- Global Voices नेपालीमा - https://ne.globalvoices.org -

‘पीडा हर्ने’ संगीत सिर्जना गर्दै जापानी बिटबक्सर भिक्षु

श्रेणी : पूर्व एशिया, जापान, धर्म, नागरिक मिडिया, मिडिया र पत्रकारिता, युवा, संगीत
Japan's Beatboxing Monk

योगेत्सु आकासाका। उनको आधिकारिक युट्युब च्यानल [1]बाट लिइएको स्क्रीनक्याप।

“चिन्ता र पीडा कम गर्न” संगीत सिर्जना गर्ने एक जापानी भिक्षुका लाखौं श्रोता छन्। सैँतिस वर्षीय जेन बौद्ध भिक्षु योगेत्सु आकासाका [2] लुप स्टेशन [3] प्रयोग गरी बिटबक्सिङ [4]मा बौद्ध जाप मिसाउँछन् र थप्छन्, अनि युट्युबमा अपलोड गर्छन्। उनको सर्वाधिक लोकप्रिय भिडियो “हार्ट सुत्र लाइभ लुपिङ रिमिक्स [5]“ले हालसम्म २० लाख भ्यू बटुलिसकेको छ।

ऐतिहासिक रूपले [6] सबभन्दा प्रख्यात र लोकप्रिय सुत्रमध्ये एक हार्ट सुत्र [7] (般若心経) को आकासाकाले बनाएको आधुनिक संस्करण युट्युबमा मे २०२० मा भाइरल [8] भयो। युट्युब [2]मा उनी विभिन्न परम्परागत बौद्ध सुत्र [9] जाप गर्दा बिटबक्सिङका लुप तथा ताल मिसाउँछन्। आकासाकाका अनुसार उनी पीडा [10] कम गर्न यसो गर्छन्।

म चिन्ता कम गर्नका लागि संगीत सिर्जना गर्छु।
म पीडा कम गर्नका लागि जाप गर्छु।
सबै जना सुखी होउन्।

भिक्षु बन्नुअगाडि [17] आकासाका विदेश बस्थे र गीत गाएर धन आर्जन गर्थे। सन् २००९मा आकासाकाले बिटबक्सिङमा स्वर र बौद्ध जाप मिसाउन थाले।

हाल आकासाका टोक्योमा बस्छन् र उनी सन् २०१५ मा बौद्ध भिक्षु बने। उनका बुबा पनि बौद्ध भिक्षु हुन् र ग्रामीण इवाते प्रिफेक्चरको एक मन्दिरमा प्रमुखको भूमिका निर्वाह गर्दै छन्।

भाइससँगको अन्तर्वार्तामा आकासाका भन्छन् [18]:

Usually in Japan, people become monks because their family lives in a temple. But for my father, he was just a normal person who decided to become a monk. […] I was inspired, and decided I wanted to succeed in my father’s current role as an abbot in a temple in the Iwate Prefecture.

जापानमा सामान्यतया मन्दिरमा बस्ने परिवारका मानिस भिक्षु बन्छन्। तर मेरो बुवा साधारण व्यक्ति हुनुहुन्थ्यो र उहाँले भिक्षु बन्ने निर्णय गर्नुभयो। […] म प्रेरित भए र इवाते प्रिफेक्चरको एक मन्दिरमा मेरो बुवाको हालको जिम्मेवारी मैले लिने निधो गरे।

उनको हार्ट सुत्रको संस्करण भाइरल हुनुअघि नै आकासाकाको संगीतले जापानमा ध्यान बटुल्न थालिसकेको थियो। यसलाई टेक्नो होशो [19] कन्सर्टमा प्रस्तुत गरियो [20]। यो कन्सर्ट बौद्ध रीतिरिवाज, टेक्नो संगीत तथा प्रोजेक्शनको सम्मिश्रण भएको चोकाइगी [21] कार्यक्रमको एउटा भाग हो।

समकालीन संगीतमा बौद्ध धर्मको सम्मिश्रण गर्ने कलाकार आकासाकामात्र होइनन्। सन् २०१८ को टेक्नो होशो कार्यक्रममा ग्या [22] नाम गरेका कलाकारले यहाँ टेक्नो र ट्रान्स संगीतमा बौद्ध जाप मिसाउँछन्:

टेक्नो होशो (अप्रिल २०१८) मा गरिएको प्रोजेक्शन म्यापिङको एक प्रयोगकर्ताले अपलोड गरेको भिडियो।

ग्याले प्रस्तुत गरेको प्रोजेक्शन म्यापिङ। गीत: “सानबुत्सु” (“बुद्धको सम्मानमा गुणगान [32]“)।

योगेत्सु आकासाकाको भाइरल “हार्ट सुत्र लाइभ लुपिङ रिमिक्स [5]” तथा अन्य गीतहरू युट्युबमा हेर्न सकिन्छ।

योगेत्सु आकासाका ट्वीटर [33]मा सक्रिय छन् र उनको संगीत युट्युब [2], स्पटिफाइ [34] तथा अन्य अनलाइन सेवा [35]मा सुन्न सकिन्छ।