- Global Voices नेपालीमा - https://ne.globalvoices.org -

समुद्री उत्खननको विरोध गर्दै प्रशान्त क्षेत्रका समूहहरूले महासागर सप्ताह मनाए

श्रेणी : ओशिनिया, पूर्व एशिया, Nauru, इन्डोनेशिया, टोंगा, पपुवा न्यू गिनी, फिजी, अन्तर्राष्ट्रिय सम्बन्ध, नागरिक मिडिया, युवा, राजनीति, वातावरण, Green Voices
[1]

‘समुद्री उत्खननमा प्रतिबन्ध लगाऔं”। फोटो [1] इन द प्यासिफिकको फेसबुक पेज। अनुमति लिएर प्रयोग गरिएको।

प्रशान्त क्षेत्रका विभिन्न समूहहरू [2]ले यस क्षेत्रमा समुद्री उत्खनन (DSM) रोक्न अधिकारीहरूलाई आह्वान गर्दै जुन ८ मा महासागर सप्ताह र महासागर दिवस मनाए।

समुद्री उत्खनन समुद्रको भुईँखण्डबाट खनिज पदार्थहरू निकाल्ने अभ्यास हो, जसले समुद्री जीव र पारिस्थितिकी प्रणालीहरूलाई खतरामा पार्छ। उत्खननको सम्भावित व्यापक प्रभावको कारण, संयुक्त राष्ट्र संघको अन्तर्राष्ट्रिय समुद्री प्राधिकरणले समुद्री उत्खनन विरुद्ध नियमहरूको मस्यौदा [3] तयार गर्दैछ, जुन जुलाई २०२३ मा लागू हुन सक्छ। हालसम्म नाउरु र टोंगा टापु राष्ट्रहरूले समुद्री उत्खननमा प्रतिबन्ध लगाउने वा सीमित गर्ने उपायहरू अनुसरण गर्न चासो देखाएका छन् [4]

क्षेत्रीय नेटवर्क प्यासिफिक ब्लू लाइनले सक्रिय रूपमा समुद्री उत्खननको विरोध गरिरहेको छ र कसरी उत्खनन अभ्यासले जलवायु परिवर्तनको गम्भीर प्रभावलाई बढाउँछ [5], जसले पहिलेदेखि नै ओसेनिया क्षेत्रका टापु समुदायहरूलाई विनाश गरिरहेको छ भनी चेतावनी दिएको छ।

Pacific governments keen to pursue DSM have to ask themselves, to what extent are they willing to destroy the ocean’s life support system during a time of climate, and planetary emergency and in what is commonly known as the age of extinction. Our governments must ask themselves who stands to gain the most from the destruction of our ocean.

It would be beyond ironic if leaders of Pacific Island countries, which are already at the forefront of the impacts of climate change and facing existential threats to territorial integrity, allow themselves to be persuaded to mine the ocean floor, thereby pushing the world into the doomsday scenario.

समुद्री उत्खनन अघि बढाउन इच्छुक प्रशान्त क्षेत्रका सरकारहरूले आफैंलाई प्रश्न गर्नु पर्छ, उनीहरू जलवायु तथा विश्वव्यापी संकटको घडीमा र सामान्यतया विलुप्त हुने युग भनेर चिनिने समयमा महासागरको जीवन रक्षा प्रणालीलाई कति हदसम्म नष्ट गर्न इच्छुक छन्। हाम्रा सरकारहरूले आफैंलाई प्रश्न गर्नै पर्छ कि हाम्रो महासागरको विनाशबाट सबैभन्दा धेरै लाभ कसले प्राप्त गर्न सक्छ।

यदि प्रशान्त क्षेत्रका टापु राष्ट्रहरूका नेताहरूले पहिलेदेखि नै जलवायु परिवर्तनका प्रभावहरूमा अग्र स्थानमा रहेका र क्षेत्रीय अखण्डताको अस्तित्वको खतराहरूको सामना गरिरहेका आफ्नो राष्ट्रको समुद्रको भुईँखण्ड उत्खनन गर्न तयार भएमा थप विडम्बना हुनेछ, जसले विश्वलाई सबैभन्दा खराब अवस्थामा धकेल्नेछ।

समुद्री उत्खनन विरुद्ध नागरिक प्रतिरोध जुटाउन अपील गरिएको थियो [6]। यस पहललाई समुद्री उत्खनन सम्बन्धी प्रशान्त क्षेत्रका सांसदहरूको गठबन्धनले समर्थन गरेको छ, जसले प्रशान्त क्षेत्रमा विनाशकारी औपनिवेशिक विरासत बारे प्रकाश पार्दै [7] र कसरी समुद्री उत्खननले विकासलाई अघि बढाउने बहानामा यस क्षेत्रको शोषणलाई बढावा दिन्छ भनी एक विज्ञप्ति जारी गरेको छ।

Recent Pacific history is replete with experiences of exploitation under the guise of social and economic development pathways that, in reality, involved frontier industries that were inherently experimental. Decades of atmospheric and underground or submarine nuclear testing, terrestrial mining and other land-based extractive industries are pertinent examples. Such historical exploitation holds much responsibility for the realities of many Pacific Islands societies today; realities that serve to shrink our options and entice our countries to repeat unsustainable patterns of economic development.

प्रशान्त क्षेत्रको आधुनिक इतिहास सामाजिक तथा आर्थिक विकास मार्गको बहानामा शोषणको अनुभवहरूले भरिएको छ जुन वास्तवमा, औपनिवेशिक उद्योगहरू समावेश थिए र ती स्वाभाविक रूपमा प्रयोगात्मक थिए। दशकौंको वायुमण्डलीय र भूमिगत वा पनडुब्बी आणविक परीक्षण, भूमि उत्खनन र अन्य भूमिमा आधारित उत्खनन उद्योगहरू प्रासंगिक उदाहरण हुन्। यस्तो ऐतिहासिक शोषणले आज अनेक प्रशान्त टापु समूहको वास्तविकताको लागि जिम्मेवार छ; वास्तविकता जसले हाम्रा विकल्पहरूलाई कम गर्न र आर्थिक विकासको अव्यावहारिक ढाँचाहरू दोहोर्‍याउन हाम्रा राष्ट्रहरूलाई लोभ्याउने कार्य गर्छ।

जुनको प्रारम्भमा महासागर सप्ताहको दौडान, प्यासिफिक ब्लूले समुद्री उत्खनन कार्यले वातावरणलाई मात्र नभइ टापु समुदायहरूमा जीवन शैलीलाई कसरी विनाश गर्छ भनी वर्णन गर्न लेक्चर र वेबिनार [8]को आयोजना गर्‍यो।

प्रेरक #ocean [9] योद्धाहरू महासागरको अवस्थाको बारेमा र @pacblueline [10] बढ्दो क्षयको स्थितिमा सामूहिक कार्य मार्फत महासागरलाई पुनर्जीवित गर्न र रक्षा गर्न किन महत्त्वपूर्ण छ भन्ने बारेमा आफ्ना दृष्टिकोणहरू सेयर गर्दै छन् #bantoprotect [11] #deepseaminders [12] #worldoceansday2022 [13]

— PIANGO Pacific 2030 (@Pacific_2030) June 6, 2022 [14]

समुद्री उत्खननको सट्टा, प्रशान्त क्षेत्रका समूहहरूले “हरित अर्थतन्त्र” लाई प्रवर्द्धन गर्ने वैकल्पिक एजेन्डा [15] सार्वजनिक गरेका छन् जुन समुद्र संरक्षण र सामुदायिक विकासमा केन्द्रित छ।

महासागर मनाउने हप्ताको सुरुवात। #PRNGO [16]+, @UtoNiYaloTrust [17], @lotupasifika [18], @Pacific_2030 [19] र साझेदारहरूले आज #BlueEconomy [20] मा सामूहिक रिपोर्ट सुरु गर्न प्रार्थना सभाको आयोजना गरे। यस रिपोर्टले हरित अर्थतन्त्रको मुद्दामा #Pacific [21] CSOs को सरोकार प्रस्तुत गर्दछ।

— PANG (@pangmedia) June 5, 2022 [22]

महासागर दिवसको उत्सवमा, प्रशान्त क्षेत्र वरपरका सामुदायिक संगठनहरूले समुद्री उत्खननको बढ्दो विरोधलाई प्रतिबिम्बित गर्न संगठित विरोध र कार्यक्रमहरू [23] आयोजना गरे। इन्डोनेसियाको पश्चिम पपुवामा युवा स्वयंसेवकहरूले समुद्री उत्खनन विरुद्ध प्रचार गर्दै तटीय सफाई [24]को आयोजना गरे।

[25]

समुद्री उत्खनन विरुद्ध प्रतिज्ञा गर्दै पपुवाका युवाहरू। फोटो [25] यंगसोलवाराको फेसबुक पेजबाट।

फिजीमा, चर्चहरूको प्रशान्त क्षेत्र सम्मेलनले समुद्री उत्खनन विरुद्धको अभियानको हिस्साको रूपमा धेरै व्यक्ति र समूहहरूलाई भेला गर्‍यो:

[26]

सामूहिक रूपमा महासागर सप्ताह मनाउँदै। फोटो [26] चर्चहरूको प्रशान्त क्षेत्र सम्मेलनको फेसबुक पृष्ठबाट।

[27]

“सामुद्रिक अपराध रोकौं”। फोटो [27] चर्चहरूको प्रशान्त क्षेत्र सम्मेलनको फेसबुक पृष्ठबाट।

[28]

साउथ प्यासिफिक विश्वविद्यालय नजिक तटीय सफाई। फोटो [28] चर्चहरूको प्रशान्त क्षेत्र सम्मेलनको फेसबुक पृष्ठबाट।