हरेक वर्ष भाषिक र सांस्कृतिक विविधता बारे जागरूकता बढाउन एवं विश्वका विविध मातृभाषाको कदर स्वरूप अन्तर्राष्ट्रिय मातृभाषा दिवस [2] मनाउने गरिन्छ। यस वर्ष, बङ्गलादेशमा दिवसको मुख्य आकर्षण लोपोन्मुख आदिवासी भाषा म्रोमा लेखिएको पहिलो व्याकरण पुस्तकको प्रकाशन थियो।
म्रो [3] (वा म्रु) समुदाय बङ्गलादेशको चटगाउँ पहाडी क्षेत्र (CHT) [4] को बन्दरबन जिल्लामा बस्दछन्। सन् १९९१ को जनगणना [5]अनुसार म्रो समुदायको जनसंख्या २२,१७८ थियो। म्रो भाषा चीन-तिब्बती [6] भाषा परिवारसँग सम्बन्धित छ।
सन् १९८२ मा क्रामदी मेन्ले नामक एक १७ वर्षीय किशोरले म्रो वर्णमाला विकास गरे [7]। यो कुनै संयोजन वर्ण नभएको बायाँ देखि दायाँ तर्फ लेखिने एक सरल [8] वर्णमाला हो। तर भाषाको थप विकास सुस्त छ। म्रो भाषाको युनिकोड ब्लक [9] छ, तर यो अझै पनि अनलाइन लेख्न सकिन्न।
पढ्नुहोस्: भाषा प्रतिको लगाव: म्रो भाषामा प्रकाशित पहिलो पुस्तक [10]
म्रो भाषाको पहिलो व्याकरण पुस्तकको नाम “टोटोङ” हो र यो चटगाउँ पहाडी क्षेत्रका म्रो समुदायका लेखक तथा अनुसन्धानकर्ता यंगुआङ म्रोले लेखेका [7] थिए। उनले बङ्गाली र अंग्रेजी व्याकरणको शैली अनुसरण गरेर व्याकरण निर्माण गरे र लेखे। म्रो भाषामा पहिले केही पुस्तकहरू प्रकाशित भइसकेका भएतापनि उक्त भाषा [12] निश्चित व्याकरण संरचना अनुसार कहिल्यै लेखिएको थिएन।
पुस्तक १७ फेब्रुअरी, २०२२ मा बन्दरवन सहरको उजानी पारामा लेखकको घरमा अनौपचारिक तवरमा विमोचन गरिएको [13] थियो। उक्त समारोहमा यंगुआङ म्रोले भने [14]:
এ বইয়ের মাধ্যমে ম্রো সম্প্রদায়ের লোকজন শুদ্ধভাবে তাদের ভাষায় লিখতে ও পড়তে পারবে। বিশেষ করে ম্রো শিক্ষার্থীদের বাংলা ও ইংরেজি ব্যাকরণ বোঝার জন্য বইটি সহায়ক ভূমিকা রাখবে।
यस पुस्तकको माध्यमबाट म्रो समुदायका मानिसहरूले आफ्नो भाषामा सही तरिकाले पढ्न र लेख्न सक्नेछन्। यो विशेष गरी म्रो विद्यार्थीहरूलाई बङ्गाली र अंग्रेजी व्याकरण बुझ्नको लागि उपयोगी हुनेछ किनभने तिनको व्याकरण संरचनाहरू एकैप्रकारका छन्।
चटगाउँ विश्वविद्यालय [15]को पूर्वीय भाषा विभागबाट स्नातक गरेपछि यंगुआङ म्रो समुदायको सामाजिक-सांस्कृतिक विकासका लागि काम गरिरहेका छन्। एक लेखकको रूपमा यंगुआङ [16]ले अहिलेसम्म म्रो संस्कृति र परी कथाहरूमा कुल २८ पुस्तकहरू प्रकाशित गरिसकेका छन्; जसमध्ये १८ वटा म्रो भाषामा र १० बङ्गाली भाषामा छन्।
पुस्तक विमोचन कार्यक्रममा म्रो शिक्षक ङानसिङ म्रो उपस्थित थिए । उनले छलफलमा भाग लिए र भने [14]:
ম্রো বর্ণমালা আবিষ্কারের পর তাদের হাতে লিখে লিখে বর্ণমালা পড়ানো হতো। এখন নিজেদের ভাষায় বই আকারে ছাপা হলো। এর ফলে এখন থেকে বইটির মাধ্যমে শিক্ষার্থীরা ম্রো ভাষা আরও শুদ্ধভাবে লিখতে ও পড়তে পারবে।
म्रो वर्णमालाको निर्माण पश्चात यसलाई हस्तलिखित लिपिहरू सहित विद्यार्थीहरूलाई सिकाइएको थियो। अहिले वर्णमाला र व्याकरण पुस्तकको रूपमा मुद्रित छन्। त्यसैले विद्यार्थीहरूले म्रो भाषा अझ शुद्धसँग पढ्न र लेख्न सक्षम हुनेछन्।
बङ्गलादेशको सबैभन्दा ठूलो पुस्तक मेला, इकुशे पुस्तक मेला [17], अहिले चलिरहेको छ, र हरेक दिन नयाँ पुस्तकहरू प्रकाशित हुन्छन्। फेसबुकमा युवा लेखक सुहान रिजवानले म्रो भाषामा पहिलो व्याकरण पुस्तक प्रकाशनको प्रशंसा गर्दै लेख्छन् [18]:
বইমেলার সমস্ত বইয়ের মাঝেও যে বইটা অমূল্য।
पुस्तक मेलाका सबै पुस्तकहरूमध्ये त्यो पुस्तक अमूल्य छ ।
युवा कलाकार तुफान चकमाले दृश्य कला मार्फत बङ्गलादेशका आदिवासी समुदायका विभिन्न समस्याहरूलाई प्रकाश पारेका छन्। उनले यंगुआङको उपस्थिति “दुर्गम पहाडी क्षेत्र चटगाउँमा प्रकाशको किरणजस्तै” रहेको फेसबुक [1]मा टिप्पणी गरे।
बङ्गलादेशमा भाषाको दायरा
बङ्गलादेश [19] बङ्गला (बङ्गाली ) भाषीहरूको देश हो, ९८ प्रतिशत मानिसहरूले उक्त भाषा बोल्दछन्। बङ्गलादेशका मानवशास्त्री र आदिवासी अगुवाहरूले उपलब्ध गराएको तथ्याङ्क [20] अनुसार बङ्गलादेशमा ४७ आदिवासी समुदायका करिब ५० लाख मानिस छन्। तीमध्ये ४ भाषा समूहका करिब ३० भाषा व्यापक रूपमा बोलिने र १२–१६ भाषा विभिन्न अनुपातमा लोपोन्मुख छन् । आदिवासी अनुसन्धानकर्ता सालेक खोकनले अनलाइन न्यूज पोर्टल BdNews24.com [21] को सम्पादकीयमा कुरुख र नगरी भाषा लगभग लोप भइसकेको उल्लेख गरेका छन्। यसै बीच, म्रो भाषा निश्चित रूपमा लोपोन्मुख भाषाको युनेस्कोको सूचीमा [22] छ।
लोपोन्मुख भाषाहरूको संरक्षण गर्न २०१० को राष्ट्रिय शिक्षा नीति [25]ले प्राथमिक विद्यालयहरूमा आदिवासी बालबालिकाको मातृभाषामा सिक्ने अधिकारलाई मान्यता दिएको छ। नीतिमा “आदिवासी बालबालिकालाई मातृभाषामा सिकाउनको लागि आदिवासी शिक्षक र स्थानीय भाषाका पाठ्यपुस्तकहरू उपलब्ध गराइनेछ ता कि उनीहरूले आफ्नो मातृभाषामा सिक्न सकून” भनिएको छ। धारा २० मा भनिएको छ, “प्राथमिक विद्यालय आदिवासी जनजाति बसोबास गर्ने दुर्गम क्षेत्रमा (पहाड वा तराई) स्थापना गरिनेछ।” नीति अनुसार, सरकारले पहिलो पटक २०१७ मा धेरै आदिवासी भाषामा प्राथमिक विद्यालयका पुस्तकहरू समावेश गरेको थियो। तर, पाँच वर्ष बितिसक्दा पनि तालिमप्राप्त आदिवासी शिक्षकहरूको अभावले पहल सङ्कटमा परेको [26]छ।
मानिसको प्रगति भाषाको माध्यमबाट ज्ञान प्राप्त गर्नमा निर्भर हुन्छ। बाँच्नको लागि भाषा, विशेष गरी मातृभाषाको महत्त्व उच्च छ। र कुनै पनि भाषा सही ढङ्गले सिक्न र अभ्यास गर्न एक संरचित व्याकरण आवश्यक छ। त्यस सन्दर्भमा, यंगुआङ म्रोको “टोटोङ” ले म्रो समुदायको लागि भाषा विकासमा नयाँ इतिहासको सूत्रपात गर्नेछ।