- Global Voices नेपालीमा - https://ne.globalvoices.org -

योरुबा आगन्तुक शब्दहरू: भाषा कसरी विकसित हुन्छन्

श्रेणी : उप-सहारा अफ्रीका, नाइजर, Ideas, इतिहास, कला र संस्कृति, जातीयता र वंश, नागरिक मिडिया, भाषा, शिक्षा

अकारा वा नाइजेरिया बिन केक नाइजेरियाको बिहानको मुख्य चमेना हो, जुलाई ११, २०१३। फोटो आतिमुकोह, विकिमिडिया कमन्स CC BY 2.0.

भाषाहरू बीचको सम्बन्ध सदियौंदेखि अस्तित्वमा छ। फ्रान्सेली भाषाबाट अंग्रेजीमा आएको “रेस्टुराँ” भन्ने शब्दलाई हेरौं।आज यो अपरिवर्तित आगन्तुक शब्द [1] -एक भाषाबाट अर्को भाषामा परिवर्तन नभई जस्ताको त्यस्तै आएको शब्द अंग्रेजी मौलिक शब्द सरह प्रचलित छ।

यी आगन्तुक शब्दहरू अप्रवास, वाणिज्य तथा व्यापारको सिलसिलामा मानिसहरू भाषिक तथा सांस्कृतिक विविधताको सम्पर्कमा पुग्न गई प्रयोगमा आउन थालेका हुन्। यी अन्तर्क्रियाको माध्यमबाट मानिसहरू विभिन्न भाषिक सम्पर्कमा आए र अन्य भाषाबाट शब्दहरू एवं वाक्यांशहरू सापटी लिनुपर्ने भयो।

योरुबाको प्रसंगमा पनि कुनै अपवाद छैन। नाइजेरियामा करिब ४ करोड मानिसहरूले बोल्ने योरुबा भाषा बेलायती अंग्रेजी भाषाबाट प्रभावित भएको छ। सन् १९१४ देखि १९६० सम्म बेलायत नाइजेरियामा औपनिवेशिक शक्ति थियो।

योरुबामा प्रयोग हुने शब्दावलीका आधा भन्दा बढी शब्दहरू अंग्रेजी भाषाबाट सापटी लिइएका हुन्। “कप” भन्ने शब्दलाई हेरौं। यस शब्दलाई कोपु  भनी रूपान्तर गरियो। “फोन” लाईफोनु , “बल” लाई बलु , र “टेलिभिजन” लाई टेलिफिसनु  र अन्य यस्तै यस्तै।

सापटी लिइएका अंग्रेजी शब्दहरूले समयक्रम सँगै योरुबा भाषाको शब्दावली विस्तार गर्यो। नाइजेरियाको उत्तरी भागमा ४ करोड ४० लाख मानिसहरूले बोल्ने हउसा भाषाबाट योरुबा भाषामा शब्दहरू सापटी लिइएका उदाहरणहरू पनि छन्। यस भाषाले अरबीबाट अलाबारीका (“आशीर्वाद”), अलुबोसा (“प्याज”) र वाहाला (“समस्या”) जस्ता शब्दहरू सहित थुप्रै शब्दहरू सापटी लिएको छ।

योरुबा आगन्तुक शब्दहरूको सुन्दरता यो हो कि वक्ताहरूले तिनलाई दैनिक कुराकानीमा प्रयोग गर्दछन् किनभने त्यस्ता शब्दहरू मौलिक शब्दहरू सरह आमप्रयोगमा आएका हुन्छन्। बा मो ये मु बलु ए  वा अंग्रेजीमा “बच्चालाई बल लिन सहयोग गर्नुहोस्” भन्ने कुरा सुन्नु कुनै अनौठो कुरा होइन। बलु शब्द योरुबा भाषाको मौलिक शब्द नभएतापनि वक्ताहरूले यसलाई योरुबा भाषामा प्रयुक्त गर्छन्।

योरुबा भाषाको चुनौतीहरूमध्ये एक योरुबा भाषीहरू आफैं योरुबा शब्दहरूलाई अंग्रेजीमा अनुवाद गर्न र मौलिक योरुबा शब्दहरूको सट्टामा प्रयोग गर्न मन पराउनु हो। उदाहरणको लागि अकारा -शब्दलाई हेरौं- अधिकांश योरुबा भाषीहरू दैनिक बोलीचालीमा यसलाई बिन केक भन्दछन्-खासगरी विदेशीहरूसँगको कुराकानीमा।

मौलिक शब्दहरूको प्रयोगले संस्कृति-भाषाको माध्यमबाट जीवित राख्दै-निरन्तर फस्टाउँने सुनिश्चित गर्न मद्दत गर्दछ । उदाहरणको लागि कसैले पनि जापानको सुसीलाई अन्य कुनै पनि नामले पुकार्दैन-सुसी सुसी हो।

यदि धेरै योरुबा शब्दहरूको पनि यस्तै स्थिति रहेको भए, योरुबा भाषा तथा संस्कृति नाइजेरिया र योरुबा भाषा बोलिने क्षेत्र बाहिर फस्टाउन सक्दथ्यो। उदाहरणको लागि आमला एक प्रसिद्ध योरुबा परिकार हो, डायस्पोरामा पनि। यदि योरुबा वक्ताहरूले यस शब्दलाई जस्ताको त्यस्तै राख्न जोड दिएका भए यो शब्दले अन्य भाषाहरूको शब्दकोषमा सजिलैसँग स्थान प्राप्प्त गर्न सक्दथ्यो । यसलाई “तरुलको पीठो” मा अनुवाद गर्दा यसको स्थिति र भाषिक जग कमजोर हुन्छ-यसको “योरुबापन।”

अंग्रेजीकरण गरिएको “फानिमोरियस” शब्दलाई हेरौं जुन अधिक लोकप्रिय हुँदै गएको छ र भाषा सम्बन्धी शब्दकोशमा राखियो। यसको अर्थ “आकर्षक ” वा “सुन्दर” हो र यो योरुबा भाषामा फानिमोरा  शब्दबाट आएको हो।

यो ध्वनि व्याकरण हुन सक्छ: योरुबा भाषामा अन्तिम शब्द व्यञ्जन र व्यञ्जन समूह हुँदैन। फलस्वरूप, अंग्रेजी-इयस  प्रत्यय योरुबा मूल शब्दमा थपियो। यद्यपि यो शब्द योरुबा भाषाबाट आएको हो भन्ने तथ्य रहन जान्छ। यो योरुबाको लागि एउटा जीत हो।

हालै अक्सफोर्ड अंग्रेजी शब्दकोशमा थुप्रै अन्य नाइजेरियन अंग्रेजी शब्दहरू थपिए [2]

यदि योरुबा भाषाको वक्ताहरूले यसको विकास गर्न योगदान दिए भने मात्र यसले ठूलो छलांग मार्नेछ; मिडियामा यसको प्रयोग पनि महत्त्वपूर्ण छ किनकि विश्व झन् बढी डिजिटलाइज भएको छ। परिणामस्वरूप, यसले नाइजर-कंगो भाषामा थप अनुसन्धान गर्न प्रोत्साहित गर्दछ।