- Global Voices नेपालीमा - https://ne.globalvoices.org -

के तपाईकाे मनपर्ने चलचित्रले पुरुषत्व प्रवर्द्धन त गरिरहेकाे छैन? म्याङ्गाे मिटरले साे कुराकाे जानकारी दिनेछ

श्रेणी : पूर्व एशिया, इन्डोनेशिया, नागरिक मिडिया, प्रविधि, फिल्म, महिला र लिङ्ग

फेब्रुअरी, २०१९ मा, इन्डाेनेसियाकाे महिलावादी पत्रिका म्यागडलिन [1] (जाे ग्लाेबल भ्वाइसेजकाे पुर्नप्रकाशन साझेदार पनि हाे) ले ‘म्याङ्गाे मिटर’ नामक चलचित्र समिक्षा गर्ने माेबाइल एप्लिकेसनकाे सुरूवात गर्याे । जसले चलचित्र उद्याेगमा भएका लैङ्गिक प्रस्तुतितकरणलाई सम्बोधन गर्दछ ।

म्याङ्गाे मिटर एप्लिकेसन तयारकर्ता समूहले टिपाेट गरे अनुसार ‘साताैं कला अर्थात् सेभेन्थ आर्ट’, ‘समाजका मूल्य र मान्यताहरू फैलाउनका लागि सबैभन्दा प्रभावकारी सञ्चार’ हाे भने, चलचित्रहरूले भने ‘वृहत रूपमा लैङ्गिक तथा जातीय रूढीवादितालाई समर्थन गर्दछ । साथै, यसले महिलाहरूलाई याैनिक वस्तुका रूपमा चित्रण गर्नुका साथै लैङ्गिक हिंसालाई सामान्यीकरण गर्दछ । यस्ताेमा चलचित्र उद्याेगकाे भने यसले बजारकाे माग मात्र पुरा गरिरहेकाे भन्ने अडान छ ।’

mango meter mobile app

म्याङ्गाे मिटर एप्लिकसेनकाे स्क्रिनसट ।

सन् २०१८ मा आएर यसकाे प्रभाव प्रत्यक्ष रूपमा देखियाे जब श्रृङ्खलाबद्ध रूपमा चलचित्र निर्माता हार्भे विइन्स्टिनविरूद्ध याैन हिंसाका आराेपहरू लागे र ‘मीटू (#MeToo)’ [2]‘टाइम्स अप’ [3] अभियानले व्यापकता पाए । हलिउडकाे याैन हिंसाकाे विषालु संस्कृति, संस्थागत रूढीवादिता र विभेदलाई सम्बोधन गर्नका लागि विभिन्न लेखकहरू, निर्माताहरू र अभिनेत्रीहरूले यी अभियानहरूका थालनी गरेका थिए ।

चलचित्रकाे वर्गीकरण वा रेटीङ गर्ने बहुचर्चित वेबसाइट ‘राेटन टाेमेटाेज्’ बाट प्रभावित भई समूहले यस एपकाे नाम एशियाकै सर्वाधिक रूचाइने फल आँप वा म्याङ्गाेबाट ‘म्याङ्गाे मिटर’ राखेका हुन् । एप सर्जकहरूका अनुसार, महिलावादी चलचित्रले समावेशिता र विविधतालाई मूर्त रूप दिन्छ । जसमा शक्तिशाली महिला पात्रहरू हुन्छन् जाे समाजकाे विवाह र मातृत्व जस्ता मूल्य–मान्यताहरूमा बाँधिन बाध्य नभई स्वस्थकर सम्बन्धहरू चित्रण गर्दछन् । यस एपमा १ अङ्कदेखि ५ सम्ममा चलचित्रकाे रेटीङ गर्न सकिन्छ । यसमा अङ्कका रूपमा आँपकाे चिन्ह आउँछ । जहाँ एउटा आँपकाे अर्थ साे चलचित्र सबैभन्दा सेक्सिस्ट अर्थात् लैङ्गिकताका आधारमा धेरै नै फितलाे वा कमजाेर भन्ने बुझिन्छ र पाँच आँपकाे अर्थ उक्त चलचित्रले महिलावादका मूल्य–मान्यता वा पक्षहरूका सम्मान गरेकाे छ भन्ने बुझिन्छ । 

याे एप म्यागडलिन [1]का प्रधान सम्पादक देवी एश्मारानी लगायत छवटा एशियाली देशका महिलावादी पत्रकार, अभियन्ता र विज्ञहरूका समूहले आविश्कार गरेका हुन् । 

ग्लाेबल भाेइसेजसँग कुराकानी गर्दै एश्मारानी भन्नुहुन्छः 

We spent a lot of times debating the best statements to apply to the rating system, before we all agreed on the set of 11 statements that represent a host of concerns, from representation of women, agency, the concept of beauty, sexuality, relationship and proportional representation of marginalized communities.

हामीले याे एप सृजना गर्ने दाैरान रेटीङ प्रणालीका लागि आवश्यक सबैभन्दा राम्राे स्टेटमेन्ट अर्थात् टिप्पणी वा भनाईहरू निर्क्याैल गर्नमा धेरै नै समय खर्च गर्याैं । अन्ततः हामी ११ वटा स्टेटमेन्टहरूमा राजी भयाैं । जसले महिलाहरूका प्रतिनिधित्व वा चित्रण, सम्बन्ध र सिमान्तकृत समुदायहरूका समानुपातिक चित्रणलाई समेट्दछ । 

म्याङ्गाे मिटर एपका सर्जकहरू । फाेटाे साैजन्यः म्यागडलिन, अनुमति लिई प्रयाेग गरिएकाे ।

मानिसहरूले याे एप किन प्रयाेग गर्ने त भनी साेधिएकाे प्रश्नमा यसका सर्जकहरू भन्छन्ः  

Let the film industry know that we do not buy tickets to their movies for misogynist, gender and diversity-insensitive content. One opinion at a time would validate someone else who is thinking just like you. We have every right to enjoy entertainment that does not demean us, and we certainly have a right to voice our views and opinions.

हामीले चलचित्र उद्याेगलाई उनीहरूका चलचित्रहरूले देखाउने विभेदकारी धारणा, लैङ्गिकता तथा विविधता–शून्य विषयवस्तु हेर्नका लागि चलचित्रका टिकेट किनेका हाेइनाैं भनी जानकारी दिन जरूरी छ । एक पटकमा एउटा विचार राख्दा अरु कसैले तपाईं जस्तै सोच्दैछ भन्ने कुराको पुष्टि गर्नेछ। हामीलाई अपहेलना नगरेकाे मनाेरञ्जनमा रमाउन पाउनु हाम्राे अधिकार हाे । साथै, हामीलाई आफ्नाे धारणा र विचारहरू राख्न पाउने अधिकार पनि त छ ।  

यस म्याङ्गाे मिटर एपकाे विकास गर्न फ्रिडरिच–इवेर्ट–स्टिफ्टुङ (FES) काे एशियाली क्षेत्रीय कार्यलयले सहयाेग गरेकाे हाे । याे एप आईओएस र एण्ड्राेइड [4]दुवैमा उपलब्ध छ ।