- Global Voices नेपालीमा - https://ne.globalvoices.org -

एस्पेरान्तो: भाषिक आदर्शवादले वास्तविकताको सामना गर्न सक्छ ?

श्रेणी : कला र संस्कृति, नागरिक मिडिया, मानव अधिकार, द ब्रीज

फोटो-एस्पेरान्तो झण्डा। स्रोत: क्यानभा

भाषाहरू सामान्यतया पहिचानको अत्यावश्यक माध्यम हुन्, तर तिनले स्थायी समस्या पनि खडा गर्छन्: विरोधाभास जसमा भाषाहरूले संवाद गर्ने अवसर प्रदान गर्छन्, तर निश्चित स्थान र व्यक्तिहरूको समूह भित्र मात्र काम गर्छन्, जसले गर्दा हामीलाई एकअर्काबाट टाढा राख्छन्। यस विपरीत एस्पेरान्तो एक वास्तविक प्रवेश मार्ग बन्नको निमित्त फरक ढङ्गले अगाडि बढ्न खोज्छ जसले सम्पूर्ण भौगोलिक र जनसांख्यिकीय तत्वहरूका लागि समान रूपमा काम गर्छ। एस्पेरान्तो आदर्शवादमा आधारित भएतापनि, वास्तविक जीवनका मुद्दाहरूमा यो भाषा स्थापित गर्न आवश्यक छ। एस्पेरान्तो भाषा तटस्थ अन्तर्राष्ट्रिय भाषा भएको हुनाले सामाजिक तथा राजनीतिक यथार्थताको सवालमा यो भाषाको सीमाहरू छन्।

तथापि, एस्पेरान्तो के हो? एस्पेरान्तो संसारमा विकसित [1] विभिन्न अप्राकृतिक भाषाहरूमध्ये एक हो र यो भाषाले उल्लेखनीय सफलता पाएको छ। यो भाषा १२-पटक नोबेल शान्ति पुरस्कार मनोनीत पोलिश-यहूदी लुद्भिक जामेनहोफ [2]ले सन् १८८७ मा सिर्जना गरेका हुन्। विश्वभर करिब २० लाख मानिसहरू यो भाषा बोल्छन्, जुन मेक्सिकोमा विशेष रूपमा सफल भएको छ। चार्ली च्याप्लिन, जे.आर.आर. टोल्किन र लियो टोलस्टोय जस्ता प्रसिद्ध व्यक्तिहरू एस्पेरान्तो भाषी थिए।

सन् १९०५ मा फ्रान्सको बुलोग्ने-सु-मेरमा भएको पहिलो विश्व एस्पेरान्तो कंग्रेस। स्रोत:: पब्लिक डोमेन फोटो। [3]

मेक्सिकन अखबार रिफार्माले कार्लोस भेलाजक्विलो र मेक्सिकन एस्पेरान्तो संघ [4]का अध्यक्ष मालेली मार्टिनेजसँग गरेको  यो अन्तर्वार्ता [5]को शीर्षकमा उल्लेख गरिए अनुसार धेरैले एस्पेरान्तोलाई आदर्शवादी भाषा मान्ने गर्दछन्। एस्पेरान्तो भाषा मात्र नभएर कैयौँ  नैतिक सिद्धान्तहरू सहितको संस्कृति [6] पनि भएको हुनाले सायद यो भाषालाई आदर्शवादी भाषा मानिएको हो। यसले एस्पेरान्तोलाई अन्य धेरै भाषाहरूबाट अलग गर्छ, किनकि यो बोल्ने र लेख्ने माध्यम मात्र होइन। अर्को शब्दमा, भाषा सिक्ने क्रममा जो कोही व्यक्तिले एस्पेरान्तो संस्कृतिको मानवतावाद र शान्तिवादमा आधारित मूल्य बारे सिक्छन्।

एस्पेरान्तुयो [7] (एक काल्पनिक संसार जहाँ व्यक्तिहरू एस्पेरान्तो संस्कृतिमा भिजेका छन्) मा भिन्न व्यक्तिहरू र सामाजिक सम्बन्धहरू समावेश छन्, एस्पेरान्तोको आदर्शहरू भित्र एक स्थायी तटस्थता छ जसले धेरै सामाजिक घटनाहरूको बीचमा यस भाषाको “स्थायी” अडानलाई कायम राखेको तथ्य बारे कसैले इन्कार गर्दैन। उदाहरणको लागि, यो भाषाले आफ्नो व्यावसायीकरणको विरोध गर्दछ, जसले यसलाई व्यक्तिहरूको विशेष समूहद्वारा लाभको लागि प्रयोग गर्नबाट रोकेको छ।

अर्कोतर्फ, एस्पेरान्तो भाषी समुदायले शान्तिको धारणा विकसित हुनबाट रोक्ने प्रणालीको आलोचना गर्न पनि असफल भएको छ। यसले वैचारिक आधारमा राखेको तटस्थ अडानको औचित्य सिद्ध गर्दै हामी बस्ने संसारमा कुनै पनि असमान स्थितिको आलोचना गर्न विफल भएको प्रतीत हुन्छ। यस सन्दर्भमा, हामी फ्रान्ज फेनन [8]को पुस्तक “द रेच्ड अफ द अर्थ” (१९६१) को शब्दहरू सम्झन्छौं, जब उनले विशेष रूपमा उल्लेख गर्छन् अस्थिरता र युद्धको समयमा हिंसात्मक घटनाका अपराधीहरूले तटस्थतालाई सम्मान गर्छन्।

यस तटस्थताको प्रमुख उदाहरण एस्पेरान्तिस्ट एसोसिएसन, युइए [9] (युनिभर्सल एस्पेरान्तो एसोसिएसन [10]) हो, जसको युक्रेनमा रूसी सैन्य आक्रमण [11]मा आफ्नो: “हामी राजनीतिक अडान लिदैनौं [12]भन्ने दृष्टिकोणको लागि आलोचना गरिएको थियो। त्यसकारण, हामीलाई आश्चर्य छ कि यस दृष्टिकोणले स्थापित एस्पेरान्तो आदर्शहरूलाई कहाँ पुर्‍याउँछ?

उपरोक्त आधारमा, हामी प्रारम्भिक चरणमा फर्कन्छौं। यस्तो प्रतीत हुन्छ कि एस्पेरान्तो भाषी समुदायमा सामाजिक सम्बन्धहरू आदर्शवादको बारेमा बहसमा केन्द्रित हुन्छन् र विरलै सामाजिक वास्तविकताको बारेमा कुरा गर्छन्, एस्पेरान्तो आफैंले आजको विश्वमा समस्याहरूको सामाजिक वास्तविकतामा पाउँछ जुन विश्वभरका मानिसहरूले अनुभव गरिरहेका छन्।

पहिले यस्तो अवस्था थिएन। विगत दशकहरूमा, एस्पेरान्तो भाषी समुदायले कुनै एक पक्ष लिने गर्दथिए। जस्तो कि “एस्पेरान्तो र मानव संचार” की लेखिका मारिया इसाबेल नाजेरा सेपुल्वेदा भन्छिन्, वैश्विक भाषाको उद्देश्य अनुरूप एस्पेरान्तिस्ट संस्कृति विभिन्न प्रकारका सोच र अभिव्यक्तिका लागि खुला छ। उदाहरणका लागि, दशकौं अघि स्पेन जस्ता देशहरूमा फासीवाद विरोधी अडानको परिचयात्मक टिप्पणीदेखि लिएर पुस्तकहरू, अनुवादहरू र श्रव्य-दृश्य वा सांगीतिक परियोजनाहरू निरन्तर थपिने क्रम आजसम्म पनि भइरहेको छ।

एस्पेरान्तो पाचाइ बातालान्तोइ (“शान्ति योद्धा”) को लागि एक वाहन भएतापनि, यो वास्तविक जीवनसँग सम्बन्धित मुद्दाहरूमा बहसमा संलग्न हुनुपर्छ। एस्पेरान्तो भाषा विश्वको दोस्रो भाषा नभएपनि, हामी अझै यसलाई एक दूरगामी सम्पर्क भाषा बन्ने र मानवतावादी दृष्टिकोणबाट समस्याहरू हेर्ने सम्भावना रहेको मान्न सक्छौं। यसले वास्तविक जीवनको अमानवीयताको निन्दा गर्नेछ। 

त्यसोभए, हामी कसरी अगाडि बढ्न सक्छौं र एस्पेरान्तोलाई यो सम्भावना दिन सक्छौं? यसको जवाफ हामीले २०१८ मा मेक्सिकोको पुएब्लामा रहेको राष्ट्रिय एस्पेरान्तो कांग्रेसको दौडान मानवशास्त्री इभान डिन्सलेले व्यक्त गरेका विचारबाट पाउँछौं। उनले कसरी एस्पेरान्तोले आफ्ना विद्यार्थीहरूलाई टोटोनाका आदिवासी समुदायसँग राम्ररी संवाद गर्न मद्दत गर्‍यो भन्ने बारेमा बताए, यसको भाषिक विशेषताहरूले तिनीहरूको मूल भाषा बुझ्न सहज बनायो र यस प्रकार एक सेतुको रूपमा काम गर्‍यो। यो उदाहरण बहुसांस्कृतिक स्तरमा भएको प्रगतिको साथसाथै प्रमुख उद्देश्यको खोजीमा भएको प्रगतिको संकेत हो: हाम्रो समाजमा असमान जीवन शैलीको समाधान खोज्न अन्तरसांस्कृतिक संवाद एक पूर्ण आवश्यकता हो।

माथिको अनुच्छेदमा व्याख्या गरिएझैं, हामी सबै मानवशास्त्री हुन सक्दैनौं, तर हामी परियोजनाहरू सञ्चालन गर्न सक्छौं। यद्यपि, यी मुद्दाहरूमा रिपोर्ट गर्नु भनेको एक कदम अगाडि जानु र एस्पेरान्तो मार्फत स्थापित हुन सक्ने सामाजिक सम्बन्धहरूमा संलग्न हुनु हो।