- Global Voices नेपालीमा - https://ne.globalvoices.org -

#BlackLivesMatter देखि #VidasNegrasImportam सम्म प्रहरी बर्बरताको औपनिवेशिक विरासत अन्त्य गर्न आह्वान

श्रेणी : उप-सहारा अफ्रीका, केन्या, नाइजर, इतिहास, जातीयता र वंश, नागरिक मिडिया, प्रशासन, मानव अधिकार, युद्ध र द्वन्द्व, युवा, राजनीति, विकास, विरोध, द ब्रीज

तुलाको सम्मानमा निर्मित कुराकाओ स्थित स्मारक, एक अफ्रिकी दास जसले आफूलाई मुक्त गरे र सन् १७९५ मा कुराकाओ दास विद्रोहको नेतृत्व गरे। फोटो  कट्टिएल [1] / विकिमिडिया कमन्स [2] (CC BY-SA 4.0). [3]

अश्वेत समुदायमाथि निरन्तर निगरानी र युरोपेली उपनिवेशवाद तथा दास प्रथाको स्थायी संरचना ट्रान्सएटलान्टिक दास व्यापार  [4]र अफ्रिकी डायस्पोरामा यसको परिणामले उत्पन्न भएको विरासत हो।

संयुक्त राज्य अमेरिकामा ब्रिओना टेलर [5], जर्ज फ्लोयड [6], र टोनी म्याकडेड [7]को भर्खरै भएको मृत्युको घटना विचार गर्दा साथै अफ्रिकी महाद्वीप, ल्याटिन अमेरिका र युरोपभरि सबै प्रकारका प्रहरी बर्बरता र राज्य-समर्थित हिंसा अन्त्यको आह्वान [8]लाई ध्यान दिने हो भने डायस्पोरामा औपनिवेशिक शासन र दास प्रथा सम्बन्ध अझ बढी प्रस्ट भएको छ।

१६ औं शताब्दीको सुरुदेखि २० औं शताब्दीको अन्त्यसम्ममा १ करोड ५० लाख सम्म अफ्रिकी नागरिकलाई युरोपियनहरूले पक्रेर दास बनाए र जबरजस्ती अमेरिका र क्यारिबियन टापुहरूमा ल्याइयो।

इतिहासमा मानवअधिकार उल्लङ्घनको सब भन्दा नराम्रो र घृणित उदाहरणहरूमध्ये एक जसले अविश्वसनीय गतिशील, सुन्दर, र सांस्कृतिक रूपमा विविधतापूर्ण अफ्रिकी डायस्पोरा [9]सिर्जना गरेको छ। यो समुदायमा त्यस्ता मानिसहरू छन् जो मुख्यतया उप-सहारा अफ्रिकावासीहरूको वंशज हुन् जो यस दास व्यापारको परिणामस्वरूप अमेरिकामा मुख्यतया बसोबास गर्छन्।

अमेरिका र क्यारिबियन क्षेत्रका अश्वेत नागरिकहरूले अफ्रिकी महादेशमा आदिवासीहरू भएको पवित्र एवं पैतृक संस्कारहरू कायम राखेका छन् र मध्य मार्ग अनुसरण गर्दै नयाँ अभ्यास र संस्कृति पनि सिर्जना गरेका छन्। यसमा परम्परागत रूपमा कपाल चुल्ठो पार्ने शैली वा जन्म-थलोको लुगा लगाउनेदेखि लिएर पश्चिम अफ्रिकामा अभ्यास गरिने धर्मबाट प्रभावित भएर नयाँ धर्महरू सिर्जना सम्म समावेश छ। उदाहरणको लागि, सान्तेरिया र भाउडो नाइजेरियाको योरूबा धर्म र संस्कृतिबाट प्रभावित भए [10]

यी विविधतापूर्ण अश्वेत समुदायहरूको निगरानीको गहिरो ऐतिहासिक आधार छ जुन अहिलेको डायस्पोरा साथ साथै अफ्रिका महाद्वीप दुवैमा प्रतिबिम्बित हुन्छ।

१८ औं शताब्दीको प्रारम्भमा, संयुक्त राज्य अमेरिकाको साउथ क्यारोलाइना राज्यले पहिलो दास गस्ती प्रहरी एकाइ स्थापना गर्यो [11] जसले प्रायः सबै राज्यहरूलाई दास प्रथा कानुन अनुसार चल्न प्रेरित गर्यो। दास गस्तीहरू भगौडा दासहरूलाई पीछा गर्ने, सम्भावित दास विद्रोहलाई दबाउने एवं ध्वंस पार्ने र आफ्ना मालिक तथा उपनिवेश नियमको अवज्ञा गरी दोषी ठहरिएका व्यक्तिलाई सजाय दिने कामका लागि जिम्मेवार थिए।

सन् १८५० को  भगौडा दास ऐन [12] जस्ता अमेरिकी नीतिहरूले संघीय सरकारलाई दास बनाइएका व्यक्तिलाई स्वतन्त्र राज्यमा समेत पक्राउ गरेर तिनका मालिक कहाँ फर्काउन सक्ने अधिकार दियो जसले प्रहरीलाई श्वेत नागरिकका चासो र सम्पत्तिको सुरक्षाको लागि मात्र काम गर्ने विचारलाई थप सहयोग पुर्यायो। अमेरिकामा ब्ल्याक लाइभ्स म्याटरको माध्यमबाट यस विरुद्ध लडाइँको साथ प्रहरी बर्बरता जारी [13] छ।

आज, नाइजेरिया, युगान्डा, जिम्बावे, केन्या र दक्षिण अफ्रिका  [14]जस्ता धेरै अफ्रिकी देशका नागरिकहरूले पनि प्रहरी बर्बरताको गम्भीर घटनाहरू भोगेका छन्। यी सबै देशहरूले युरोपियन औपनिवेशिक शासनको उत्कर्षमा प्रहरी विभागहरू स्थापना गरे।

नाइजेरियामा, युवा कार्यकर्ताहरूले #EndSARS [15] आन्दोलनमा सार्स भनेर चिनिने नाइजेरिया प्रहरीको  चोरी विरुद्ध विशेष एकाइको अन्त्य गर्न आह्वान गरे [15]। सार्समा जनवरी २०१७ देखि मानव यातना, दुर्व्यवहार, र गैर- कानुनी हत्याका कम्तिमा ८२ गोटा घटना [16] रहेको छ – जब एकाइ गठन मे २०२० सम्म भएको थियो। नाइजेरियाली सरकारले अक्टोबरमा हिंस्रक दमन गर्दै # EndSARS आन्दोलन दबायो [17]

यो संरचनात्मक हिंसाले नाइजेरियामा ब्रिटिश औपनिवेशिक शासनको विरासत बताउछ। बेलायती शासन मातहत नाइजेरियामा रोयल क्राउनले विदेश मामिला सञ्चालन गर्न र यसको उपनिवेशहरूको निरीक्षण गर्न केही व्यावसायिक कम्पनी [18]मा ठूलो भरोसा राख्यो। ब्रिटिश साम्राज्यले यी उद्यमहरूलाई व्यवसायिक तथा सञ्चालन अधिकार र सैन्य शक्ति स्थापना गर्न अनुमति दियो। नाइजेरियाका प्रहरी एजेन्सीहरू यी प्रणाली र नियन्त्रण मोडेलमा आधारित [19] थिए जसले बेलायती औपनिवेशिक नियमको रक्षा गर्न र लागू गर्न कोशिस गर्थे।

उस्तै स्वरूपको हिंसाले दक्षिण अफ्रिकाको कानुन एवं व्यवस्थाको संरचना [20]मा औपनिवेशिक विगतको प्रतिध्वनित गर्दछ। रंगभेदको समयमा, राज्यले नस्लीय भेदभावको संरक्षण र लागू गर्न कानुनको उपयोग गर्यो र प्रमुख रंगभेद विरोधी ढाँचा कार्यान्वयन गर्यो। परिणामस्वरूप, प्रहरीले गैर-श्वेत दक्षिण अफ्रिकावासीहरूमा असमान ढंगले अत्यधिक बल प्रयोग गर्यो र उनीहरूले आतंक मच्चाएका समुदायहरूमा दीर्घकालीन विभाजनहरू सिर्जना गर्यो। यो दमनकारी, अश्वेत विरोधी व्यवहार जुन श्वेत उपनिवेशवादीहरूले सुरुवात गरेका थिए आज पनि यसले अश्वेत दक्षिण अफ्रिकी समुदायलाई प्रभाव पार्दछ।

यो गएको ग्रीष्ममा जोहानेसबर्गमा, सुस्त मनस्थितिका १६ वर्षीय नाथानिएल जुलीजलाई प्रहरीले  गोली हानी हत्या गर्यो [20]। नाथानिएल एक अशक्त बच्चा भएको र उक्त प्रकरण बारे विवरण अस्पष्ट रहेको हुनाले हत्याले विरोध प्रदर्शन गर्न उक्सायो। नाथानिएल बोल्न नसक्ने र प्रहरीको जवाफ दिन नसकेको हुनाले उनलाई प्रहरीले गोली हानेको उनका आमा बुबाहरू विश्वास गर्छन्।

अफ्रिका महादेश बाहिर अश्वेत नागरिकहरूको सबैभन्दा ठूलो जनसंख्या रहेको ब्राजिलमा २०१९ मा रियो प्रहरीले १८०० भन्दा बढी व्यक्तिको हत्या गर्यो  [21]-मारिएकाहरूमा १० मध्ये आठ अश्वेत नागरिक थिए। ८० प्रतिशत अश्वेत जनसंख्या भएको ब्राजिलको राज्य बाहिया गत वर्ष प्रहरीद्वारा गरिएको हत्यामा रियो पछि तेस्रो [22] स्थानमा आएको थियो।

यस क्षेत्रमा सबैभन्दा धेरै दास ब्राजिलमा थिए र अमेरिकामा दास प्रथा समाप्त गर्ने अन्तिम [23] देश थियो। त्यसकारण, अफ्रो ब्राजिलका कार्यकर्ताहरू [24] तर्क गर्छन् कि राज्य-समर्थित हिंसाले ब्राजिलमा अश्वेत समुदायलाई बिक्रिको वस्तु र स्वतन्त्रता मान्नु पर्ने अपूर्ण परिवर्तन ब्राजिल सरकारको भूमिकासँग जोडिएको छ।

ब्राजिलका लागि सार्वजनिक नीति विकास गर्ने रियो दि जेनेरियो स्थित अब्जर्भेटोरिओ डे फाभिलासका कार्यकारी संयोजक एलिन माइआ भन्छिन् [24] “उनीहरू अश्वेत नागरिकको हत्या गर्छन् किनभने यो ब्राजिलियन समाजको संरचना हो।” “[यो नरसंहार] भनेको पैसा कमाउने वस्तु हो, र यसले एउटा चमत्कार पैदा गर्दछ जसले श्वेत नागरिकहरूलाई बढी सुरक्षित महसुस गराउँदछ किनकि यो कतै भइरहेको छ। यसले राजनीतिज्ञलाई भोट पाउन सहयोग गर्दछ।”

रियोमा एक सुपरमार्केट सुरक्षा गार्डले एक अश्वेत नागरिकको हत्या गरेपछि फेब्रुअरी २०१९ मा # VidasNegrasImportam (शाब्दिक रूपमा ब्ल्याक लाइभ्स म्याटरबाट अनुवाद गरिएको) प्रयोग ब्राजिलमा बढ्यो [25]। नोभेम्बर २०, २०२० मा अर्को अश्वेत नागरिकलाई दुई श्वेत सुरक्षा गार्डले पोर्टो एलेग्रेको क्यारेफोर स्टोरमा मृत्‍यु हुनेगरी कुटपिट गरे [26] जसले ब्राजिलमा प्रदर्शनको नयाँ लहर [27] ल्यायो।

संयुक्त अधिराज्य बेलायतमा सम्पूर्ण जनसंख्याको ३.३ प्रतिशत मात्र अश्वेत नागरिक रहेतापनि उनीहरू विरुद्ध प्रहरीले चार गुणा [28] बढी बल प्रयोग गर्ने सम्भावना हुन्छ। यसबाहेक, बेलायतमा अश्वेत नागरिक प्रहरीको हातबाट मर्ने सम्भावना दुई गुणा बढी छ।

सन् २०१३ र २०१७ को बीचमा क्यानाडा [29]मा अश्वेत क्यानाडालीहरू सम्पूर्ण अपराधको ३२ प्रतिशत, अत्यधिक बल प्रकरणको ३० प्रतिशत, र प्रहरी गोलीकाण्डका लागि ७० प्रतिशत जिम्मेवार थिए। टोरोन्टोमा मात्रै प्रहरी अधिकारीद्वारा अश्वेत क्यानेडियालीहरू मारिने सम्भावना २० गुणा बढी थियो।

श्वेत प्रभुत्व र उपनिवेशवाद अमेरिका वा अफ्रिकी महाद्वीपमा मात्र छैन। प्रहरी बर्बरता सार्वभौमिक छ, श्वेत प्रभुत्व विश्वव्यापी छ, र उपनिवेशवादको संयन्त्रहरू निरन्तर संचालनमा छन्, यसैले हरेक दिन, विश्वभरि अश्वेत नागरिक मारिन्छन्।

त्यसकारण, डायस्पोरामा अश्वेत नागरिकहरूले आफ्नो जीवन, समुदाय र भावी पुस्ताका लागि अथक लडाइँ जारी राख्छन्। संयुक्त राज्य अमेरिकामा हामी भन्छौं #BlackLivesMatter! नाइजेरियामा, हामी भन्छौं #EndSARS! र ब्राजिलमा हामी भन्छौं #VidasNegrasImportam!