सार्वजनिक यातायात चढेर इस्तानबुल घुम्ने कुकुर, बोजी

इस्तानबुल महानगरपालिका टिभी (आइबीबी) को भिडियोबाट लिइएको स्क्रीनशट।

इस्तानबुलको एक सडक कुकुर बोजी प्रत्येक दिन सार्वजनिक यातायात चढेर इस्तानबुल डुल्दछ।

नमस्ते, म इस्ताबुलबाट बोजी। अन्य लाखौं इस्ताबुलबासीझै म पनि हरेक दिन महानगरपालिकाको सार्वजनिक यातायात चढ्छु। आउनुस् र मलाई बस, मेट्रो वा फेरीमा देख्नु भयो भने के छ भन्नुहोला।

बोजीको ट्वीटरइन्स्टाग्राम अकाउन्ट पनि छन्। हालै उसले इस्तानबुलका मेयर एक्रेम इमामोग्लुले उसलाई ट्वीटरमा पछ्याएकोमा धन्यवाद दिएको छ

उसको नाम बोजी वाहनका पांग्राहरू गुडाउने प्रणालीबाट राखिएको हो। सार्वजनिक यातायातमा चढ्दा बोजी प्रायःजसो गाडीका पांग्रानेर आराम गर्ने गर्छ।

इस्तानबुल महानगरपालिका (आइएमएम) ले जनाएअनुसार बोजीले चाहिने जति सबै खोपहरू लगाइसकेको छ। उसलाई शहरमा छोड्नुअघि उसलाई जिपिएस ट्र्याकर लगाइएको छ जसको मद्दतले उनीहरू बोजी कहाँ छ भनेर पत्ता लगाउन सक्छन्।

आइएमएमका अनुसार हालै बोजीले इस्तानबुलभरि ३० किमीको यात्रा तय गरेको थियो।

İstanbul's now famous urban dog Boji uses all types of public transport vehicles available in the city such as the subway, Marmaray, tram and ferry. İstanbulites from various and far districts of the city come across Boji on different occasions and share his images on social media.

इस्तानबुलको प्रख्यात शहरी कुकुर बोजी सबवे, मार्मारे, ट्राम तथा फेरीजस्त शहरमा उपलब्ध हरेक प्रकारका सार्वजनिक यातायातमा यात्रा गर्छ। शहरका विभिन्न भागमा तथा विभिन्न अवसरमा बोेजीलाई भेट्दा इस्तानबुलबासीहरू उसको तस्वीर सामाजिक सञ्जालमा सेयर गर्छन्।

ट्वीटरमा बोजीका ५०,००० बढी फलोअर छन्। बोजीको हरेक पोस्टले सार्वजनिक यातायात प्रयोगकर्तालाई शहरी सुरक्षाका नियम पालन गर्न प्रोत्साहित गर्छ।

सुरक्षाका लागि म कहिल्यै पहेलो रेखा पार गर्दिन। तपाईंले पनि नगर्नुहोला।

बोजीलाई भेट्ने इस्तानबुलबासीले पनि बोजीसँगको भेटबारे सामाजिक सञ्जालमा सेयर गरेका छन्ः

अलिकति फेरी, केही सीगलहरू

आजको दिन व्यस्त रह्यो। फातिहबाट यात्रा सुरु गरेर हामी बेरम्पासा, बासाकसेर हुँदै अन्त्यमा उस्कुदार आइपुग्यौं। बाटामा केहीले मलाई चिने। त्यसैले मैले उनीहरूसँग सेल्फी लिएँ।

बोजीलाई भेट्ने यात्रुले ऊ शान्त र असल बानी भएको भन्छन्।

कुराकानी शुरू गर्नुहोस्

Authors, please लग इन गर्नुहोस् »

निर्देशिका

  • सबै कमेन्टहरू सञ्चालकले समीक्षा गर्नेछन्. एक पटकभन्दा बढि कमेन्ट पेश नगर्नुहोस्, अन्यथा त्यसलाई स्पाम ठानिनेछ.
  • कृपया अरुलाई सम्मान गर्नुहोस्. अभद्र, अश्लील तथा व्यक्तिगत लाञ्छनायुक्त कमेन्टहरू प्रकाशित हुनेछैनन्.