याे लेख स्वतन्त्र फिल्ममेकर तथा महिलावादी विज्ञ एइ सियाउमिंग र महिलावादी अभियन्ता गुओ चिङ्ले संयुक्त रूपमा लेखेकाे दैनिकीकाे तेस्राे श्रृङ्खला हाे । दुवैजना काेभीड–१९ काे उद्गमस्थल वुहानमा बसाेबास गर्दै आएका छन् । उनीहरूका दैनिकीकाे पहिलाे र दाेस्राे श्रृङ्खला यहाँपढ्न सक्नुहुनेछ ।
याे तेस्राे भाग सन् २०२०, फेब्रुअरी ५ देखि १० बिचमा लेखिएकाे हाे । जुन अवधिमा वुहानमा काेराेना भाइरसकाे संक्रमण फैलिएकाे पत्ता लगाउने पहिलाे व्यक्ति डा. ली वेन्लियाङकाे मृत्यु भएकाे थियाे । यी दैनिकीका सकल लेख भने ‘म्याटर न्यूज'मा प्रकाशित छन् ।
गुओ चिङ्: फेब्रुअरी ६, २०२०
早上接到一个网友发的求助,求助者的老公和她的公婆都被确诊为新型冠状病毒肺炎,两个老人已经去世,家里还有两个孩子,一个四岁,一个才一个月。她有疑似症状,现在也在隔离,担心孩子的照顾问题。我打电话过去了解情况,她说孩子暂时有人照顾,可是她的语气充满了忧虑,不确定隔离后的情况,不确定孩子是否能得到持续的照顾。
मेराे एकजना इन्टरनेटमा भएकी साथीले सहयाेगकाे अपिल सहित एउटा सन्देश पठाइन् । उनका श्रीमान र सासू ससुरालाई काेभीड–१९ भएकाे पुष्टि भएछ । दुर्भाग्यवस, पछि उनका सासू–ससुराकाे मृत्यु भयाे । उनका एकजना चार वर्षकाे र अर्काे १ महिनाकाे गरी दुईजना छाेराछाेरी छन् । उनमा पनि भाइरसकाे लक्षण देखिएकाे हुँदा उनी पनि हाल संगराेध अर्थात् क्वारेन्टिनमा छिन् । उनलाई छाेराछाेरीकाे स्याहारसुसार कसरी गर्ने भन्ने कुराेले पिराेली रहन्छ । मैले उनलाई कल गरे । उनले आफ्ना छाेराछाेरीकाे हेरविचार कसैले गरिदिए हुन्थ्याे भनिन् । उनकाे स्वर पूर्ण रूपमा चिन्तित सुनिन्थ्याे । उनलाई अब के हुन्छ भन्ने थाहा थिएन र उनकाे संगराेधकाे समयमा उनका छाेराछाेरीकाे हेरविचार हाेला कि नहाेला भन्ने कुराकाे दाेसाधमा उनी थिइन् ।
गुओ चिङ्: फेब्रुअरी ७, २०२०
晚上继续和朋友聊天,主题是死亡。
大家纷纷讲了自己的死亡焦虑:
有人害怕死亡之前的痛苦,
有人害怕“我”的消失和自我意识的消亡
我们讲到疫情中充满了突然而集中的死亡,他们没有葬礼,无法和所爱的人告别,更别说临终关怀。
早上,我几次醒来翻个身又睡去,并没有睡着,只是不想起来面对。终于我还是起了床,打开手机,满屏都是关于李文亮的消息,有人戴着口罩拍照,口罩上写着“不明白”。
我又开始流泪。我要怎么在如此荒诞的社会生存呢?我还是得努力地活着,这也成为一种抗争。
मैले रातीकाे समयमा साथीहरूसँग गफ गर्नका लागि एउटा तालिका बनाएकाे छुँ । आज रातीकाे हाम्राे विषय हाे, मृत्यु ।
हामीले हाम्राे मृत्युकाे भय सम्बन्धी कुराकानी गर्याैं ।केही मानिसहरू मृत्यु अघि हुने पीडालाई लिएर त्रसित थिए ।
केही मानिसहरू भने आफू र आफ्नाे चेतना लाेप हुने कुरालाई लिएर भयभित थिए ।
हामीले महामारीका बेला हुने आकस्मिक तथा अकाल मृत्युका बारेमा कुरा गर्याैं । उनीहरूका अन्त्येष्टिका लागि ठाउँ हुने छैन । उनीहरूले आफ्ना साथीभाइहरूसँग विदा समेत हुन पाउने छैनन् । अस्पताल समेत पत्ता लाग्ने छैन ।
याे बिहान, म बेलाबेलामा झस्किएर ब्युझिए । मैले सुत्ने धेरै प्रयत्न गरे, तर म सुत्न सकिन । म ब्युझिएर संसारमा के भइरहेकाे छ भनी जान्न चाहन्न थिए । अन्तमा म उठे र मेराे माेबाइल फाेन अन गरे । त्यहाँ आएका प्राय सन्देशहरू ली वेन्लियाङका बारेमा थिए । एकजनाले एउटा फाेटाे खिचेर पठाएकाे रहेछ । जसमा उनीहरूले मास्क लगाएका थिए र त्यहाँ “मैले बुझ्न सकिन” भनी लेखिएकाे थियाे ।
म राेए । यस्ताे घृणित संसारमा कसरी बाच्न सक्छु? यद्यपि, मैले बाच्नै पर्छ किनकि याे मेराे आफ्नाे प्रतिराेधात्मक क्षमताकाे जाँच पनि त हाे ।
गुओ चिङ्: फेब्रुअरी ८, २०२०
我存的菜不多了, 今天要去超市补充一些食材。
有人说疫情过去,人们就很快会忘记。遗忘没有那么容易。我们可能无法记得所有人,但我们大部分人都无法忘记这段时间。我们还会跟别人讲起这段时间发生的事情、遇到的人,就像我们讲起非典、讲起汶川地震。我们还会带着这段日子的记忆生活下去。
大家担心的遗忘究竟是什么?是我们的社会不能因为这场疫情而有所改善,是下次发生类似的灾难的时候依然没有完备的防控体系,担心依旧会有人要做无谓的牺牲。
晚上和朋友聊天。我们都看到了网上有人发起的祭-奠LWL的活动,晚上8:55-9:00是关灯默哀,9:00-9:05用手中能发出光的所有物件指向窗外…我住的地方外面的楼本来也只有零星的灯光。9点钟,我看到这些楼上一些角落里亮起了微弱的光。那一刻,我们是彼此在黑暗中的光,这是穿破封锁的光。
我们都讨厌恃强凌弱的人,喜欢待人真诚,敢讲真话的人。而在大家都不敢讲真话,甚至讲真话要付出代价的社会,讲真话更加珍贵。李文亮是一个讲了真话的人。
मसँग धेरै तरकारीहरू बाँकी छैनन्; त्यसैले पनि केही खानेकुराहरू किन्न सुपरमार्केट जानुछ ।
केही मानिसहरूले याे महामारी सकिनासाथ ‘हामीलाई के भएकाे थियाे भनी हामीले चाँडै बिर्सने छाैं’ भनी बताए । तर, बिर्सन यति सजिलाे कहाँ छ र! हामीले भेटेका सबै मानिसहरू सम्झन नसकाैंला तर हामीमध्ये धेरैले अहिलेकाे याे अवस्था कसरी बिर्सन सकाैंला र! हामीले अहिले के भइरहेकाे छ र हामीले कसलाई भेट्याैं भनी अरूहरूसँग कुराकानी गर्छाैं; जसरी सार्स (SARS) र वेन्चुआन भूकम्पका बारेमा अझ पनि हामी कुरा गर्छाैं । हामी हाम्राे जिवनभर अहिलेकाे सम्झना लिएर बाच्नेछाैं ।
हामी बिर्सने कुरालाई लिएर किन चिन्तित हुन्छाैं? हामी महामारी पछि याे समाजमा सुधार आउँदैन की भनी चिन्तित छाैं । हामी हाम्राे समाजसँग अर्काे विपद् भई हालेमा यसकाे सुपरिवेक्षण गर्ने असल प्रणालि छैन भनी चिन्तित छाैं । हामी चिन्तित छाैं किनकि कतिपय मानिसहरूले बिना कुनै अर्थ बलिदान समेत दिनुपर्ने हुन्छ ।
मैले साझ एकजना साथीसँग च्याटमा कुरा गरे । हामीले इन्टरनेटमा ली वेन्लियाङकाे स्मृतीमा राती ८ः५५ देखि ९ः०५ सम्म बत्ति निभाउने र माैनधारण गर्ने र ९ः०० देखि ९ः०५ बजेसम्म आ–आफ्नाे काेठाकाे झ्यालबाट बत्तिकाे प्रकाश बाहिर देखाउने कार्यक्रमकाे पाेस्ट देख्याैं । मेराे त्यति धेरै छिमेकीहरू थिएनन् र म कमै मात्र नजिकका भवनहरूमा बत्ति बलेकाे देख्थे । राती ९ः०० बजे मैले घरबाहिर केही बत्तिका प्रकाशहरू यताउती देखे । हामीले पनि एकर्काका लागि बत्ति बाल्याैं । याे त्याे प्रकाश हाे, जसले नाकाबन्दीलाई प्रभाव पार्न सक्छ ।हामीले पीडकहरू विरूद्ध बाेलेका छाैं र सत्यमा अडिग रहने इमान्दार मानिसहरूलाई श्रद्धा व्यक्त गरेका छाैं । समाजमा मानिसहरू सत्य बाेल्ने आँट गर्दैनन्; जहाँ सत्य बाेलेकै भरमा मानिसहरूलाई दण्ड दिइन्छ; जहाँ सत्य बाेलीलाई मूल्यवान ठानिन्छ । ली वेन्लियाङ एक यस्ता व्यक्ति थिए, जसले हामीलाई सत्य सुनाए ।
एइ सियाउमिंग: फेब्रुअरी ८, २०२०
昨天下午,我在天台上寫了一下午的字,為紀念李文亮醫生。一直寫到天要黑了,也感覺很冷了才停筆。如果不做這件事,我無法釋放李醫生之死給我帶來的情感沖擊。這一周裏,連續得到了三位武漢朋友長輩去世的消息。今天早上,我們的另一位好朋友的哥哥,家裏也有親人被告重症。
我的老父親在封城期間與世長辭,他本不應該屬於這個瘟疫故事,可是我們都無法預測死亡的時間。我願意說他半年都沒有出過自己房間,因此他不可能屬於新冠。但我並沒有醫學憑證來證明這件事,現在我和阿姨都在家自動隔離,待14天後再行出門。
事實上,我覺得老父親冥冥間選擇的永別時刻,簡直是無比的人間智慧。因為,說來令人難以置信的是,再過三天,即2月5日,武漢市將組織力量進社區,排查“四類人員”集中觀察,以便收治隔離。這對求治者或許是一件好事,但對於一位年屆九六、全部失能的高齡老人來說,我不能告訴你這將會多麽恐怖。實際上在聽到這個消息時我把我能夠在家抄起的所有傢伙都想了一遍。因為,我不可能容許任何人把我活著的父親抬出去隔離
हिजाे साझ म मेराे बार्दलीमा बसेर डा. ली वेन्लियाङकाे स्मरणार्थ केही लेखिरहेकाे थिए । अध्याँराे र जाडाे बढेसँगै मैले लेख्न छाडे । मैले यसाे नगरेकाे भए, डा. लीकाे मृत्युले पारेकाे गहिराे पीडा व्यक्त गर्न सक्दिन थिए हुँला । यही हप्ता मात्र मैले मेरा धेरै साथीहरूका परिवारका पाका सदस्यहरूका मृत्यु भएकाे सन्देश प्राप्त गरेकाे थिए । आज बिहान मात्र मेराे एकजना असल साथीकाे भाइले उनकाे परिवारका एक सदस्य सिकिस्त अवस्थामा रहेकाे बताएकाे थियाे ।
तालाबन्दी अर्थात् लकडाउनका बेला मेराे बुबा बित्नुभयाे । याे महामारीकाे कथामा उहाँलाई समावेश नगरेकाे भए हुन्थ्याे तर हामीमध्ये कसैले पनि मृत्यु कतिखेर आउँछ भनी पूर्वानुमान गर्न सक्दैनाैं । म भन्नसक्छु की उहाँकाे मृत्युसँग काेभीड–१९ काे कुनै पनि सम्बन्ध छैन किनकि गएकाे आधा वर्षमा उहाँ बाहिर निस्कनु भएकै छैन । यद्यपि, मेरा शब्दहरूलाई प्रमाणित गर्ने कुनै पनि चिकित्सकीय प्रमाण छैन । अहिले मेराे सहयाेगी र म अरूहरूबाट अलग वा सेल्फ–आइसाेलेसनमा छाैं । हामी १४ दिनपछि मात्र बाहिर निस्कन पाउँछाैं ।
वास्तवमा, मेराे बुबा आफ्नाे मृत्युकाे सही समय राेज्नमा बुद्धिमान थिए झै लाग्छ किनकि वुहान सरकारले फेब्रुअरी ५ मा आफ्नाे कार्य टाेलीलाई आवास क्षेत्रमा प्रवेश गरी हरेक अपार्टमेन्ट छानबिन गर्ने याेजना बनाएकाे थियाे । यदि चार प्रकारका लक्षण भएका काेही व्यक्ति (संक्रमण पुष्टि भएकाे, शंकास्पद लक्षण भएकाे, ज्वराे आएकाे मानिस र संक्रमण पुष्टि भएका मानिसकाे सम्पर्कमा आएका मानिस) फेला परेमा उनीहरूलाई क्वारेन्टिन अर्थात् संगराेधमा राख्नका लागि लगिन्छ । चिकित्सा उपचार खाेजिरहेका मानिसहरूका लागि याे असल नीति थियाे । तर म तपाईंलाई आफ्नाे स्व–हेरविचार गर्ने क्षमता गुमाइसकेकाे ९६ वर्षिय वृद्धलाई याे प्रक्रिया कति दिक्कलाग्दाे हुन्थ्याे हाेला भनी बताउन सक्दिन । वास्तवमा, मैले जब उक्त घाेषणाका बारेमा थाहा पाए, मैले मेराे परिवारका लागि कुनै पनि कदम उठाउँछु भन्ने मनसाय बनाइसकेकाे थिए किनकि म मेराे बुबालाई जिउँदाे हुँदा हुँदै संगराेधमा राख्नका लागि लान दिन्नथे ।
गुओ चिङ्: फेब्रुअरी ९, २०२०
什么人不道歉?
父母很少道歉,即便道歉的时候也总是说“为你好”,暗含着一种指责,似乎是子女不领情。
性骚扰的施害者很少道歉,他们甚至用指责受害者的话语来为自己辩解,企图说明不是自己的错,他们说“你穿太少了”“你不应该晚上出门”“你勾引我”。
很遗憾,不被尊重的人、权利被侵害的人很难获得道歉。李-w-l是否能获得道歉呢?
睡觉前,我刷手机的时候刷到2月4日一个公众号发了一段录音,是一个山东姑娘打给捂汗市长热线的电话,电话中她表达了对武汉政府处理山东捐赠的350吨蔬菜的不满,认为政-府不应该拿去卖,对政-府分配物资的流程提出了建议,希望物资以最快的方式到达一线工作人员那里。
那段录音十分令人感动,她在电话结束的时候说希望市长可以给她一个回复。在很多人都充满无力感的时候,她依然坚持问责,这是一个明知不可为而为之的行为。而社会改变是由无数这样的人一起推动的。
कसले गल्ती स्वीकार्दैनन्?
अभिभावकहरूले बिरलै गल्ति स्वीकार्छन् । जब उनीहरूले गल्तिकाे महसुस गर्छन् अनि सधै भन्ने गर्छन्, “याे तिम्रै भलाइकाे लागि हाे ।” उनीहरू छाेराछाेरीहरूले तिनका असल नियतलाई स्वीकार्दैनन् भन्ठानी यसाे भन्ने गर्छन् ।यौन दुर्व्यवहार गर्नेहरूले पनि भलै गल्ति स्वीकार्छन् । उनीहरू त उल्टाे पीडितकाे चरिणलाई दाेष देखाएर मुद्दाबाट उम्कन खाेज्छन् । उनीहरू भन्छन्, “तिमीहरूले साह्राै छाेटाे लुगा लगायाैं ।” “तिमी राती राती बाहिर जानु हुन्न थियाे ।” वा “तिमीले मलाई माेहित बनायाैं, आकर्षित गर्याै ।”
मलाई उदेक लाग्छ कि आफ्ना स्वाभिमान र अधिकार नै हनन भएका मानिसहरूप्रति समेत गल्ति स्वीकार्न साह्रै गाह्राे छ । के ली वेन्लियाङले माफि पाउँलान्?
म सुत्न जानु अघि, म आफ्नाे माेबाइल फाेनलाई अनलाइन नै राख्ने गर्छु । मैले फाेनमा फेब्रुअरी ४ मा एउटा अफिसिएल अकाउन्टबाट प्रकाशित भएकाे एउटा रेकर्डेड आवाज पाए । उक्त आवाज सान्डाेङ प्रदेशबाट एकजना केटीले पठाएकी थिइन् । उनले वुहानकाे मेयरकाे हटलाइनमा कल गरेकी थिइन् । उक्त फाेन कलमा, उनले वुहानका लागि भनी सान्डाेङ प्रदेशले राहत स्वरूप पठाएकाे ३५० टन तरकारीहरू वुहान सकारकाले बेच्न हुन्नथ्याे भनी आलाेचना गरेकी छिन् ।
उनले स्राेतहरूकाे वितरण गर्दा अग्रपङ्तिका कामदारहरूले चाँडाे भन्दा चाँडाे पाउन् भन्नका लागि केही सुझावहरू पनि दिएकी छिन् ।
उक्त रेकर्डेड आवाज साह्रै नै उत्प्रेरित गर्ने खालकाे छ । उक्त फाेन कलकाे अन्त्यमा, उनले पक्कै पनि मेयरले आफूलाई जवाफ फर्काउने आशा राखेकाे बताएकी छिन् । प्रायजसाे हामी सबै शक्तिविहिन भएका बेला सरकार नै जवाफदेही हुनुपर्ने कुरा उनले राखेकी छिन् । याे असम्भव अभियान हाे, तर यस्तै मानिसहरू सामाजिक परिवर्तनका लागि प्रेरक तत्त्व हुन् ।
गुओ चिङ्: फेब्रुअरी १०, २०२०
昨天的晚餐是香菇炒香肠加稀饭。香菇是在封城的第一天买的,在冰箱里放了十多天,有一个香菇变成了黑红色,我还是把它切了,又有些担心,就上网查了一下,看到有人说香菇变黑代表发霉,最好不要吃。谨慎起见,我还是扔了那个已经切好的香菇。
蔬菜屯太多容易变质,就会导致浪费。然而,为了生存我们又不得不屯。
有朋友前几天推荐《浩劫求生》,这是一部模拟真实生活环境下的灾难系列教学纪录片。中午看了第一集,是关于劫飞机的,有一个人全程在教大家如何制服劫持飞机的人和自救,在将劫匪的手脚都绑起来的过程,他说:“现在要剥夺他们的感官能力,此刻最重要的就是控制,我们要尽量剥夺他们的掌控能力,视力、说话能力,甚至塞住他们的耳朵,这些人会完全变成废物。”那一刻,我和劫匪产生了共鸣。
我们像是被当作劫匪一样对待,虽然不是被直接地剥夺这些能力。然而,我们看到的和听到的信息被过滤,我们经常发不出声。有关李-w-l的一些信息已经在消失。社会让我们自我审查,一些人还审查别人,建议别人删除和他无关又没有侵害任何人的言论。
मेराे गए रातीकाे खाना पाेरिज अनि भुटेको च्याउ र ससेज थियाे ।
तालाबन्दी हुनुभन्दा अघिल्लाे दिन मैले साे च्याउ किनेकाे थिए । त्यसलाई मैले मेराे रेफ्रिजेरेटरमा १० दिन भन्दा बढी राखिसकेकाे थिए । जसमध्ये एउटा च्याउ कालै भैसकेकाे थियाे तर पनि मैले त्याे काटे । त्यसपछि मलाई अलि डर लाग्याे । मैले अनलाइनमा खाेजी गरे । जसमा च्याउमा त्यसरी कालाे रंग आउनु ढुसीकाे कारणले हाे र त्याे नखाएकै राम्राे हुने सुझाव पाए । हाेसियारी अपनाउनका लागि मैले उक्त च्याउ फालिदिए ।
यदि हामीले धेरै तरकारीहरू भण्डारण गर्याैं भने तिनीहरू कुहिन्छन् । यसरी हामीले खाद्यान्न खेर फालिरहेका हुन्छाैं । तथापि, हामी बाँच्नकै लागि भए पनि तरकारीकाे भण्डारण त गर्नैपर्छ ।
केही दिन अघि मात्र मेराे एकजना साथीले ‘सर्भाइभिङ डिजास्टर’ नामक टेलिभिजन कार्यक्रम हेर्न सुझाएकी थिइन् । उक्त वृत्तचित्र श्रृङ्खलाले मानिसहरूलाई शिक्षित बनाउनका लागि विपद्लाई हाम्राे वास्तविक जिवनमा नाटकिय रूपमा प्रस्तुत गरेकाे छ । आज दिउसाे मैले यसकाे एउटा भाग हेरे, जुन विमान अपहरण सम्बन्धी थियाे । जसमा एकजना व्यक्तिले अपहरणकारीहरूलाई कसरी वशमा पारी आफ्नाे ज्यान जाेगाउने भन्ने बारेमा सिकाउछ । त्यसमा उनले अपहरणकारीकाे पाखुरा र खुट्टा बाँध्दै भन्छन्, “अब हामी उनीहरूका दृष्य हटाउनेछाैं । याे सबै नियन्त्रण वा वशमा पार्ने सम्बन्धी हाे । हामीले उनीहरूकाे शक्ति, दृष्टिकाेण, उनीहरूका क्षमतालाई थिची, हामी जतिसक्दाे बाेल्न सक्नुपर्छ । हामीले आवश्यक परेमा तिनका कान उखेली त्यसलाई वस्तु बनाउन समेत सक्नुपर्छ ।”
उक्त बेला, मैले आफू अपहरणकारी भएकाे महसुस गरे ।
हामीलाई साेही अपहरणकारी जस्तै व्यवहार गरिएकाे छ; यद्यपि हामी ती क्षमताहरूबाट बन्चित छाैं । जे हाेस्, हामीले हेरेका र सुनेका सूचनाहरू फिल्टर गरिएका छन् र हामीले जहिले पनि आफूलाई माैन ठान्छाैं । ली वेन्लियाङका बारेमा बाहिर आएका सूचनाहरू बिस्तारै हराउँदैछन् । याे समाजले हामीलाई सेल्फ–सेन्सरसिपतर्फ धकेल्दैछ । केहीले त सक्रिय रूपमा अरूका सूचना सेन्सर वा कटाैती गर्छन् र अरूलाई उपयुक्त नहुने र हानिकारक सन्देशहरू हटाउन माग समेत गर्छन् ।