कुकुरको मनपर्ने खाजा नेपाली छुर्पी

पूर्वी नेपालको इलाम जिल्लाको एक पसलमा बिक्रीको लागि झुण्ड्याइएका छुर्पी । तस्वीर-लेखक।

जब तपाईं पूर्वी नेपालको इलाम जिल्ला स्थित हुस्सुले ढाकिएको कन्याम चिया बगान हुँदै अघि बढ्नुहुन्छ, तपाईंले अधिकांश पसलहरूमा छुर्पीको झुत्तो झुण्डिरहेको देख्नुहुनेछ।

स्थानीय रूपमा छुर्पी  भनिने हार्ड चिज नाक (पोथी याक), गाई र चौरी (याक र स्थानीय गाईको वर्णशंकर) को संकलित दूधबाट उत्पादन गरिन्छ। हिमाली भेगसहित तिब्बत, दार्जिलिङ, सिक्किम र भुटानका मानिसहरू अत्यधिक प्रोटिन युक्त चपाउदा कडा हुने छुर्पी खाने गर्दछन्।

तर, छुर्पी आज-भोलि संयुक्त राज्य अमेरिका र युरोपका कुकुरहरूका लागि मन पर्ने खाजा हो:

यती डग च्यु हिमालयन याकको दूधबाट उत्पादन गरिएको विशुद्ध र स्वादिष्ट डग च्यु हो। डग च्यु तपाईंको कुकुरलाई सुरक्षित र सहज तवरले खुसी र घण्टौं व्यस्त राख्ने उत्तम विकल्प हो। तपाईंको कुकुरका लागि विभिन्न आकारमा उपलब्ध छुर्पी हाम्रो वेबसाईटमा हेर्नुहोला।

नेपाल सरकारको व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका अनुसार आर्थिक वर्ष २०१७/२०१८ मा देशले ८० करोड (७० लाख अमेरिकी डलर) रुपैयाँ मूल्य भन्दा बढीकोछुर्पी  निर्यात गरेको थियो। स्थानीय व्यवसायीका अनुसार संयुक्त राज्य अमेरिका र युरोपमा कुकुरका लागि निर्यात गरिने करिब ६०-७० प्रतिशत छुर्पी   इलाम जिल्लामा नै उत्पादन गरिन्छ।

मानिसहरू काटेर सानो टुक्रा पारिएको छुर्पी  चपाउन मन पराउछन्। तस्वीर-लेखक।

प्राय: सबै प्रकारका चिज नरम हुन्छन्, कसरी यस चिजलाई कडा पारिन्छ त ? पहिला दूध संकलन गरेपछि उमालिन्छ र चिल्लोको मात्रा हटाइन्छ। त्यस पश्चात दूध फटाएर तयार पारेको छेनालाई जुटको बोरामा राखेर छेनामा रहेको पानी हटाइ घाम वा आगो माथि झुण्ड्याइन्छ।

भारत, जापान, ताइवान, क्यानडा र संयुक्त राज्य अमेरिकामा डग च्युको रूपमा छुर्पी   निर्यात गर्ने गोदावरी इन्टरनेसनल प्राइभेट लिमिटेडले यसको जटिल उत्पादन प्रक्रिया बारे गरेको वर्णन:

[…] Once the milk has cooled down, it is treated with 10 ml of lime juice and 10 mg salt for about 100 gallons of milk. The sour of the mild acid coagulates the milk and the salt speeds up the process. The solids are then separated using a burlap sac [sic], which is washed several times using warm water to remove the whey, and any hints of salt and lime juice.

The solids in the burlap sack are then subjected to squeezing for about 3 weeks when the cake obtained contains at most 5% moisture. The cakes are pressed using weights to remove the excess moisture.

The cake is then cut to size and prepared for cooking [sic] under the sun and smoke[d] for 2-3 months. […]

[…] दूध चिसो भएपछि करिब १०० ग्यालन दूधमा १० मिलीलीटर कागतीको रस र १० मिलीग्राम नुन हालिन्छ। एसिडको अम्लियपनले दूधलाई जमाउँछ र नुनले दूध जमाउने प्रक्रियालाई गति दिन्छ। त्यसपछि ठोस पदार्थ, छेनालाई जुटबाट बनेको खस्रो बोरा प्रयोग गरेर छुट्याइन्छ र यसमा रहेको मट्ठा, नुन र कागतीको रसको अंश हटाउन तातो पानी प्रयोग गरेर धेरै पटक धोइन्छ।

जुटबाट बनेको खस्रो बोरामा रहेको छेनालाई त्यसपछि करिब ३ हप्तासम्म निथ्राइन्छ ता कि छेनामा ५% भन्दा धेरै आर्द्रता नहोस्। बढी भएको आर्द्रता हटाउन छेनालाई गह्रौँ वस्तुले थिचेर राखिन्छ।

त्यसपछि छुर्पीलाई काटिन्छ र त्यसलाई सुकाउन घाम वा आगोको धुवाँमा २/३ महिनासम्म राखिन्छ। […]

नेपालको उच्च घाँसे मैदानमा आराम गर्दै दुई चौरीहरू । छुर्पी याक, गाई र चौरी को दूधबाट उत्पादन गरिन्छ। तस्वीर-लेखक।

कुकुरको खाजाको रूपमा छुर्पी  बिक्री गर्ने योजना सुमन र सुजन श्रेष्ठ दाजुभाइले गरेका थिए। उनीहरूले निशेष श्रेष्ठसँग मिलेर सन् २००३ मा हिमालयन डग च्यु कम्पनी स्थापना गरे। उनीहरूमध्ये एक जनाले कुकुरले छुर्पी चिथोर्दै गरेको देखेपछि बिक्री गर्ने योजना बन्यो। सन् २००७ मा, उनीहरूले बेलिंगघम, वाशिंगटनको पाल्तु जनावर मेलामा आफ्नो उत्पादन बजारमा ल्याए। त्यसबेलादेखि कम्पनीले लामो यात्रा तय गरिसकेको छ: यो हाल हिमालयन चिजको सबैभन्दा ठूलो निर्यातकर्ता हो जसले ९००० भन्दा बढी व्यक्तिहरूलाई रोजगारी दिएको छ। सन् २०१५ मा, यी तीन नेपाली उद्यमीहरू लोकप्रिय अमेरिकी टिभी कार्यक्रम शार्क ट्यांकमा देखा परेका थिए, त्यसबेला उनीहरू पहिलेदेखि नै वर्षमा ५० लाख अमेरिकी डलरभन्दा बढीको बिक्री गर्न थालिसकेका थिए।

त्यसपछि अन्य धेरै कम्पनीहरूले उनीहरूको अनुसरण गरेका छन्, तर हिमालयन डग च्युले, एकल उत्पादन उन्मुख व्यवसायबाट पूर्ण रूपले पाल्तु जनावरको आपूर्ति कम्पनीमा विकसित हुँदै विविधीकरण गरेको छ। कम्पनीको वेबसाईट अनुसार कम्पनीले अहिले वाशिंगटन राज्यको थर्ड-जेनेरेसन डेरी फार्मसँग साझेदारी गरेको छ, जसले कम्पनीको लागि प्रतिमहिना १ करोड पाउण्ड र प्रति वर्ष १२ करोड ४० लाख पाउण्ड भन्दा बढी दूध उत्पादन गर्दछ।

छुर्पी क्यानडा, जर्मनी, हङकङ, भारत, इजरायल, जापान, कोरिया, मलेसिया, रुस, सिंगापुर, ताइवान, थाइल्याण्ड, संयुक्त अरब इमिरेट्स, संयुक्त अधिराज्य र संयुक्त राज्य अमेरिका लगायत धेरै देशहरूमा निर्यात भइरहेको हुनाले यसको उत्पादन नेपालका ग्रामीण कृषकहरूका लागि नियमित आम्दानीको स्रोत बनेको छ।

तथापि, बजारमा पकड कायम राख्नको निमित्त उत्पादकहरू र निर्यातकर्ताहरूले उत्पादनमा सुधार एवं विविधता ल्याउने सुनिश्चित गर्नु आवश्यक छ:

मेरो सानो छाउरोले केही दाँतहरू गुमाइरहेको छ, विशेष गरी @himalayanpet को याकको छुर्पीले। मैले केही वस्तु खान दिएर दाँत भाँचिन पुगी पीडा भएकोमा चिन्तित तुल्याएको छ। सावधान रहनु होला छुर्पी मेरो अनुभवमा समस्यामूलक र सम्भावित रूपले खतरनाक छन्, विशेषगरी बुढो कुकुरका लागि।

कम्पनीको चेतावनी अनुसार, छुर्पीले कुकुर निसासिने, अपच हुने, अड्किने र दाँत भाँचिन सक्दछ, त्यसैले खाइरहेको समयमा कुकुरको निरन्तर निगरानी गर्न सल्लाह दिइन्छ

कुराकानी शुरू गर्नुहोस्

Authors, please लग इन गर्नुहोस् »

निर्देशिका

  • सबै कमेन्टहरू सञ्चालकले समीक्षा गर्नेछन्. एक पटकभन्दा बढि कमेन्ट पेश नगर्नुहोस्, अन्यथा त्यसलाई स्पाम ठानिनेछ.
  • कृपया अरुलाई सम्मान गर्नुहोस्. अभद्र, अश्लील तथा व्यक्तिगत लाञ्छनायुक्त कमेन्टहरू प्रकाशित हुनेछैनन्.