- Global Voices नेपालीमा - https://ne.globalvoices.org -

कोभिड–१९ को बन्दका बेला गिब्ली संग्रहालयले सञ्चालन गरेको छोटा अनलाइन टुर

श्रेणी : पूर्व एशिया, जापान, कला र संस्कृति, नागरिक मिडिया, मिडिया र पत्रकारिता, यात्रा
Ghibli Museum, Mitaka,

टोक्योको मिताकास्थित गिब्ली संग्रहालयको “टोटोरो टिकट बुथ [1]“। फ्लीकर प्रयोगकर्ता चप्परकुओको तस्वीर। लाइसेन्स: CC BY-NC-ND [2] 2.0 ।

कोभिड–१९ महामारीले गर्दा केही समयसम्म बन्द [3] रहेको, जापानको धेरैले मन पराउने पर्यटन गन्तव्यमध्ये एक गिब्ली संग्रहालयले युट्युबमा छोटा भर्चुअल टुर [4] सञ्चालन गरेको छ।

यो संग्रहालय [5] धनाढ्य र सम्भ्रान्त इलाका मिताकामा अवस्थित छ। मध्य टोक्योबाट पश्चिममा २० मिनेटको ट्रेन दूरीमा रहेको यो क्षेत्र स्टुडियो गिब्ली [6]का एनिमेटेड दुनियालाई पुनःसिर्जना गर्नमा मात्र नभई यस स्टुडियोको कलात्मक प्रक्रियामा समेत समर्पित रहेको छ।

स्टुडियो गिब्लीका चलचित्रहरूमध्ये विश्वभरिका दर्शकमाझ लोकप्रिय हायाओ मियाजाकी [7]को “स्पीरिटड अवे [8]” र “माइ नेबर टोटोरो [9]” समेत रहेका छन्। प्रत्येक वर्ष यस संग्रहालयले हजारौं आगन्तुक आकर्षित गर्दछ, तर सीमितलाई मात्र प्रवेशाज्ञा दिइन्छ। हरेक दिन यहाँ केही आगन्तुकले मात्र प्रवेश गर्न पाउँछन् र त्यसका लागि केही महिनाअगावै [10] टिकट सुरक्षित गरेको हुनुपर्छ।

यो संग्रहालय फेब्रुअरी २५ [3] देखि बन्द रहेको छ। घरबाटै काम गर्नेका लागि वेब मिटिङका बेला राख्न मिल्ने ब्याकग्राउण्ड [11] निःशुल्क उपलब्ध गराएपछि गिब्ली स्टुडियोले गिब्ली संग्रहालयका छोटा भिडियो टुर आरम्भ गरेको छ।

यी पाँच भिडियो टुर [12]मा संग्रहालयको बाहिरी भाग [13]का साथै भित्रका कोठा र प्रदर्शनीहरू हेर्न सकिन्छ।

“ह्वेर अ फिल्म इज बर्न” कोठामा “डेस्कको एउटा खालि पानाबाट वास्तविक चलचित्र बन्ने उत्प्रेरणा” लाई दर्शाइएको छ।

यी पाँचै भिडियो स्टुडियो गिब्लीको आधिकारिक युट्युब च्यानल [4]मा हेर्न सकिन्छ।

युट्युबर कोकोट्याकले मिताका स्टेशनदेखिको यात्रासमेत रहेको गिब्ली संग्रहालयको अलिक लामो टुरको भिडियो पोष्ट गरेका छन्: