नेपालमा ८०० भन्दा बढी प्रजातिका चराहरू पाइने भए तापनि काँडे भ्याकुर [2] (टर्डोइड्स निपालेन्सिस ) देशको एकमात्र रैथाने चरा हो। नेपालीमा काँडे भ्याकुर भनिने खरानी रङ्गको यो चरा बाक्लो झाडीमा बस्ने गर्दछ र ५०० मिटरदेखि २१३५ मिटर उँचाइसम्म पाइन्छ। काँडे भ्याकुरले वर्षौंदेखि संसारभरका चराविद्हरूलाई आकर्षित गर्दै आएको भए तापनि वातावरणीय ह्रासले यो विशिष्ट र लोकप्रिय चरा सङ्कटमा परेको छ।
Nepal has 876 bird species, with 1 endemic (Spiny Babbler). #AsianBirdFair [3]
— Ivan Kwan (@Varanussalvator) November 1, 2015 [4]
नेपालमा रैथाने चरा काँडे भ्याकुरलगायत ८७६ प्रजातिका चराहरू पाइन्छन्।
मध्यम आकारको चरा काँडे भ्याकुर लजालु प्रकृतिको हुन्छ र प्रजनन कालभन्दा पहिले भाले काँडे भ्याकुरले गीत गाउँदाबाहेक अन्य समयमा यस चरालाई अवलोकन गर्न गाह्रो हुन्छ।
अन्तत: नेपालमा मात्र पाइने चरा काँडे भ्याकुर हेर्न पाइयो!
काँडे भ्याकुर एकै ठाउँमा बसिरहने चरा भए तापनि, बाक्लो झाडीहरूमा बसेर चर्को र सुरिलो आवाजमा विभिन्न गीतहरू गाउने भएकोले नजिकैका पहाडहरूमा प्रतिध्वनित हुन पुग्दा यस चरालाई देख्न सकिने सम्भावना बढ्दछ। यद्यपि हिउँदमा यस प्रकारको गतिविधि अत्यन्त न्यून देखिन्छ।
नेपालको केही स्थानमा मात्र पाइएको यो विशेष चरा अवलोकन गर्नको लागि बसन्त र ग्रीष्म ऋतु उपयुक्त समय हो। किन यो चराले यस भौगोलिक र राजनीतिक क्षेत्रमा मात्र आफूलाई सीमित राखेको छ भन्ने विषय आश्चर्यजनक छ। @tharu_hunk र @nikitakhamparia लाई धन्यवाद।
Song of a Spiny babbler (Turdoides nipalensis), the only endemic #bird [7] ?of #Nepal [8] known so far. #Spinybabbler [9] #BirdsofNepal [10] #काँडेभ्याकुर [11] pic.twitter.com/CoQtwJvnUp [12]
— ?Sonam Tashi Lama? (@SonamTaC) October 30, 2017 [13]
नेपालको एक मात्र रैथाने चरा काँडे भ्याकुरको गीत।
द स्टेटस अफ नेपाल्स बर्ड्स: द नेशनल रेड लिस्ट सिरीज [14] पुस्तकमा भनिएको छ:
It seeks insects almost entirely on the ground among low bushes, appearing only occasionally. Spiny Babbler mounts branches of bushes or small trees to sing, bill pointed upward and tail down. It is a good mimic, with squeaks, chuckles and chirps. It is most easily located by its song and occasionally sings as late as September and October. The species is subject to seasonal altitudinal movements.
यस चराले कहिलेकाहीँ मात्र देखा पर्दै कम झाडीहरू बीचको जमिनमा कीराहरू खोज्दछ। काँडे भ्याकुर झाडी वा साना रुखहरूको हाँगामा बसेर चुच्चो माथि र पुच्छर तल पारेर गीत गाउँदछ। यसले तीखो ठूलो आवाज र चिरबिरको राम्रो नक्कल गर्दछ। यस चराले गीत गाएको सुनेर पहिल्याउन धेरै सजिलो हुन्छ र यसले कहिलेकाहीँ सेप्टेम्बर र अक्टुबरको अन्त्यसम्म पनि गाउँदछ। यो प्रजाति मौसम अनुसार विभिन्न उँचाइमा विचरण गर्दछ।
नेपालमा मात्र पाइने काँडे भ्याकुरले संसारभरिका चराविद् र चराप्रेमीहरूलाई आकर्षित गरेको छ। डन मेसरस्मिथ आफ्नो पुस्तक सर्च फर द स्पाइनी ब्याब्लर [15]मा चराविद् एस. डाइलन रिप्लेको यस चरा सम्बन्धी विवरणबारे लेख्छन् [16]:
“It was a species that had defied scientists for years, since 1843 or 1844. At that time Brian Hodgson’s Nepali collectors working for him in the unknown vastnesses of Nepal had secured several specimens,” he writes. The Spiny Babbler “had remained a mystery ever since, one of the five species of Indian birds, which, along with the Mountain Quail, had apparently vanished from the face of the earth. But not quite, for if my guess was right, here it was hopping about large as life on the wooded slopes above Rekcha.”
“यो यस्तो प्रजाति थियो जसले १८४३ वा १८४४ देखि वैज्ञानिकहरूलाई वर्षौंसम्म चुनौती दिएको थियो। त्यस समय ब्रायन हडसनका नेपाली संकलकहरूले नेपालको धेरै स्थानमा उनका लागि काम गरिरहेका थुप्रै नमूनाहरु प्राप्त गरेका थिए,” उनी लेख्छन्। काँडे भ्याकुर त्यसैबेलादेखि नै रहस्य बनेको थियो, हिमाली बट्टाईसँगै भारतीय चराहरूको पाँच प्रजातिहरूमध्ये एक यो चरा संसारबाट लोप भइसकेको अनुमान गरिएको थियो । तर पूर्णरूपमा होइन, यदि मेरो अनुमान सही थियो भने रेक्छामाथिको भिरालो वनमा यो चरा जिवितै थियो।”
यस्तै, नेपालका लागि पूर्व अमेरिकी राजदूत स्कट डेलीसीले यस चरालाई हेर्न र फोटो खिच्न वर्षौं लगाए [17] ।
चराप्रेमी डेभिड वाल्सको ट्वीट:
The Ornitholidays group made the long drive from Kathmandu to Chitwan yesterday. The highlight was seeing Nepal’s only endemic bird, Spiny Babbler. @55birder [18] pic.twitter.com/i0aBnvCbFE [19]
— David Walsh (@DavidWalsh22) March 15, 2018 [20]
हिजो चरा अवलोकनकर्ताहरूको समूहले काठमाडौंदेखि चितवनसम्मको लामो दूरीको यात्रा गर्यो। मुख्य आकर्षण भनेको नेपालको एक मात्र रैथाने चरा काँडे भ्याकुर अवलोकन गर्नु थियो।
यस चरालाई कृषिका लागि झाडी फँडानी कार्य र शहरी क्षेत्रको विस्तारले सङ्कट [14]मा पारेको छ। संरक्षित क्षेत्रहरू बाहिर यसको शिकार हुने खतरा हुन्छ र काठमाडौं उपत्यका वरपरका पहाडहरूमा काँडे भ्याकुरको संख्यामा गिरावट आएको देखिएको छ। यद्यपि, केही क्षेत्रहरूमा काँडे भ्याकुरको वासस्थानमा पर्न गएको क्षतिले वास्तवमा अन्यत्र वासस्थान सिर्जना गरेको हुन सक्छ। देशभरि वन फँडानीको कारण जंगल पातलिँदै गर्दा काँडे भ्याकुरको घर भनिने झाडी-बाहुल्य वासस्थान चाहिँ बढिरहेको छ। तर भविष्यमा नेपालको एकमात्र रैथाने चराको संख्या बढ्ला कि घट्ला केवल समयले मात्र बताउँला।