- Global Voices नेपालीमा - https://ne.globalvoices.org -

क्यारिबियन फुटबल प्रशंसकहरूद्वारा डिएगो म्याराडोनाको निधनमा शोक प्रकट

श्रेणी : क्यारेबियन, जमाइका, ट्रिनिडाड र टोबागो, खेल, नागरिक मिडिया
[1]

ब्युनस आयर्स, अर्जेन्टिनाको एक पर्खालमा डिएगो म्याराडोनाको एउटा भित्ते चित्र। फोटो [1] वाग्नर फोन्तौरा [2] Flickr, CC BY 2.0 [3].

अद्भुत प्राकृतिक कौशलका लागि प्रख्यात अर्जेन्टिनाका प्रतिभावान् फुटबल खेलाडी डिएगो अरमान्डो म्याराडोनाले आफ्नो टिमलाई सन् १९८६ को फिफा विश्वकप उपाधि [4] — तर्फ डोर्याएका थिए र ह्याण्ड अफ गड गोलका कारण बदनाम म्याराडोना, जुन गोलले टीमको अन्तिम विजयका लागि मार्ग प्रशस्त गरिदियो-नोवेम्बर २५ मा ब्युनस आयर्स स्थित निवासमा — हृदयघातको कारण निधन भएको थियो [5] । उनको हालै दिमागमा रगत जमेपछि शल्यक्रिया गरिएको थियो। उनी ६० वर्षका थिए।

सानो कदका तर मैदानमा एक असाधारण म्याराडोनाको कल्पना गर्न कठिन छ, जसलाई स्वास्थ्य समस्याहरूबाट ग्रस्त रहँदा तन्दुरुस्त भई प्रदर्शन गर्न आवश्यक थियो। यद्यपि, उनले आफ्नो करिअरभर लागु पदार्थ र मदिरा सेवन [6]सँग संघर्ष गरे जसले मोटोपना [7] र हेपाटाइटिस जस्ता गम्भीर स्वास्थ्य समस्या सहित अन्य चुनौतीहरूको पनि सामना गर्यो।

सन् १९९१ मा, खेल अघि डोपिङ परीक्षणमा पोजिटिभ देखिएपछि म्याराडोनालाई उनको मन पर्ने खेलबाट १५ महिनासम्म निलम्बन गरियो [8] । त्यहीँ वर्ष उनलाई लागु पदार्थ राखेको अभियोगमा पक्राउ गरेर १४ महिना जेल सजाय  [9]दिइएको थियो।

सन् १९९४ को विश्वकपमा अर्जेन्टिनाका स्टार खेलाडी पुन: टिमको हिस्सा बनेका थिए, तर समूह चरणको खेल सकिनु अगावै अर्जेन्टिना फुटबल संघ [10]ले उनलाई लागु औषध परीक्षणमा असफल भएकाले फिर्ता बोलायो। यस घटना बारेमा फिफाले म्याराडोनालाई प्रतिबन्ध लगाएको थियो, जसले मूल रूपमा उनको अन्तर्राष्ट्रिय करिअरलाई अन्त्य गर्यो, जसमा बोका जुनियर (अर्जेन्टिना), बार्सिलोना (स्पेन), र नेपोली (इटाली) जस्ता शीर्ष क्लबको प्रतिनिधित्व थियो।

यद्यपि, मैदानमा उनको प्रदर्शनका लागि म्याराडोनालाई सदाका लागि सम्झिनेछ।

उनको खेलको शैली, तीव्र गति र ड्रिबलले भरिएको, आत्मविश्वासी थियो; बाहिरबाट, पनि यो सहज देखिन्थ्यो। त्यहाँ कोही पनि झन् तीव्र वा सक्षम थिएन।डिफेन्डरहरूद्वारा [11] घेरिदा समेत उनी बलमाथि अविश्वसनीय रूपमा नियन्त्रण राख्थे। उनीसँग अवसर छोप्ने एवं सिर्जना गर्ने खुबी थियो तर विजय अवसरको लागि बल राख्ने व्यक्ति थिएनन्।

पहिलो र मुख्य कुरा उनी टिमको खेलाडी थिए जसले आवश्यक परेको बेलामा पास दियो, जसले रचनात्मक रूपले कप्तानी गर्यो र अर्जेन्टिनाको खेल हेर्न आनन्द मिल्ने बनाउन मद्दत गर्यो, उनीहरूको प्रतिद्वन्द्वी ब्राजीलको मनमोहक साम्बा शैली [12]को खुट्टाको चालमा प्रसिद्ध नृत्य झैं। ला अल्बिसिलेस्टे [13]को सृजनात्मक चाल जस्तो कि अर्जेन्टिनाको राष्ट्रिय फुटबल टिमलाई भनिन्छ – म्याराडोनाको प्रभावमा महसुस हुन्छ – एकै समयमा परिर्वतनशील र सटीक, टर्फमा कौशलपूर्ण नृत्य।

अर्जेन्टिनाले तीन दिनको राष्ट्रिय शोक घोषणा गरेको छ [14]। अन्तिम श्रद्धाञ्जलीका लागि म्याराडोनाको पार्थिव शरीर राखिने राष्ट्रपति कार्यालय, कासा रोजारा, ब्युनस आयर्समा दस लाख मानिस [15]उपस्थित हुने अपेक्षा गरिएको छ।

यसैबीच, म्याराडोनाको अभाव फुटबल आसक्त क्यारिबियन [16] क्षेत्रलगायत विश्वभरि महसुस गरिएको छ।

जमैकाका सुपरस्टार धावक उसेन बोल्टले फेसबुकमा म्याराडोनासँग खिंचेका आफ्नो फोटो पोस्ट [17] गर्दै क्याप्सनमा “लिजेन्डको आत्माले शान्ति पाओस् #Maradona [18] ??” लेखेका छन्।

म्याराडोना दोषयुक्त र जटिल नायक थिए भन्ने कुरामा कुनै शंका छैन। मेक्सिको १९८६ को विश्वकपको क्वार्टरफाइनल – जतिबेला उनी र अर्जेन्टिना टोलीले इङ्ग्ल्यान्डको सामना  [19]गरेका थिए, जब फोकल्यान्डको युद्धलाई लिएर दुई देशबीचको तनाव उच्च थियो – उनी कसरी देव र दैत्य दुवै थिए भन्ने कुराको उत्कृष्ट र स्थायी उदाहरण थियो।

उक्त खेलको पहिलो गोल ५१ मिनेटमा म्याराडोनाले हातले गरेका थिए जुन विवादास्पद रूपमा रेफ्रीले मान्यता दिए। विवादित गोल गरेको चार मिनेटपछि म्याराडोनाले फेरि गोल गरे, उनले इंग्ल्यान्डका पाँच खेलाडी तथा गोलकिपरलाई छलाएर बललाई पोस्टको दिशा दिएका थिए। जसलाई अधिकांश फुटबल विशेषज्ञहरूले निर्विवाद रूपमा “शताब्दीको गोल” भनेका थिए।

खेलपछि, पत्रकारहरूको एउटा सानो समूहले पहिलो गोलको बारेमा प्रश्नहरू गरेको थियो, म्याराडोनाले उक्त गोललाई ‘भगवानको हातबाट भएको गोल’ भएको धृष्टतापूर्वक जवाफ दिएका थिए [20] जुन फुटबलको इतिहासमा अनन्त कालसम्मलाई एउटा भनाइको रूपमा रहन पुग्यो ।

अर्जेन्टिना क्वार्टरफाइनल खेलमा २-१ ले विजयी बन्यो र फाइनलमा पश्चिम जर्मनीलाई हराउँदै विश्वकप दाबी गर्यो। प्रतियोगिताको खेलाडीका रूपमा म्याराडोनाले फिफा बेलोन डे ओर [21] जिते र धेरै फुटबल प्रशंसकहरूको लागि – मैदान बाहिर बारम्बार गल्ती गरेपनि – उनी सँधै खेलाडी [22]नै रहनेछन् [23]

त्यस इंग्लिस टिमका डिफेन्डर टेरी फेनविक  [24]सहमत छन्, जो १९८६ को क्वार्टरफाइनल खेलमा म्याराडोनालाई रोक्न असफल रहेका थिए। म्याराडोनाको मृत्युको खबर पाएपछि हाल ट्रिनिडाड एण्ड टोबागोको राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षक रहेका फेनविकले भने [25]:

Today is an extremely sad day for world football. I would like to extend condolences to Diego’s family, his friends and all of his former teammates, especially all the guys who were on the field that day in ’86.

I can recall it like yesterday. It is one of the matches and moments that never leaves you. For me, he was undoubtedly the greatest to ever play the game and certainly the best I have ever encountered.

As much as we were steaming mad about the [first] goal that was allowed and the fact that we lost and had to pack our bags after that game, we were all in awe of what he was capable of—what he did generally in that game and the tournament as a whole. It was just pure genius.

Indeed a privilege to share the same pitch and come up against such a unique figure. RIP Diego.

आजको दिन विश्व फुटबलको लागि अत्यन्त दु: खद दिन हो। म डिएगोको परिवार, उनका साथीहरू र टिमका सम्पूर्ण पूर्व साथीहरू, विशेष गरी सबै साथीहरू जो त्यस दिन १९८६ मा मैदानमा थिए समवेदना व्यक्त गर्न चाहन्छु।

मलाई यो हिजो जस्तै लाग्छ। यो ती खेल र क्षणहरूमध्ये एक हो जसलाई कहिल्यै बिर्सन सकिंदैन। मेरो लागि उनी निस्सन्देह सर्वकालीन महान् खेलाडी र मैले अहिलेसम्म सामना गरेकोमध्ये सबैभन्दा सर्वश्रेष्ठ थिए।

जहाँसम्म हामी मान्यता दिइएको पहिलो गोलप्रति क्रुद्ध थियौं र खेल गुमाएर घर फर्किनलाई झोला प्याक गर्नुपरेको थियो, उनले उक्त खेल एवं समग्रमा प्रतियोगिता जे गरे हामी सबै विस्मयमा थियौं । त्यो विशुद्ध प्रतिभा थियो।

मैदानमा यस्तो अद्वितीय व्यक्तित्वको बिरूद्ध खेल्न पाउनु वास्तवमा सौभाग्य हो। डिएगो, आत्माले शान्ति पाओस्।

सन् २००० मा, फिफाले एक पटक मात्र प्लेयर अफ द सेन्चुरी [26] अवार्ड सिर्जना गर्यो, जसमा ब्राजिलका पेले [27]सँग म्याराडोना संयुक्त रूपमा विजेता भए।

त्यो वर्ष, सन् १९८४ देखि सन् १९९१ सम्म इटालियन क्लब नापोलीबाट म्याराडोनाले फुटबल खेलेका थिए जुन क्लबको इतिहासकै सब भन्दा सफल वर्ष [28]रहे। क्लबले उपलब्धिहरूको सम्मानमा उनको १० नम्बरको जर्सी [29]हटायो। त्यस अवधिमा पहिलो पटक दक्षिणी क्लबले इटालीको सर्वोच्च फुटबल ट्रफी स्कुडेतो दाबी गर्दै नेपोलीले दुईपल्ट सिरी ‘ए’ को उपाधि जित्यो।

सन् २००१ मा अर्जेन्टिना फुटबल संघले फिफालाई अर्जेन्टिनाको राष्ट्रिय टोलीको म्याराडोना को १० नम्बरको जर्सीलाई हटाउन अनुरोध गर्यो जुन अनुरोध अन्तर्राष्ट्रिय फुटबल संघले स्वीकार गरेन [30]