फिजी मौसम विज्ञान विभागले सामाजिक सञ्जालको प्रयोग कसरी गर्दछ

फिजी मौसम विज्ञान विभागका केही कर्मचारीहरू। स्रोत: फेसबुक। अनुमति लिएर प्रयोग गरिएको फोटो

मौसम पूर्वानुमानकर्ताहरूले कसरी उनीहरूको काममा सामाजिक सञ्जालको प्रयोग गर्छन्? यो प्रश्न ग्लोबल भ्वाइसेजले दक्षिण प्रशान्त क्षेत्रको राष्ट्रमा मौसम तथा जलवायु विज्ञानको बारेमा जानकारी सेयर गर्न सामाजिक सञ्जालको प्रयोग गर्ने तरिका बारे थप बुझ्नको लागि फिजी मौसम विज्ञान विभाग (एफएमएस) लाई राखेको छ।

फिजी मौसम विज्ञान विभागको यूट्यूब, ट्वीटर र फेसबुक अकाउन्ट छन्, जहाँ १३१,००० फलोअरहरू छन्। एफएमएसका मिडिया सम्पर्क अधिकारी एना डेगेईले ग्लोबल भ्वाइसेजलाई इमेलमा बताइन् कि विभागले “संख्या बढाउने काम जारी राख्नेछ ताकि हामी कम से कम फिजीको हरेक सामाजिक सञ्जाल प्रयोगकर्तामा पुग्न सकौं।” संयुक्त राष्ट्रसंघको तथ्याङ्क अनुसार फिजीको जनसंख्या ९०२,२२४ रहेको छ।

एफएमएसले आफ्नो लक्ष्य पूरा गर्न फेसबुक जस्ता प्लेटफर्महरूको प्रयोगको महत्व बुझ्छ:

The Fiji Meteorological Service recognises that social media is a very useful tool not only to inform our audience but it can also be used as a feedback mechanism that allows us as an essential service provider to gauge what is working and what is not and the exact needs of our customers, through their comments and messages.

We don’t only use social media to inform our users of the weather and climate forecasts or of impending severe weather events but we also use it to create awareness around the work that we do, the technicalities and the science behind it and also on the brilliant people that work silently behind the scenes.

फिजी मौसम विज्ञान विभागले सामाजिक सञ्जाल हाम्रा दर्शकहरूलाई सूचित गर्नको लागि एक अत्यन्त उपयोगी साधन मात्र नभइ प्रतिक्रिया संयन्त्रको रूपमा पनि यसको प्रयोग गर्न सकिन्छ भन्ने मान्यता राख्दछ जसले हामीलाई के काम गरिरहेको छ र के छैन भनी मापन गर्न एक अत्यावश्यक विभाग प्रदायकको रूपमा र हाम्रा ग्राहकहरूको प्रतिक्रिया र सन्देशहरू मार्फत उनीहरूका वास्तविक आवश्यकता बुझ्न मद्दत गर्छ।

हामी सामाजिक सञ्जालको प्रयोग हाम्रा प्रयोगकर्ताहरूलाई मौसम तथा जलवायु पूर्वानुमान वा आसन्न गम्भीर मौसमी घटनाहरू बारे जानकारी गर्न मात्र नभएर हामी यसको प्रयोग हामीले गर्ने काम, विज्ञान तथा प्रविधिका पक्षहरू र पर्दा पछाडि काम गर्ने प्रतिभाशाली व्यक्तिहरूका बारेमा चेतना जगाउन समेत गर्दछौं।

वास्तवमा, एफएमएसको फेसबुक र ट्वीटर पोस्टहरू केवल मौसम बुलेटिनहरू होइनन् – ती पोस्टहरूले विभागका गतिविधिहरू बारे पनि प्रकाश पार्दछन्, जस्तै प्रशिक्षण कार्यशालाहरू, जल-स्तर अनुगमन र दैनिक पूर्वानुमान सत्रहरू। फेसबुक र ट्वीटरले हालै विश्व प्रेस स्वतन्त्रता दिवसमा पत्रकारहरूलाई एफएमएसको कामको बारेमा जनतालाई जानकारी गराउन सामुदायिक साझेदारको रूपमा स्वीकार्दै सम्मान दिए:

विश्व प्रेस स्वतन्त्रता दिवस २०२२

विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा हामी फिजी मौसम विभागको कामलाई सहयोग गर्ने सबै पत्रकार एवं न्यूजरुमलाई धन्यवाद दिन चाहन्छौं।

सञ्चार सहायता हो। विश्व प्रेस स्वतन्त्रता दिवसको शुभकामना!

एफएमएसले अन्तर्राष्ट्रिय नारी दिवसमा आफ्ना महिला मौसमविद्हरूको योगदानप्रति पनि आभार प्रकट गर्‍यो:

यस #IWD2022 को अवसरमा @FJMETservice फिजी र उक्त क्षेत्रका सर्वसाधरणलाई जल तथा मौसम विज्ञान सम्बन्धी जानकारी उपलब्ध गराउन हाम्रा महिला अधिकारीहरूले गरेको अथक प्रयास एवं अथाह योगदानको कदर गर्न चाहन्छ।

अन्तर्राष्ट्रिय नारी दिवसको शुभकामना!

#BreakingtheBias

सामाजिक सञ्जाल प्रयोग गरेर उनीहरूले सिकेका केही कुराहरूको बारेमा प्रश्न गर्दा, एना डेगेईले सहभागिताको महत्त्व बारे प्रकाश पारिन्:

The best feature or value about social media is engagement. If you put an information out there using social media, you will know whether or not people are reading it, whether or not they are using it or if it’s no interest to them at all.

सामाजिक सञ्जालको सबै भन्दा राम्रो विशेषता वा महत्व भनेको सहभागिता हो। यदि तपाईँले सामाजिक सञ्जाल प्रयोग गरेर त्यहाँ कुनै जानकारी राख्नुभयो भने मानिसहरूले यसलाई पढिरहेका छन् वा छैनन्, उनीहरूले यसलाई प्रयोग गरिरहेका छन् वा छैनन् वा उनीहरूलाई कुनै चासो छैन भन्ने कुरा तपाईँले थाहा पाउनुहुनेछ।

उनले सामाजिक सञ्जाल मार्फत सामग्री प्रचार गर्ने मौसम विभागहरूको लागि किन विश्वसनीयता र स्पष्टता महत्त्वपूर्ण छ भन्ने कुरा बताइन्:

When posting an update, make sure to keep it as less technical as possible. Keep it short and simple.

Post accuracy and timeliness are very important, especially when you’re using social media to inform the public about severe weather and climate events. A life could depend on it or a livelihood could depend on it.

अपडेट पोस्ट गर्दा सम्भव भएसम्म प्राविधिक शब्दजाल हटाउने बारे सुनिश्चित गर्नुहोस्। यसलाई छोटो-मिठो लेख्नुहोस्।

विशेष गरी तपाईँ गम्भीर मौसम र जलवायु घटनाहरू बारे सर्वसाधरणलाई जानकारी दिन सामाजिक सञ्जाल प्रयोग गरिरहेको अवस्थामा पोस्टको विश्वसनीयता र समयबद्धता धेरै महत्त्वपूर्ण हुन्छ। जीवन यसैमा निर्भर हुन सक्छ वा जीविका यसैमा निर्भर हुन सक्छ।

जलवायु विज्ञानको बारेमा सर्वसाधरणलाई सिकाउने उद्देश्य राखेको सामग्रीको एउटा उदाहरण मौसम बेलुनहरूको बारेमा एफएमएस फेसबुक पोस्ट हो। फिजीमा व्यापक रूपमा सेयर गरिएको पोस्ट साधारण मानिसहरूले सजिलै बुझ्न सक्ने सरल भाषामा लेखिएको थियो। पोस्टको एक अंश यस प्रकार छ:

Did you know that Fiji Met. releases a weather balloon twice a day?

Twice a day, every day of the year, the Fiji Meteorological Service releases a weather balloon at 11am and 11pm.

The balloon flights last for around 1 ½ to 2 hours and can rise up to 100,000 ft. (about 32 kilometres) in the atmosphere!

Weather balloons are the primary source of data above the ground. They provide valuable input for computer forecast models, local data for meteorologists to make forecasts and data for research.

के तपाईँलाई थाहा छ फिजी मौसम विज्ञानले दिनमा दुई पटक मौसम बेलुन जारी गर्छ?

दिनमा दुई पटक, वर्षको हरेक दिन, फिजी मौसम विज्ञान विभागले बिहान ११ बजे र राती ११ बजे मौसम बेलुन जारी गर्दछ।

बेलुन उडानहरू लगभग १ १/२ देखि २ घण्टा सम्म रहन्छ र वायुमण्डलमा १००,००० फीट (लगभग ३२ किलोमिटर) सम्म उड्न सक्छन्!

मौसम बेलुनहरू जमिन माथि तथ्याङ्कको प्राथमिक स्रोत हुन्। तिनले कम्प्युटर पूर्वानुमान मोडेलहरूको लागि, मौसमविद्हरूको लागि स्थानीय तथ्याङ्क पूर्वानुमान गर्न र अनुसन्धानको लागि महत्वपूर्ण तथ्याङ्क उपलब्ध गर्छन्।

अन्तमा, हामीले एफएमएसलाई कसरी नेटिजनहरूले उनीहरूको काम पूरा गर्न मद्दत गर्न सक्छन् भनेर सोध्यौं।

To provide feedbacks to the Fiji Meteorological Service- they could be our eyes and ears on the ground.

Take appropriate actions with the warning messages that they receive from the Fiji Meteorological Service and help others do the same.

फिजी मौसम विज्ञान विभागलाई प्राप्त हुने प्रतिक्रियाहरू सर्वसाधरण माझ हाम्रो आँखा र कान हुन सक्छन्।

फिजी मौसम विज्ञान विभागबाट प्राप्त चेतावनी सन्देशहरू बारे प्रतिक्रिया दिनुहोस् र अन्यलाई पनि त्यसो गर्न मद्दत गर्नुहोस्।

कुराकानी शुरू गर्नुहोस्

Authors, please लग इन गर्नुहोस् »

निर्देशिका

  • सबै कमेन्टहरू सञ्चालकले समीक्षा गर्नेछन्. एक पटकभन्दा बढि कमेन्ट पेश नगर्नुहोस्, अन्यथा त्यसलाई स्पाम ठानिनेछ.
  • कृपया अरुलाई सम्मान गर्नुहोस्. अभद्र, अश्लील तथा व्यक्तिगत लाञ्छनायुक्त कमेन्टहरू प्रकाशित हुनेछैनन्.