समुद्री उत्खनन सँगै ज्वार भाटा बढ्दै छ

लिस्बन #BlueMarch मा समुद्री उत्खननको विरोध गर्ने वातावरणविद् तथा अभियन्ताहरूले भाग लिएका थिए। ट्विटर फोटो The Deep Sea Conservation Coalition

पोर्चुगलको लिस्बनमा जुन २७ देखि जुलाई १ सम्म भएको यूएन महासागर सम्मेलनमा विश्वका नेताहरू, वैज्ञानिकहरू, पर्यावरण पक्षधरहरू र नागरिक समाजका संगठनहरूले समुद्री उत्खननको विरोधमा आवाज उठाए।

समुद्री गहिराइमा उत्खनन कार्य मैंगानीज, कोबाल्ट, तामा र निकेल जस्ता दुर्लभ खनिज पदार्थहरू सङ्कलन गर्नको लागि समुद्रको भुईँखण्ड उत्खनन गर्ने अभ्यास हो, विशेष गरी यी खनिज पदार्थहरूको प्रयोग विद्युतीय सवारी साधनहरूको ब्याट्रीहरूमा गरिन्छ। हाल संयुक्त राष्ट्र संघको एक निकाय अन्तर्राष्ट्रिय समुद्री प्राधिकरण (आईएसए) ले २०२३ मा खानी उद्योगले प्रयोग गर्न सक्ने नियमहरूको मस्यौदा तयार गरिरहेको छ। अहिलेसम्म प्रशान्त टापु राष्ट्र नाउरुले आफ्नो क्षेत्रमा समुद्री उत्खनन अनुमति दिन चासो देखाएको छ।

तर प्रशान्त क्षेत्रमा आणविक परीक्षणहरू सञ्चालन गर्ने विनाशकारी औपनिवेशिक विरासत उद्धृत गर्दै त्यस क्षेत्रका राष्ट्रहरू पनि समुद्री उत्खननको कडा विरोधको पक्षमा उभिएका छन्।

यूएन महासागर सम्मेलनमा पलाउ र फिजीका नेताहरूले समुद्री उत्खनन प्रतिबन्धको लागि आह्वान गर्ने देशहरूको गठबन्धनको नेतृत्व गरे। पलाउका अध्यक्ष सुरंगेल ह्विप्स, जुनियरले कार्यक्रममा भने:

We all have to make sacrifices and come together as nations to achieve the greater good for our planet and our people. We know that deep-sea mining compromises the integrity of our ocean habitat that supports marine biodiversity and contributes to mitigating the impacts of climate change.

हामी सबैले हाम्रो ग्रह र हाम्रो जनताका कल्याणको निम्ति बलिदान दिनु पर्छ र एक जुट भएर आउनु पर्छ। हामीलाई थाहा छ कि समुद्री उत्खनन समुद्री जैविक विविधतामा सहारा दिने र जलवायु परिवर्तनको प्रभावहरूलाई कम गर्न योगदान पुर्‍याउँने हाम्रो समुद्री प्राकृतिक बासस्थानको अखण्डतासँग सम्झौता गर्दछ।

#DeepSeaMining  प्रतिरोधले #UNOC22 मा उल्लेखनीय रूपले गति लिइरहेको छ! हिजो @Surangeljr ले गठबन्धन राष्ट्रहरूको #DeepSeaMining प्रतिबन्ध आह्वानको नेतृत्व गरे, आज फ्रान्सेली युरोपेली संसद सदस्य @marietouss1 ले अन्तर्राष्ट्रिय संसदहरूको प्रतिबन्ध आह्वान bit.ly/3xUqOYB को आरम्भ गरे।

फिजीका प्रधानमन्त्री फ्रान्क बैनिमारामाले थपे:

If allowed to go ahead, mining will irreversibly destroy ancient deep sea habits and impact those who rely on the ocean for their livelihood.

यदि समुद्री उत्खनन नरोकिएमा यसले वर्षौं पुरानो समुद्री प्राकृतिक बासस्थानलाई अपरिवर्तनीय रूपमा नष्ट गर्नेछ र आफ्नो जीविकाको लागि समुद्रमा निर्भर रहेकालाई असर गर्नेछ।

फिजी #DeepSeaMining प्रतिबन्धको लागि गठबन्धनमा सामेल भएको छ किनभने हामीले नबुझेको कुरा नष्ट गर्न हामी इन्कार गर्छौं।
हामी सम्भावित खोजको प्रतिस्थापन गर्न सक्षम हुने छैनौं जुन समुद्री भुईँखण्ड उत्खनन धूलोमा मिल्न सक्छ — पहिले हामीमा ज्ञान हुनुपर्छ र #DefendTheDeep.

फिजी सरकारले “जलवायु परिवर्तन उत्पन्न प्रकोपबाट पहिलेदेखि पीडित भएका” मानिसहरूको जीवन समुद्री उत्खननको कारण “अझै खतरामा पार्नेछ ” भनी चेतावनी दियो

सम्मेलनमा छुट्टै कार्यक्रमको क्रममा, फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले पनि समुद्री उत्खननमा आफ्नो विरोध व्यक्त गरे, यद्यपि फ्रान्सको आईएसएसँग अन्वेषण सम्झौताहरू छन्। संयुक्त राज्य अमेरिकाका जलवायु दूतले समुद्री उत्खनन प्रभावको बारेमा थप अध्ययन गर्न आह्वान गरे। जुन महिनाको सुरुमा समुद्री कानुनमा संयुक्त राष्ट्र संघ महासन्धि पक्ष राष्ट्रहरूको वार्षिक बैठकमा पेश गरिएको पत्रमा चिलीले समुद्री उत्खनन अनुमति दिने नियमहरू अङ्गीकरणका लागि १५-वर्षको प्रतिबन्ध आह्वान गर्‍यो

ग्रीनपीस महासागर परियोजना प्रमुख अर्लो हेम्फिलले समुद्री उत्खनन विरुद्ध बढ्दो विरोध बारे टिप्पणी गरे:

The wall of silence is finally being shattered as countries begin to speak out against the destructive deep-sea mining industry, which would put the health of the ocean on which we all depend and the lives and livelihoods of billions of people living in coastal communities at risk.

मौनताको पर्खाल अन्ततः ढल्दैछ किनभने विभिन्न राष्ट्रहरू विनाशकारी समुद्री उत्खनन उद्योगको विरुद्ध बोल्न थालेका छन्, जसले हामी सबै निर्भर रहेको महासागरको स्वास्थ्य र तटीय समुदायहरूमा बसोबास गर्ने अरबौं मानिसहरूको जीवन र जीविकोपार्जनमा जोखिम निम्त्याउँछ।

यसैबीच, १ सय ४६ सांसदहरूले समुद्री उत्खननमा प्रतिबन्ध लगाउने विश्वव्यापी संसदीय घोषणापत्रमा हस्ताक्षर गरे। तथाकथित “हरित अर्थतन्त्र” तर्फ रूपान्तरणको लागि आवश्यक खनिजहरू निकाल्न समुद्री उत्खनन गर्न चाहने राष्ट्रका लागि घोषणाले विकल्प प्रदान गर्दछ:

Rather than launching a vast new extractive industry, States should be investing in new technologies and systems that reduce the demand for raw minerals through reuse, recycling and innovative design. The green transition must not come at the expense of biodiversity and our planet’s biggest natural carbon sink.

एक विशाल नयाँ उत्खनन उद्योग सुरु गर्नुको सट्टा, राष्ट्रहरूले नयाँ प्रविधिहरू र प्रणालीहरूमा लगानी गर्नुपर्छ जसले पुन: प्रयोग, पुनः प्रशोधन र नवीन डिजाइन मार्फत कच्चा खनिजहरूको माग घटाउँछ। जैविक विविधता र हाम्रो ग्रहको सबैभन्दा ठूलो प्राकृतिक कार्बन भण्डारणको मूल्य चुकाएर हरित रूपान्तरण आउनु हुँदैन।

कुराकानी शुरू गर्नुहोस्

Authors, please लग इन गर्नुहोस् »

निर्देशिका

  • सबै कमेन्टहरू सञ्चालकले समीक्षा गर्नेछन्. एक पटकभन्दा बढि कमेन्ट पेश नगर्नुहोस्, अन्यथा त्यसलाई स्पाम ठानिनेछ.
  • कृपया अरुलाई सम्मान गर्नुहोस्. अभद्र, अश्लील तथा व्यक्तिगत लाञ्छनायुक्त कमेन्टहरू प्रकाशित हुनेछैनन्.