हङकङकाे विराेधी कलाः एलाे अब्जेक्ट्स

“एलाे अब्जेक्ट” प्रदर्शनीकाे एक झलक । सार्वजनिक डाेमेनमा राखिएकाे तस्वीर ।

हङकङमा सरकार विराेधी गतिविधिहरूमा सडकमा प्रदर्शन गरिने पाेष्टरहरू तथा भित्तेकला अर्थात् ग्राफीटी एक महत्वपूर्ण तत्त्व बन्न थालेकाे छ । डिसेम्बर महिनामा १८ जना डिजाइनरहरूकाे एक समूहले “एलाे अब्जेक्ट्स” शीर्षकमा एक सामूहिक प्रदर्शनीकाे आयाेजना गरे ।  

उक्त प्रदर्शनीमा १८ वटा पाेष्टरहरू प्रदर्शनीमा राखिएका थिए जसकाे विषयवस्तु थियाे “एलाे अब्जेक्ट इज ______” अर्थात् “पहेलाे वस्तु भनेकाे ______” र त्यहाँ सहभागीहरूलाई उनीहरूका आफ्नै धारणा राख्न पाउने गरी “पहेलाेँ र कालाे” विषयमा पाेष्टरहरू बनाउने माैका दिई त्यसलाई समेत प्रदर्शनीमा राखिएकाे थियाे ।

गएकाे २१ सेप्टेम्बर २०१९ मा एक जत्था प्रहरीहरूले  युन लङकाे अध्याराे गल्लीमा प्रदर्शनकारीहरूलाई लात्ताले गोद्दै गरेकाे भिडियाे सार्वजनिक भएसँगै “एलाे अब्जेक्ट” इन्टरनेट मीम बनेकाे छ । त्यसकै अर्काे दिन, प्रहरीका सुपरिटेन्डेन्ट भ्यास्काे ग्यारेथ लिवालेन विलियम्सले पत्रकारहरूलाई भने, “साे भिडियाेमा एकजना प्रहरी अधिकारीले भुँइमा पहेँलाे वस्तुलाई हिर्काइहेकाे देखिन्छ ।” त्यतिकैमा एकजना पत्रकार चिच्याए, “उ एक मानव हाे, न कि कुनै वस्तु!”

 “एलाे अब्जेक्ट” का १८ वटा पाेष्टरहरू मध्ये एक । सार्वजनिक डाेमेनमा राखिएकाे तस्वीर ।

प्रहरीबलद्वारा प्रदर्शनकारीहरू माथि गरिएकाे अमानवीय व्यवहारकाे अर्काे उदाहरण हाे, उनीहरूलाई “साङ्लाे” काे उपनाम दिनु । प्राे–इष्टाब्लिस्मेन्ट समूहहरू तथा सञ्चार गृहहरूले याे शब्दलाई सामाजिक सञ्जालहरूमा अझ फैलाउने काम गरे । धेरैले यस्ताे अमानवीय शब्दहरूकाे प्रयाेगले शान्तिपूर्ण विराेध प्रदर्शनलाई भड्काउन सक्ने र प्रहरीहरूलाई हिंसातर्फ उक्साउन सक्ने कुरा औंल्याएका छन् ।

 “एलाे अब्जेक्ट” का १८ वटा पाेष्टरहरू मध्ये एक । सार्वजनिक डाेमेनमा राखिएकाे तस्वीर । 

साेही समयमा प्रदर्शनकारीहरू विरूद्धकाे माैखिक दुर्व्यवहारले ठूलाे संख्यामा सडक कलाहरू सृजना गर्न प्राेत्साहित गरेकाे छ । यहाँकाे शहरले प्रदर्शनीका लागि १८ जना ग्राफिक डिजाइनहरूलाई एकै स्थानमा जुटाएकाे छः

Inspired by this emerging, painfully beautiful cityscape, 18 graphic designers speak up with the language of visual arts, in the format of poster in yellow and black.

The exhibition “ YELLOW OBJECTS” is a mockery of the brutal and ruthless authority that refers human being as object, and a reminder to defend and uphold human dignity. […]We hope that the audience could bring the message back to their community, by putting up these posters in their neighbourhood. It will be a perfect demonstration of our outcry for freedom, that will not be silenced by violence.

यस आकस्मिकतामा रहेकाे र सुन्दर शहरबाट प्रभावित भई १८ जना ग्राफिक डिजाइनरहरूले कालाे र पहेँलाे पाेष्टरहरूमा दृष्य कलाका भाषामार्फत् आफ्ना अभिव्यक्ति दिएका छन् । 

“एलाे अब्जेक्टस्” प्रदर्शनी मानवलाई वस्तु ठान्ने बर्बर र क्रुर अधिकारीहरूका लागि एउटा उपहास हाे । यसले मानवीय प्रतिष्ठाकाे बचाउ तथा समर्थन गर्न समेत महत्वपूर्ण भूमिका खेलेकाे छ । […] हामीलाई विश्वास छ कि, दर्शकहरूले यहाँबाट पाएकाे सन्देश आफ्ना समुदायहरूसम्म पुर्याउने नै छन् ।याे स्वतन्त्रताका लागि गरिएकाे एक ज्वलन्त प्रदर्शन हुनेछ; जसलाई दमनले चुप लगाउन सक्ने छैन ।

 “हाम्रा केटाकेटीहरूकाे रक्षा गर अर्थात् प्राेटेक्ट आवर कीड्स ” । १८ वटा पाेष्टरहरू मध्ये एक । सार्वजनिक डाेमेनमा राखिएकाे तस्वीर ।

याे प्रदर्शनी ओपनग्राउण्ड क्याफेकाे आयाेजनामा २१ नाेभेम्बर देखि ८ डिसेम्बर, २०१९ सम्म भएकाे हाे ।  प्रदर्शनीमा राखिएका सबै कलासामाग्रीहरू निःशुल्क प्रयाेग गर्न सकिन्छ । 

प्रदर्शनी स्थल जाने प्रवेशद्वार । ओपनग्राउण्ड क्याफेकाे फेसबुक पेजबाट साभार ।

कुराकानी शुरू गर्नुहोस्

Authors, please लग इन गर्नुहोस् »

निर्देशिका

  • सबै कमेन्टहरू सञ्चालकले समीक्षा गर्नेछन्. एक पटकभन्दा बढि कमेन्ट पेश नगर्नुहोस्, अन्यथा त्यसलाई स्पाम ठानिनेछ.
  • कृपया अरुलाई सम्मान गर्नुहोस्. अभद्र, अश्लील तथा व्यक्तिगत लाञ्छनायुक्त कमेन्टहरू प्रकाशित हुनेछैनन्.