- Global Voices नेपालीमा - https://ne.globalvoices.org -

बोकास साहित्य महोत्सवले क्राउडसोर्स गरेको ‘समाज बदल्ने १०० क्यारेबियन पुस्तक’

श्रेणी : क्यारेबियन, एन्टिगुवा र बरबुडा, जमाइका, ट्रिनिडाड र टोबागो, बार्बाडोस, हाइटी, नागरिक मिडिया, साहित्य
[1]

“समाज बदल्ने १०० क्यारेबियन पुस्तक” अभियानको प्रवर्धन गर्दे गरिएको बोकास लिट फेष्टको फेसबुक पोष्ट [1]को स्क्रीनशट।

बोकास लिट फेष्ट [2] (बोकास साहित्य महोत्सव) प्रमुख क्यारेबियन साहित्य महोत्सवमात्र नभई विश्वकै सर्वोत्कृष्ट साहित्य महोत्सवमध्ये एक [3] हो र यस वर्ष उक्त महोत्सवले आफ्नो दशौं वार्षिकोत्सव मनाउँदैछ। त्रिनिडाड एण्ड टोबागोको यस महोत्सवका संस्थापकले यस अवसरलाई सेप्टेम्बर १८–२०, २०२० मा भव्य रुपमा मनाउँने विचार गरेका थिए, तर कोभिड–१९ महामारीले गर्दा यस महोत्सव शुरु हुनु अगाडिका सम्पूर्ण कार्यक्रमलाई अनलाइन [4]मा जान बाध्य बनायो। र अहिलेको परिस्थिति [5] हेर्दा त्रिनिडाड एण्ड टोबागोको बोर्डर महोत्सव तय भएको समयमा खुल्ने हो कि होइन अन्योल नै छ।

यस महोत्सवले आफ्ना श्रोतालाई संलग्न गराई राख्नका लागि चालेका कदममध्ये “समाज बदल्ने १०० क्यारेबियन पुस्तक” [1] अभियान सञ्चालन गरेको छ। बीबीसीको “हाम्रो समाज बदल्ने १०० पुस्तक” [6]बाट प्रेरित [7] यस अभियानले पाठकहरूलाई सबभन्दा बढि मन परेका किताबका सूची पठाउन आग्रह गर्दछ। बोकासका अनुसार “यो कुनै प्रतियोगिता होइन तर तपाईंका दराजमा र हृदयमा जरा गाडेर बसेका कथाहरू संकलन गर्ने मौका हो।”

मे ८, २०२० मा समापन [8] भएको सो अभियानले सामाजिक सञ्जालमा #MyCaribbeanLibrary [9] ह्याशट्यागमार्फत व्यापक स्थान पायो। केही साहित्यिक प्रशंसकले आफ्ना छनौट कमेन्ट थ्रेड [8]मा पोष्ट गरे भने अन्यले आफ्ना पोष्ट [10] र भिडियोमार्फत व्यक्त गरे। हामी तीमध्ये घतलाग्दा छनौटहरू प्रस्तुत गर्नेछौ।

त्रिनिडाडियन किताब भ्लगर साजिद होसेन यस पहलबारे बोल्दै [11] आफूले छानेका किताबको वर्णन गरे:

होसेनले छानेका धेरै किताबहरूको विषयवस्तु भित्री तत्वले बाहिरी तत्वको निर्माण गर्नेबारे थियो। जस्तै कि एलिजाबेथ नुनेजको “आन्ना इन बिटविन” [12]मा नायिकाले “घर कुनै ठाउँ हैन तर तपाईंले माया गर्ने र हेरचाह गर्ने व्यक्ति हो,” भन्ने सिक्छिन्। केभिन जेरेड होसेनको “द बिष्ट अफ कुकुयो” [13] “एउटी केटीको कथा हो जसले हामीलाई भयभीत बनाउने दैत्य […] हामीभित्रै रहेका हुन्छन् भन्ने कुरा थाहा पाउँछिन्।”

कवि तथा ब्लगर अमिल्कार सान्तानले आफ्ना छनौटबारे भिडियो पोष्ट [14] गरे:

सान्तानको सूची सारग्राही रहेको छ। यसमा क्यारेबियन साहित्यका उत्कृष्ट रचना समावेश छन् जस्तै अर्ल लभलेसको “द ड्रेगन क्यान्ट डान्स” [15], अष्टिन क्लार्कको “ग्रोइङ अप स्टुपिड अन्डर द युनियन ज्याक” [16] जसले “शिक्षा र बारबाडियन सामाजिक जीवनको उपनिवेशिताको बारेमा बोल्छ,” र जमैकन लोर्ना गुडिसनको कविता संग्रह “आइ एम बिकमिङ माइ मदर” [17]। सान्तानका अनुसार यी पुस्तकले उनलाई आजको अवस्थामा पुग्न मद्दत गरे।

उनका अनुसार जमैका किंकेइडको “अ स्मल प्लेस” [18] पनि यस क्षेत्रको “आकाश, स्थल [र] शक्तिका लागि संघर्ष”बारे “एक महत्वपूर्ण रचना” हो। कमाउ ब्राथवाइट [19]को “द हिष्ट्री अफ द भ्वाइस”लाई पनि सान्तानले समेटेका छन्। भाषित कवि ब्राथवाइट विश्वास गर्छन् कि क्यारेबियन संस्कृतिजस्तै कवितालाई पनि यस क्षेत्रको धनी मौखिक परम्परामार्फत अनुभव गर्नुपर्छ।

लेखक ब्रेइन मकइभोर पनि सहभागी [20] भइन् र उनका छनौटमा क्यारेबियन अपराध उपन्यासअन्तर्गत जेकब रसको “द बोन रिडर्स” [21] र एडविज ड्यान्टिक्याटको चर्चित उपन्यास “द ड्यु ब्रेकर” [22] समावेश छन्:

मकइभोरले त्रिनिडाडियन कवयित्री शिवानी रामलोचनको रोचक पहिलो प्रस्तुति [23], “एभरीवन नोज आइ एम अ हाउन्टिङ” [24] पनि छानेकी छिन्। यसबारे उनी भन्छिन् “यी कविताले हामीलाई हामीभित्रका सर्वश्रेष्ठ र सबैभन्दा दुष्ट चिनाउँछन्।”

अर्का त्रिनिडाडियन कवि आन्द्रे बागू [25]ले आफूमा गहिरो प्रभाव पारेको त्रिनिडाडियन लेखक लरेन्स स्कटको “एलरेड्स सिन‬” [26]लाई छाने [27]:

Look closely, it is as though Lawrence Scott has ripped out the spine of Umberto Eco’s “The Name of the Rose,” the yearning root, the bones beneath tender flesh and transplanted the same mood and energy, the same series of baffling yet dazzling antinomies into the heat of the islands— in all senses, across geographies. A book that is bold in its willingness to explore a hidden struggle which, even in all its particulars, manages to be universal. An incredible feat not only of art, but also, in its own way, restitution, justice and song. Bless you, Lawrence Scott.

नियालेर हेर्नुस्, लरेन्स स्कटले उम्बेर्टो एकोको “द नेम अफ द रोज”को ढाड फुस्काइदिएका छन्, आफ्नोपनको चाहना, बाहिरको कोमलताभित्रको कडापन र त्यहीँ माहौल र ऊर्जा, यस द्वीपको न्यानोपनमा घुमाउरो तर गज्जबका विरोधाभास भएका त्यहीँ श्रृंखला –– सबै किसिमले, सम्पूर्ण भूगोल वरिपरि। सर्वव्यापी हुनसक्ने गोपनीय संघर्ष खोज्ने आफ्नो स्वेच्छाका लागि निर्भीक छ यो पुस्तक। कलाकोमात्र नभएर पुनरागमन, न्याय र गीतको एउटा अविश्वसनीय कार्य। धन्य, लरेन्स स्कट।

अन्त्यमा, बाल र युवा साहित्यको क्षेत्रमा क्यारेबियन पाठक र भोलिका लेखकका लागि अन्ना लुसी–स्मिथले यस्तो सुझाव [28] दिइन्:

The Bocas Lit Fest is asking us to name the 100 [Caribbean] books that made us. Well, I think we might well make it to 1,000! […] Yes, there are the obvious classics and I won't rehash any of that. But there are a few very recent books that I want to see on the list.

बोकास साहित्य महोत्सवले हामीलाई हाम्रो समाज बदल्ने १०० [क्यारेबियन] पुस्तक छान्न भनेको छ। मलाई लाग्छ हामीले यो सूचीलाई १,००० सम्म लानसक्छौं […]! हो, पक्कै पनि त्यहाँ उत्कृष्ट कृतिहरू छन् र म तिनीहरूलाई बदल्न चाहन्न। तर त्यस सूचीमा मैले हेर्न चाहेका हालसालै प्रकाशित धेरै कम किताब रहेका छन्।

उनको छनौटमा लिसा अलेन–अगोस्तिनीको “होम होम” [29] परेको छ। उनका अनुसार “यो साधारण र पढ्नयोग्य छ साथै यो एक सानो तर महत्वपूर्ण पुस्तकले हामी क्यारेबियनले पूरा कुरा थाहा नपाई लुकाउने, ध्यान नदिने र व्यङ्ग्य गर्ने धेरै गंभीर कुरालाई उजागर गरेको छ।”

लुसी–स्मिथले “युवालाई प्रभावशाली सन्देश दिने साथै क्यारेबियन लोकगीतलाई सहज भाषामा वर्णन गर्ने” शकिरा एम बोर्नको “माई फिशी स्टेपमम” [30] पनि छानिन्। साथै उनले येउनान् आल्किन्सको “रेडी, सेट…ह्याच!” [31] पनि मन पराइन्। यस चित्रमय पुस्तकमा बालबालिकाका लागि टीमवर्कको महत्व दर्शाउन भर्खरै जन्मिएको एउटा सानो कछुवाको कथा पस्किइएको छ।

लुसी–स्मिथ भन्छिन् [28]:

Bocas Lit Fest [32] forgive me for only mentioning YA [young adult] and children's lit — but it's our foundation! Long before my children read lovelace and naipaul, we will be enjoying Alkins, Bourne and Allen-Agostini as a family!

युवा र बालबालिकाका साहित्यको मात्र कुरा गरेकोमा मलाई माफ गर बोकास साहित्य महोत्सव। तर यो हाम्रो जग हो! मेरा छोराछोरीले लभलेस र नैपलका कृति पढ्नुभन्दा पहिले हामी हाम्रो परिवारजस्तै आल्किन्स, बोर्न र अलेन–अगोस्तिनीका रचना पढ्नेछौं।

बोकास साहित्य महोत्सवले छानेको प्रथम २० पुस्तक यहाँ [33] हेर्न सकिन्छ र “यिनमा पिँढीयौंदेखिका शैली, सेटिङ, र सवालहरू समेटेका विभिन्न जनरा […] संलग्न छन्। यी आख्यान, गैरआख्यान र कविताले उठान गरेका केही विषयवस्तुमध्ये वर्ग विभाजन, अज्ञातप्रतिको आशंका, युवा प्रेम, ग्रामीण विकास, निर्वासन, रंगभेद आदि रहेका छन्।”