ताईवानमा एलजीबीटी स्वीकृतिकाे सीमितता परीक्षणः चलचित्रकर्मी मिङ ल्याङ चेनसँगकाे अन्तर्वार्ता

केभीन र उसकी आमालाई मुख्य पात्रका रूपमा चित्रण गरिएकाे ‘द टीचर’ चलचित्रकाे एक दृष्य । तस्वीर: स्यालाे विङ्स फिल्म्स (अनुमति लिई प्रयाेग गरिएकाे)

एशियामै पहिलाे पटक ताईवानले मे २०१९ मा विवाह समानता कानून पारित गर्दै गर्दा हालै मात्र प्रदर्शनमा आएकाे र विभिन्न अर्वाडहरू समेत जित्न सफल ताईवानी चलचित्रले एलजीबीटी स्वीकृतिकाे सीमितता परीक्षण गरेकाे छ । 

ताईवानी निर्देशक मिङ ल्याङ चेनद्वारा निर्देशित कथानक चलचित्र द टीचर (我的靈魂是愛做的) ले नाेभेम्बर २०१९ मा भएकाे चिनीयाँ भाषीहरूका सबैभन्दा पुरानाे र सबैभन्दा ठूलाे चलचित्र महाेत्सव, गाेल्डेन हर्स फेस्टिवल मा पुरस्कार जित्न सफल भयाे । यस चलचित्रले परिवार, सहकर्मी, र प्रेमीबाट अपहेलित र आफ्नाे लैङ्गिक पहिचान पारदर्शी बनाउन र आफ्ना आसपासका मानिसहरूले स्विकार्ने बनाउनका लागि संघर्षरत एक युवा समयौनिक विद्यालय शिक्षककाे कथा भन्दछ । यस चलचित्रकाे आधिकारिक प्रदर्शन  भने डिसेम्बर ६ बाट शुरू भयाे । चेनकाे याे दाेस्राे कथानक चलचित्र हाे । उनी सन् १९७० मा ताईवानमा जम्नेका हुन् । न्यूयोर्कमा बसाइँ सर्नु अघि उनी ताईवानमै प्रमुख सेनानी (लेफ्टिनेन्ट) समेत रहेका थिए । पछि उनले न्यूयोर्क युनिभर्सिटीकाे चलचित्र विभागबाट चलचित्रसम्बन्धी उच्च शिक्षा हासिल गरेका थिए । उनकाे पहिलाे चलचित्र टुमराे कम्स टुडे (你的今天和我的明天) सन् २०१३ मा प्रदर्शनीमा आएकाे थियाे । यस चलचित्रले ताईवानबाट न्यूयोर्कमा बसाइँ सरेकाे र आफ्नाे पुरूषत्वकाे खाेजी गरिरहेकाे ताईवानी आप्रवासीकाे कथा भन्छ । 

चेनकाे धेरैजसाे समय न्यूयोर्कमै बित्ने भए तापनि उनी बारम्बार ताईवान भने आउने जाने गरी नै रहन्छन् । द टीचर चलचित्रकाे प्रदर्शनीका क्रममा ताईवान आएका बेला चेनसँग गरिएकाे कुराकानी ।

फिलिप नुबलः तपाईलाई द टीचर चलचित्र बनाउन केले प्राेत्साहित गर्याे?

मिङ ल्याङ चेनः मेराे प्रारम्भिक साेचाइ, एकजना एचआईभी पाेजेटिभ भएकाे र अर्काे नभएकाे समयौनिक जाेडी सम्बन्धी चलचित्र बनाउने रहेकाे थियाे । विस्तारै याे साेच विकसित हुँदै गयाे र मैले याे चलचित्र ताईवानमै बनाउने निधाे गरे । यसकाे मुख्य कथासारमा, २६ वर्षकाे केभीन, ताईवानमा उच्च माध्यमिक विद्यालयमा ‘नागरिक शिक्षा’ पढाउँछन् । उनी अर्काे कुनै एक पुरुषसँग प्रेममा पर्छन् । उनले साे पुरुषका बारेमा दुईवटा कुराहरू पत्ता लगाउँछः पहिलाे उक्त व्यक्ति विवाहित हाे र अर्काे उसलाई एचआईभी पाेजेटिभ भएकाे छ । त्यसपछि केभीनले विभिन्न समस्याहरू झेल्दै जानुपर्ने हुन्छः उसले पहिले सँगै बसिरहेकी आफ्नै आमाकाे सामना गर्नुपर्ने हुन्छ; अर्काे उसले मन पराएकाे पुरुषमा एड्सकाे डर छ र उनकी प्रिय श्रीमतीकाे सामना पनि त उसले गर्नुछ । त्यसका बाबजुद, केहीले उनकाे विद्यालयमा उनलाई एचआईभी पाेजेटीभ छ भनी हल्ला फैलाउँछन् । उनकाे विद्यालयले उनलाई राजिनामा दिन बाध्य पार्दछ किनकि ताईवानमा  एचआईभीका आधारमा कसैलाई पदच्युत गर्नु गैरकानूनी मानिन्छ । त्यसैले यसकाे मुख्य विषयवस्तु भनेकाे कसरी काेही व्यक्तिले युवावस्थामा दबाबकाे सामना गर्नुपर्छ भन्ने नै हाे । द टीचर मानवीय सञ्चार सम्बन्धी चलचित्र हाे । यसले वृहत रूपमा सम्वेदनशील संवेदना देखाउने प्रयास गरेकाे छ । म भन्दिन कि याे समयाैनिक सम्बन्धी चलचित्र मात्र हाे ।

फिलिप नुबलः तपाईकाे चलचित्रले सन् २०१९ काे गाेल्ड हर्स अर्वाड किन जित्याे जस्ताे लाग्छ?

मिङ ल्याङ चेनः एलजीबीटी विषयमा चलिचत्र बनाउनका लागि ताईवान मैत्रीपूर्ण छ । सन् १९६२ बाट शुरू भएकाे गाेल्डेन हर्स अवार्डमा हरेक वर्ष कम्तिमा एक वा दुई एलजीबीटी विषयवस्तुमा बनेका चलचित्रहरू प्रतिष्पर्धामा आउँछन् । सन् १९९३ मा ताईवानी निर्देशक आङ ली काे समयाैनिकतामा आधारित चलचित्र वेडीङ ब्याङ्क्वेट ले सर्वाेत्कृष्ट चलचित्रकाे पुरस्कार जित्याे । सन् २००३ मा ताईवानी समयाैनिक लेखक पाई सियन-याेङ (白先勇) ले लेखेकाे चर्चित समयाैनिकतामा आधारित उपन्यास ‘क्रिष्टल बाेइज’ मा आधारित भई साेही नाममा बनेकाे  क्रिष्टल बाेइज  (孽子) चलचित्रले गाेल्डेन बेल अवार्ड जित्याे ।

विनी च्याङ् जसले मेराे चलचित्रमा श्रीमतीकाे भूमिका निर्वाह गरेकी छिन्; उनले सर्वाेत्कृष्ट सहायक अभिनेत्रीकाे पुरस्कार जितिन्, भलै उनकाे भूमिका सानाे थियाे । तर यसकाे मुख्य कारण भनेकाे उनले निर्वाह गरेकाे भूमिका, जसमा उनले सामाजिक तथा पारिवारीक दबाबका बावजुद पनि समयाैनिक व्यक्तिसँग विवाह गर्नु नै हाे जस्ताे मलाई लाग्छ । जहाँ उनले आफूलाई त्रिकाेणात्मक प्रेममा परेकाे पात्र झै पाएकी थिइन्; जुन उनकाे ईच्छा विपरित थियाे र विभिन्न दबाबहरूकाे सामना गर्न भने उनी बाध्य भइन् । उनले धेरै ठूलाे परिवारमा विवाह गरेकी हुन्छिन् । जहाँ उनलाई उनका सासु ससुराबाट बच्चा  पाउने दबाब समेत सृजना भएकाे हुन्छ । तर उनी सहनशिल र दृढ नै रहन्छिन् ।

विनी च्याङ, जसले  गाेल्डेन हर्स अवार्डमा सर्वाेत्कृष्ट सहायक अभिनेत्रीकाे पुरस्कार जितिन्, उनलाई चित्रण गरिएकाे द टीचर चलचित्रकाे एक दृष्य । तस्वीर: स्यालाे विङ्स फिल्म्स (अनुमति लिई प्रयाेग गरिएकाे)

फिलिप नुबलः पूर्वी एशियामा ताईवानलाई एलजीबीटी अधिकारमा उद्यानका रूपमा चित्रण गरिन्छ । के याे सत्य हाे र के याे सबै ताईवानी समाजमा लागू हुन्छ?

मिङ ल्याङ चेनः हामी राजधानी ताइपेईमा धेरै खुल्ला स्थानमा बस्छाैं । त्यहाँ ठूलाे समयाैनिक प्राइड परेड हुने गर्छ । समयाैनिक हुनु खासै ठूलाे समस्या हाे जस्ताे हामीलाई लाग्दैन । तर हामी यसबाट बाहिर निस्की समाजमा वास्तवमै के भइरहेकाे छ भनी हेर्नु जरूरी छ । किनकि, हाे ताईवान एक प्रजातान्त्रिक देश हाे । तर याे एकदमै युवावस्थामा छ । जम्माजम्मी ३० वर्ष त भयाे । त्यसैले पनि मैले मेराे चलचित्र मा ३० वर्ष भन्दा कम उमेरकाे युवा पात्रकाे चयन गरेकाे हुँ । म याे पुस्ताले के अनुभव गरिरहेकाे छ भनी हेर्न चाहन्थे; किनकि उनीहरू नै पूर्व-मार्शल कानुनमा हुर्कने पहिलाे पुस्ता हुनेछन् । 

यसकारण पनि ताईवानका १६ वटा व्यवसायिक चलचित्र हलहरूमा याे चलचित्र वितरण हुनेछ । हामी ठूला हलमा यसलाई लगाई आधा मात्र हल दर्शकले भरिएकाे हेर्न चाहन्नाैं । याे कलात्मक चलचित्र हाे । याे अन्य मुलधारका ताईवानी चलचित्रहरू, जसकाे कथावाचन त्यहाँका प्रशिद्ध टीभी धारावाहिकहरूबाट प्रभावित हुनेगर्छन्, भन्दा फरक छ । माैखिक प्रचारप्रसारले हाम्राे चलचित्रलाई साथ दिनेछ र ईण्डी चलचित्र मनपराउनेहरूले यसलाई आत्मसाथ गर्नेछन् भन्नेमा हामी विश्वस्त छाैं ।

टावउनमा दी टीचर चलचित्रकाे प्रिमिएरका दाैरान आफ्ना प्रशंसक तथा मुख्य पात्र ओस्कर चिउ (邱志宇) (बायाँ) का साथमा चलचित्रकर्मी मिङ ल्याङ चेन (दायाँ) । तस्वीर: फिलिप नुबल (अनुमति लिई प्रयाेग गरिएकाे)

फिलिप नुबलः भनेपछि, ताईवानमा एलजीबीटी अधिकारका विपक्षमा काे छन् त?

मिङ ल्याङ चेनः कट्टर धार्मिक समूहहरू र विशेष गरी क्रिश्चियनहरूबाट यसकाे विराेध भइरहेकाे छ । उनीहरूसँग पैसा छ । उनीहरू ताईवान बाहिरका समूहहरूबाट प्रभावित पनि छन् । र उनीहरू समयाैनिकता गलत हाे भन्ने कुरामा अध्नविश्वास गर्छन् । यद्यपि बाइबलले समेत याे कुराका बारेमा केही पनि भनेकाे छैन । तर त्यहाँ अर्काे तत्व पनि छः त्याे हाे हाम्राे एशियन परम्परा, जाे समयाैनिकताकाे बारेमा माैन छ । त्यसकारण पनि धेरै कम व्यक्तिहरू मात्र बाहिर आउँछन् र मानिसहरूले उनीहरू नजिकका वृत्तमा समयाैनिक व्यक्तिहरू देख्न वा चिन्न पाउँदैनन् । त्यही भएर पनि मैले केभीनलाई मानिसहरूका छिमेकी झै देखिने पात्रका रूपमा चित्रित गरेकाे थिए ताकि उनीहरूले उसकाे दुविधा देखेर भनुन् कि: “म उसलाई चिन्छु!”

म ताईवानमा विवाह समानता भएकाे देख्न पाउछु हाेला भन्नेमा विश्वस्त थिइन । हामीले ची ची-वेइ जस्ता व्यक्तिलाई धन्यवाद दिनुपर्छ; जाे सार्वजनिक रूपमै बाहिर आउन सके । मैले विवाह समानता कानुन पारित भएकाे दिन मात्र ताईवानी भएकाेमा गर्व गरेकाे थिए ।

कुराकानी शुरू गर्नुहोस्

Authors, please लग इन गर्नुहोस् »

निर्देशिका

  • सबै कमेन्टहरू सञ्चालकले समीक्षा गर्नेछन्. एक पटकभन्दा बढि कमेन्ट पेश नगर्नुहोस्, अन्यथा त्यसलाई स्पाम ठानिनेछ.
  • कृपया अरुलाई सम्मान गर्नुहोस्. अभद्र, अश्लील तथा व्यक्तिगत लाञ्छनायुक्त कमेन्टहरू प्रकाशित हुनेछैनन्.