सदियौंदेखि नेपालको दक्षिणी भूमिमा बस्दै आएका आदिवासी थारूमाझ टाटु खोप्ने एक महत्वपूर्ण परम्परा रहिआएको छ । वर्तमानमा थारूहरू आधुनिकतातर्फ लम्कँदै गर्दा यूवाहरूमाझ टाटु खोप्ने अभ्यासले आफ्नो प्राथमिकता गुमाउँदै गइरहेको छ ।
थारू महिलाहरूले सुन्दरता बढाउनका लागि आफ्ना हात, खुट्टा र छातीमा टाटु खोप्दछन् । थारू भाषामा खोदहा र गोद्ना भनिने टाटु प्रकृतिबाट प्रेरित हुन्छन् । सबैभन्दा सामान्य टाटुको रूपमा रेखाहरू, थोप्लाहरू, क्रसहरू र अन्य विभिन्न प्राकृतिक तत्वहरू रहेका छन् ।
टाटुका विभिन्न ढाँचाका नामहरू पनि प्राकृतिक वस्तुहरूकै आधारमा राखिएका हुन्छन्: बदाम बुटा (बदामको झाडी), सूरजके डाली (सूर्यका किरण), थकरी मुठा (कपाल कोर्न मिल्ने एक किसिमको झाडीको मुठा), सुपारीके गाछ (सुपारीको रूख) र अन्यमध्ये मजूर (मयूर)।
मैले डगर (गाउँको बाटो) मा हिंड्दै गर्दा एउटी सुन्दर महिला देखे। मैले उनलाई रोको र उनको टाटुको प्रशंसा गरे। उनले मलाई धन्यवाद दिइन् र मैले उनको फोटो खिच्न अनुमति माँगे। उनले हुन्छ भनिन्। खोदहा वा गोदना भनिने टाटुको यो ढाँचा पूर्वीय थारूमाझ प्रचलित छ। तर मैले यस ढाँचाको नाम सोध्न बिर्सिए। मैले गरेको भूलका लागि यो चाहि चन्द्रमामा रहेको कालो दाग झै भयो।
आज म सुनसरीको डुमरिया (रामधूनी नगरपालिका, वार्ड नं १) गए। मैले केही सुन्दर थारू महिला भेटे। मैले उनीहरूसँग टाटुका फोटो खिच्ने अनुमति माँगे। स्थानीयहरू टाटुलाई खोदहा वा गोदना भन्दछन्। यो फोटोमो भएको खोदहालाई सुरुजके डाली (उदाउँदो सूर्य) भनिन्छ।
परम्पराअनुसार जवान महिलाहरूले स्थायी आभूषणका रूपमा टाटु बनाउने निर्णय स्वयं लिन सक्थे भने सबै विवाहित महिलाहरूका खुट्टामा अनिवार्य रूपमा टाटु हुनुपर्थ्यो। यी टाटु विवाहपूर्व खोप्नुपर्थ्यो, सामान्यतया मार्च महिना (र नेपाली पात्रो अनुसार फाल्गुण देखि चैत्र महिना) मा पर्ने विवाहको मौसममा। यद्यपि वर्तमानमा समयमा न त विवाहित न त अविवाहित थारू महिला, कसैले पनि टाटु खोपाउन चाहँदैनन्।
सन् १९७५ मा प्रकाशित शोधकर्ता डि.पि. रजौरेको ‘सुदूर पश्चिम नेपालको दाङ, देउखुरीका थारू समुदायमा टाटु खोप्ने चलन‘ नामक लेखमा उनी यसो भन्छन्:
The main reason for tattooing among these Tharus is aesthetic. According to them, young and unmarried girls do not need and hence do not have to decorate themselves by tattooing because their bright and colourful cholyas (a kind of blouse with its opening in the back) are beautiful and decorative; but a married woman has to get herself tattooed to compensate for the lack of beauty or decoration brought about by donning jhulwa or dainaha jhulwa, a kind of ladies’ shirt with full sleeves, double-breasted and opening in the front.
The tattoos on the lower part of the legs generally represent sitha (stick or straw), chulha (stove) and phunna (hanging motifs), whereas tattoos on the middle part represent majur (peacock) and sithas in between and tattoos on the top part of the legs represent a single peacock in the centre and some phunna or other motifs on three sides of it, making a frame for a single peacock at the centre.
टाटु थारूहरूको गहना हो र यसमा उनीहरूलाई सुन्दर देखिन्छ । अविवाहित महिलाहरूले लगाउने चहकिलो रंगीचंगी चोल्याले गर्दा उनीहरू सुन्दर देखिन्छन् र उनीहरूलाई टाटु खोपाइरहनु पर्दैन। तर विवाहित महिलाहरू राम्री देखिन झुल्वा वा डैनहा झुल्वा खोपाउछन् जसले गर्दा उनीहरूले ब्लाउज लगाएको जस्तो देखिन्छ।
महिलाहरूको आफ्नो जिउको विभिन्न अङ्गमा खोपिएको टाटुको आ-आफ्नो महत्व हुन्छ, जस्तै खुट्टाको तल्लो भागमा टाटुलाई लट्ठी, चुल्हो र फुर्को खोपिन्छ, बीचको भागमा मयूर र लट्ठीहरू खोपिन्छ भने खुट्टाको माथिल्लो भागको बीचमा एउटा सिङ्गो मयूर र चारैतिर फुर्को वा अन्य बुट्टा खोपिन्छ
पारम्परिक टाटु खोप्ने प्रक्रिया निकै कष्टकर हुन्थ्यो, टिकनिया (थारू भाषामा टाटु बनाउने मानिसहरू) ले टाटु खोप्ने सुई र तोरीको तेलबाट बल्ने बत्तीबाट निकालिएको कालो रङ्गको मसी प्रयोग गर्दथे । उनीहरूले गाईको गोबरले महिलाको टाटु खोप्न लागेको अङ्ग लिपी त्यसपछि तेल लगाई छालालाई मुलायम बनाएर सुईले घोची विभिन्न प्रकारका बुट्टाहरू बनाउँथे । यी सबै चरणहरू साह्रै नै कष्टदायक हुन्थे र कहिलेकाहिँ तर महिलाहरू सहन गाह्रो भएर बेहोस पनि हुन्थे ।
यो परम्परालाई सम्झँदै आफ्नो अनुभव यसरी व्यक्त गर्छिन् चितवनकी एक वृद्ध महिला:
पुरानो दिनहरूमा मेरा उमेरका महिला जवान हुँदा, भारतबाट एकजना मानिस आउने गर्थ्यो जसले महिलाहरूको शरीरमा टाटु खोप्दिन्थ्यो । मेरो एक जना साथीको टाटु बनाउने क्रममा मैले उसको आँखा पीडाले रसाएको देखेँ जसकारण मलाई असाध्यै डर लाग्यो किनकि त्यसपछि मेरो पालो थियो । त्यो रात म राम्रो गरी सुत्न सकिन, अर्को दिन मैले मेरी आमालाई यस्तो कष्ट उठाउनुको कारण सोधेँ, वहाँले भन्नुभयो की टाटु नखोपाएको केटीलाई कसैले पनि विवाह गर्दैन । मैले यो कुरा कहिल्यै बुझिन। पछि आएर हाम्रो संस्कृतिमा टाटु प्रकृतिको पूजा पनि हो भन्ने कुरा थाहा पाए। हामी मर्ने बेला केही लादैनौ तर यी टाटु मरेपछि पनि मसँगै जानेछन्। यस जन्ममा खोपाएका यी टाटु अर्को जन्मका लागि उपहार हो। (ठगनी महतो, मेघौली , चितवन।)
शाही शासनको समयमा राजारजौटाहरूले थारू महिलाहरूलाई अपहरण गरी अफ्नो वासनाको शिकार बनाउने गर्दथे, तर उनीहरूलाई टाटु खोपाएको महिलाहरूमाथि त्यति रुची हुँदैनथ्यो । यसकारण थारू महिलाहरूको लागि टाटु सौन्दर्यको प्रतिक मात्र नभई राजारजौटाहरूका यौन दासी बनाउने जस्ता क्रियाकलापबाट जोगाउने अस्त्र पनि हुने गर्दथ्यो ।
यी महिलाको जिउभरि टाटु देख्नुभयो? सप्तरीकी कन्नी देवी थरुनी भन्छिन्, “कहिल्यै नमेटिने गहना लगाउने सबैभन्दा सस्तो माध्यम यहि थियो।” नेपालको दक्षिणी समथर भूभागमा बस्ने थारूहरूमाझ टाटु खोपाउने प्रचलन छ तर आधुनिकतासँगै यो चलन हराउँदै गएको छ। युवाहरूले त खोपाउदै खोपाउदैनन्। पहिला विवाहित महिलाका लागि टाटु खोपाउनु अनिवार्य थियो। उनी भन्छिन्,“यो टाटु म मर्दा मसँगै जानेछ।”
कुनै समयमा प्रचलित र लामो इतिहास बोकेको प्राचिन परम्परा समयसँगै लोप हुँदै गएको छ । युवाहरू टाटु खोपाउदैनन्। गाउँका ती सिपालु टिकनियाहरू हिजो आज देख्न पाईंदैन र युवाहरूले यो सीप सिक्न चाहदैनन्।
यद्यपि बद्लिंदो समयमा टाटु खोप्ने तरिका पनि निकै परिवर्तन भएको छ, आजकल छिटो र सुरक्षित तरिकाले बनाइन्छ र पुरानो तरिकाले खोपिएका टाटुका ढाँचाहरु हिजोआज दस्तावेजिकरण गर्ने र त्यसका तस्वीरहरू उतार्ने प्रवृत्ति बढेको पाइन्छ ।
टाटुबाट प्रभावित भएका ‘ट्राभलिन मिक‘ नामक एक पत्रकार र फोटोग्राफरले आफ्नो शरीर भरि नै टाटु बनाए र उनी विगत १५ वर्षदेखि टाटुको खोजमा भ्रमण गर्दै टाटुकलाको दस्तावेजिकरण गर्दै आएका छन् र उनको भ्रमणमा नेपाल पनि पर्दछ । तलका तस्वीरमा उदाहरणको लागि प्राचीन समयमा क्रमिक रूपमा मिलाएर बनाइएका लोप हुने जोखिममा रहेका टाटुको नमूना हेर्न सक्नुहुनेछ:
चितवनकी यी महिलाले हात र खुट्टामा खोपाएकी अत्यन्तै जटिल ढाँचाका टाटु। धेरै जसो ढाँचा मयूर, अन्नका बाला र प्रकृति अनि कृषिसँग सम्बन्धित हुन्छन्।
परम्परागत जीवनशैलीका अभिन्न अंगका रुपमा रहेका टाटु दक्षिणी नेपालका थारूमाझ बिस्तारै हराउँदै गइरहेको छ।
दक्षिणी नेपालका थारू समुदायका जीवनशैली त्यति परिवर्तन भएको छैन। खालि हरेक वर्ष पूरा बाहुला लगाएका महिलाहरू कम देख्छु।
दक्षिणी नेपालका थारू महिलाका टाटुको अध्ययन। यी सयौं वर्ष पुराना परम्परागत ढाँचा अहिले पनि आकर्षक देखिन्छन्।
केही बाहिरियाले मात्र नेपालकी थारू महिलाको पिठ्युमा खोपिएको यो रहस्यमयी मयूरको टाटु देखेका छन् होला। खास गरेर उनीहरू यी जादुई टाटु ढाकेर राख्छन्।
नेपालका थारूका यी परम्परागत टाटु अहिले पनि समकालीन लाग्छन्।
थारू जिज्यूआमा। नेपालको तराईका यस आदिवासी समूहका कैयौं पुस्ता एकै छानामुनि बस्छन्।
सम्भवत: थारू युवाहरूलाई सामाजिक सञ्जालमार्फत नयाँ रंग र परम्परागत ढाँचाबाट प्रेरित टाटुकलातर्फ आकर्षित गरियो भने यो सदियौं पुरानो कलाको पुनरुत्थान हुनेछ।
यो आलेखको सम्पादित अंश इसिएसमा प्रकाशित भएको थियो।