दो वनस्पति मित्सुमाताको विकल्पको रूपमा प्रयोग हुँदै आएको छ। मित्सुमाता परम्परागत रूपमा जापानी कागज बनाउन प्रयोग गरिन्थ्यो। नेपाल हस्तनिर्मित कागज संघका अध्यक्ष किरणकुमार डंगोल भन्छन्:

While Japanese paper is considered the best in the world, Nepali paper is seen as stronger and better quality than most paper abroad, which has led to its high demand.

जापानको कागज विश्वमा उत्कृष्ट मानिएतापनि नेपाली कागज विदेशी कागजभन्दा बलियो र गुणस्तरीय हुने भएकाले यसको माग उच्च रहेको छ।

हिजोआज नेपालका ५५ जिल्लामा अर्गेली खेती गरिन्छ। यो एउटा सानो सदाबहार झाडी हो जुन पानी नजम्ने र ओझेल परेको ठाउँमा पाइन्छ। खैरा-राता हाँगा, लामा डाँठ हुने र पहेँला फूल फुल्ने यो वनस्पतिले आफैं परागसेचन गर्न सक्छ। अरिली, अर्कले, तीनहाँगे लोकता, गुरुङ भाषामा पच्यार, तामाङ भाषामा वारपादी र शेर्पा भाषामा ध्यारपाती पनि भनिने यो वनस्पति माटोको अवस्थाअनुसार ३ मिटरसम्म अग्लो हुन सक्छ। यसले भूक्षय रोक्न र उच्च पहाडी तथा हिमाली भेगमा हरियाली बढाउन महत्त्वपूर्ण भूमिका खेल्छ।

A 1000 Japanese yen (US$ 7.74) note. Photo by Nepali Times. Used with permission.

१००० जापानी येन (अमेरिकी डलर ७.७४) नोट। तस्वीर नेपाली टाइम्स। अनुमति लिएर प्रयोग गरिएको।

“अन्य वनस्पति झैं अर्गेलीमा रोग, कीरा नलाग्नुका साथै गाईवस्तुले खाँदैन,” शेर्पा थप्छन्। तर अर्गेलीको प्रशोधनमा विशेष ध्यान दिनुपर्छ – यदि चिसो मौसममा राम्रोसँग सुकाइएन भने ढुसीले बिग्रिन्छ।

रोपेको पाँच वर्षपछि अर्गेलीको लोकता सङ्कलन गरिन्छ, सामान्यतया अक्टोबरदेखि फेब्रुअरीसम्म राम्रो गुणस्तर भएको सेतो रंगको अर्गेली उत्पादन हुन्छ। उच्च पानीको मात्रा भएको आर्गेली हरियो रंगको हुन्छ र यसलाई उपयुक्त वा राम्रो गुणस्तरको मानिँदैन।

डाँठको भित्री रेसादार बोक्रा कागज र डोरी बनाउन प्रयोग गरिन्छ, जबकि केही ठाउँमा यसको जरा लुतो निको पार्न पनि प्रयोग गरिन्छ। अर्गेलीको तीन श्रेणी हुन्छ – क, ख र ग – प्रति किलो नेपाली १०० रुपैयाँ (अमेरिकी डलर ०.७७) देखि ५७५ रुपैयाँ (अमेरिकी डलर ४.४३) सम्म।

सिन्धुपाल्चोकस्थित जुगल नेपाली कागज उद्योगका बेनुदास श्रेष्ठ भन्छन्, “अर्गेली उच्च पहाडी तथा हिमाली भेगका समुदायका लागि आम्दानीको राम्रो स्रोत हो।” अर्गेली खेतीको लागि सिँचाइको आवश्यकता पर्दैन र खेती गर्न सजिलो छ।

आफ्नो व्यवसायमा ४० जनालाई रोजगारी दिने दोलखाका अर्गेली किसान चेतबहादुर शेर्पाका अनुसार स्थानीयले दैनिक १ हजार नेपाली रुपैयाँ (अमेरिकी डलर ७.७०) का दरले दुई महिना काम गर्छन् भने सामान्य काम गर्ने मुख्यतया महिला कामदारले प्रति किलो २० रुपैयाँ (अमेरिकी डलर ०.१५) को दरले पारिश्रमिक पाउँछन्।

वन अनुसन्धान तथा तालिम केन्द्रको तथ्याङ्क अनुसार २० लाख ९१ हजार हेक्टर क्षेत्रमा वार्षिक १ लाख १० हजार ४ सय ८१ टनभन्दा बढी नेपाली कागज उत्पादन हुने गरेको छ। एक किलो ताजा, वयस्क बोक्राबाट ४०० ग्राम नेपाली कागज उत्पादन हुन्छ। आर्थिक वर्ष २०७५/७६ मा झण्डै ३ करोड ६० लाख रुपैयाँ बराबरको ६० हजार किलो अर्गेली बोक्रा जापान निर्यात भएको थियो । आर्थिक वर्ष २०७८/७९ मा निर्यात बढेर ९५ हजार किलोग्राम पुगेको थियो, र वार्षिक आम्दानी १० करोड रुपैयाँ (अमेरिकी डलर ७७०,१७७) भन्दा बढी थियो।

त्रिभुवन विश्वविद्यालयको व्यवहारिक विज्ञान तथा प्रविधि अनुसन्धान केन्द्रका बायोटेक्नोलोजिस्ट विजय सुवेदी विशेषगरी पूर्वी नेपालमा अर्गेलीको दिगो खेती हुने ठूलो सम्भावना रहेको बताउँछन्।

Photo by Lhakpa Sherpa Via Nepali Times. Used with permission.

तस्वीर: ल्हाक्पा शेर्पा नेपाली टाइम्स। अनुमति लिएर प्रयोग गरिएको।

“अहिलेसम्म अर्गेली प्रशोधनका सम्पूर्ण काम हातले हुन्छ, जसका लागि धेरै मेहनत गर्नुपर्छ” उनी भन्छन्। “हामीले रोपण र सङ्कलनलाई व्यवस्थित र आर्थिक रूपमा व्यवहार्य बनाउन यान्त्रिकीकरण गर्न आवश्यक छ।”

पश्मिना, गलैंचा र कपडासँगै नेपाली अर्गेली नेपालको सबैभन्दा प्रसिद्ध निर्यात हुन सक्छ। कागज बनाउने बाहेक अर्गेलीको पात, डाँठ र जरालाई पनि किसानले व्यावसायिक रूपमा बिक्री सक्छन् ।

नेपाल हस्तनिर्मित कागज संघले हाल स्थानीय सरोकारवाला र डिजाइनरहरूसँग अर्गेली बोक्रा र हस्तनिर्मित कागजको माग बढाउन तालिम तथा कार्यशालाहरू सञ्चालन गर्दै आएको छ। संघका अध्यक्ष डंगोल भन्छन्:

We have the next generation of designers who are really good. By tapping into local employment, we can increase the demand for Nepali paper locally and globally.

हामीसँग डिजाइनरहरूको नयाँ पुस्ता छन् जो वास्तवमै राम्रा छन्। स्थानीयस्तरमा रोजगारी सिर्जनाका अवसरहरूको फाइदा उठाएर हामीले नेपाली कागजको स्थानीय बजार र विश्वव्यापी रूपमा माग बढाउन सक्छौं।

कुराकानी शुरू गर्नुहोस्

Authors, please लग इन गर्नुहोस् »

निर्देशिका

  • सबै कमेन्टहरू सञ्चालकले समीक्षा गर्नेछन्. एक पटकभन्दा बढि कमेन्ट पेश नगर्नुहोस्, अन्यथा त्यसलाई स्पाम ठानिनेछ.
  • कृपया अरुलाई सम्मान गर्नुहोस्. अभद्र, अश्लील तथा व्यक्तिगत लाञ्छनायुक्त कमेन्टहरू प्रकाशित हुनेछैनन्.