बीबीसीको प्रख्यात शो “मास्टरशेफः द प्रोफेस्नल्स” को २०२० को संस्करणमा दोस्रो स्थान प्राप्त गरेपछि लण्डन निवासी नेपाली शेफ सन्तोष शाह बेलायत र नेपालमा चर्चित भएका छन्। आफ्नो फाइनलसम्मको यात्रामा ३५ वर्षीय सन्तोषले नेपाल बाहिर खासै नसुनिएका परिकार निर्णायकसामु पस्किए।
नेपालको तराईमा पर्ने सिरहा जिल्लाको कर्जन्हामा जन्मेका र हुर्केका सन्तोषले हालको अवस्थामा आइपुग्न निकै मिहिनेत गरेका छन्। एसएलसीमा असफल भएपश्चात् उनी भारततिर लागे र एउटा पाँचतारे होटलमा भाँडा माझ्ने कामसमेत गरेर शेफ बन्न सफल भए।
नेपाली टाइम्ससँगको अन्तर्वार्ताका अनुसार उनले सन् २०१० मा लण्डनतिर लाग्ने जोखिम उठाए, तर त्यस निर्णयले उनलाई प्रख्यात शेफहरूसँग काम गर्ने मौका जुराइदियो। मास्टरशेफ प्रतियोगितामा प्रवेश गर्नुभन्दा दुई वर्ष अघिदेखि नै उनले लण्डनमा नेपाली खानालाई त्यहाँको परिवेशमा पस्किने परीक्षण गरिरहेका थिए। सो प्रतियोगिताका निर्णायकहरूले उनले बनाएका र प्रस्तुत गरेका परिकारको प्रशंसा गरेका थिए। उनले कोदोको खीर, अमोट, भरुवा भिन्डी, यःमरी, चिकेन चिल्ली, गँगटाको तरकारी आदि प्रस्तुत गरेका थिए।
कोदोको खीर, अमोट, बेसन अनि घ्युबाट बनाएको टिमुर बिस्कुट, पोलेको आँप, कागती र पानीको बरफ। म यी परिकार प्रस्तुत गर्न चाहन्थे।
प्रवासी नेपाली अरुण चौधरीले ट्वीट गरे:
सिरहा कर्जनहा गाउँका शेफ सन्तोष शाहले तराईको फोफीदेखि यःमरीसम्मका नेपाली परिकार विश्वसामु प्रस्तुत गरेर नेपालका भ्राता फाइनलसम्म पुगे। धेरै धेरै शुभकामना भ्राता। यसरी नै नेपालको नाम चम्काउँनुस्।
ग्लोबल भ्वाइसेजले ह्वाट्सएपमार्फत शेफ सन्तोषसँग सम्पर्क गरी उहाँलाई मनपर्ने र उहाँले प्रवर्द्धन गर्न चाहेका परिकारबारे कुराकानी गर्यो।
“मलाई बिरिया साह्रै मनपर्छ,” उनले भने। “भर्खरै उखेलेको आलु मिसाएर पकाएको बिरिया मलाई सबभन्दा मनपर्ने तरकारी हो।” खेसारीको साग, तोरी वा रायोलाई ओइलाउन दिएर, कालो दालको चुनाको पेस्ट लगाई घाममा सुक्न दिएपछि बिरिया तयार हुन्छ। यसलाई साँचेर राखिन्छ र हरियो सागपात कम पाउँने वर्षा याममा खाइन्छ।
घाम लागेको बेला पराल सुकाउनु यानि कि मौकामा हिरा फोर्नु। तराईका थारू र अन्यले यसरी नै पछिका लागि हरिया सागपात संरक्षण गर्छन्। उनीहरू हरिया सागपात खास गरेर खेसारीको साग, तोरी वा रायोलाई ओइलाउन दिएर, कालो दालको चुनाको पेस्ट लगाई घाममा सुकाएर बिरिया तयार पार्छन्। हरियो सागपात कम पाइने वर्षा याममा यसलाई आलुसँग मिसाएर पकाइन्छ।
सन्तोषले प्रवर्द्धन गर्न चाहेको अर्को परिकार ऐरकञ्चन हो। यो परिकार भारतका बिहार, झारखण्ड र अन्य राज्यमा पनि प्रख्यात छ। कर्कलाको पातलाई ओइलाउन दिएर चामलको पीठो वा बेसनको पेस्ट लगाई त्यसमा अरु पात थप्दै जाने र पेस्ट लगाउँदै साना साना टुक्रा काट्ने, तोरीको तेलमा तारेर दही र मसलायुक्त ग्रेभीमा पकाउने – पिरो, नुनिलो र अमिलो स्वाद भएको ऐरकञ्चन गज्जब मिठो हुन्छ!
तपाईंले नेपालको तराईमा पकाइने यो मिठो परिकार चाख्नु भएको छैन होला। म तपाईंलाई यो परिकार बनाउने विधि सिकाउछु। पहिला कर्कलाको पात बटुल्नुस् र तिनीहरूलाई धोएर घाममा एक घण्टा जति ओइलाउन दिनुस्। त्यसपछि ती पातलाई फिजाएर त्यसमा चामलको पीठो, बेसारको धुलो, एक चिम्टि नुन र केही मसला हालेको पेस्ट लगाउनुस्। त्यसमा अरु पात थप्दै जानुस् र पेस्ट लगाउँदै जानुस्। त्यसपछि त्यसलाई बेलानाकार बनाउनुस् र साना साना टुक्रा काट्नुस्। ती टुक्रालाई तोरीको तेलमा तार्नुस् र तेललाई तर्कन दिनुस्। त्यसपछि प्याज, लसुन, हरियो खुर्सानी, अदुवाका टुक्रा, मेथी र अन्य मसलालाई तेलमा भुट्नुस् र त्यसमा दही, नुन, मसला र पानी हाल्नुस् र उमाल्नुस्। जब ग्रेभी उम्लन थाल्छ, त्यसमा तारेको कर्कलाका टुक्रा मिसाउनुस् र केही मिनेट पकाउनुस्। त्यसमा काटेको हरियो धनिया मिसाउनुस्। तपाईंको परिकार तयार भएपछि भात, मुरही वा च्युरासँग खानुस्। मिठो छैन त? एक पटक चाख्नुस् र मलाई भन्नुहोला!
नेपालका अन्य मिठो परिकारहरूका लागि सन्तोषको इन्स्टाग्राम हेर्नुहोस्ः
यःमरी पुन्ही बाली भित्र्याएपछि मनाइने नेवाहरूको चाड हो। यो नेपाल सम्वतको दोस्रो महिना मंसिरको पूर्णिमाका दिन मनाइन्छ।
भक्का – थारू, राजवंशी तथा ताजपुरिया समुदायमाझ लोकप्रिय रहेको परम्परागत खाजा काठमाडौं आइपुगेको छ र विस्तारै लोकप्रिय हुँदैछ। खास गरेर चामलको पीठोबाट बनाइने यो खाजा काठमाडौंका पुतलीसडक, अनामनगर, शान्तिनगर र अन्य ठाउँहरूमा पाइन थालिएको छ।
मेरो जन्मदिनमा शुभकामना दिने सबैलाई धन्यवाद।
पोलेको मकै, धनियाको चटनी।
साँदेको भोगटे