- Global Voices नेपालीमा - https://ne.globalvoices.org -

शीघ्र प्रकाशित हुने पुस्तक “सिलिकन भ्यालुज”की लेखिका जिलियन सि. योर्कसँगको कुराकानी

श्रेणी : अर्थशास्त्र र व्यापार, कानून, डिजिटल एक्टिभिज्म, नागरिक मिडिया, प्रशासन, मानव अधिकार, GV Insights

इन्टरनेटमा के प्रकाशन गर्ने वा नगर्ने निर्णयको अधिकार कोसँग रहन्छ? हाम्रा सार्वजनिक वृत्त निजी प्लेटफर्ममा परिणत भएसँगै कसले पहरेदारहरूमाथि पहरेदारी गर्छ त?

१० फेब्रुअरी २०२१ मा लाइभस्ट्रीम गरिएको ग्लोबल भ्वाइसेजका कार्यकारी निर्देशक आइभान सिगल [1]सँगको यस कुराकानी [2]मा लेखिका तथा अधिकारकर्मी जिलियन सि. योर्क [3] माथिका प्रश्नबारे छलफल गर्छिन्। साथै २३ मार्च २०२१ मा बजारमा उपलब्ध हुने उनको पुस्तक “सिलिकन भ्यालुजः द फ्युचर अफ फ्री स्पीच अण्डर सर्भेलन्स क्यापिटलिज्म”मार्फत उनले सम्बोधन गरेका समसामयिक तथा जरुरी मुद्दाहरूबारे कुरा गर्छिन्।

यस लिंक [4]मार्फत “सिलिकन भ्यालुज”को प्रति प्री–अर्डर गर्नुहोस् र ग्लोबल भ्वाइसेजलाई सहयोग गर्नुहोस् !