विश्वभरिका नागरिक मिडिया सबैलाई उपलब्ध गराउन हामी ग्लोबल भ्वाइसेजमा प्रकाशित लेखहरू माथिका भाषाहरूमा अनुवाद गर्दछौं ।

दिमागकाे संग्रहालय: किन हामीले लाेपाेन्मुख भाषाहरू जाेगाउनु पर्छ

एरान्टी डालब्रा राप्जिङ्ताल, भारतमा बाेलिने लान्जिया साेरा नामक खतराकाे सूचीमा रहेकाे भाषा बाेल्छन् । तस्वीर: ओपिनाे गाेमाङ्गाे, लिभिङ्ग टङ्ग इन्ष्टिच्युट फर इन्डेन्जर्ड ल्याङ्वेजेज, साेरा अभिलेखिकरण परियाेजना अन्तर्गत (अनुमति लिई प्रयाेग गरिएकाे)

संयुक्त राष्ट्र सङ्घकाे आदिवासी भाषाहरूकाे वर्ष  (IYIL 2019) का सन्दर्भमा लेखिएकाे

४ जनवरी २०१९ का दिन ८६ वर्षकाे उमेरमा डाेरा म्यान्चाडाेकाे मृत्यु भयाे । उनी टेह्वाल्चे भाषा बोल्ने अन्तिम व्यक्ति थिइन् । उनी स्थानीय प्याटागाेनीया समुदायमा चर्चित र सबैकी प्रीय थिइन् । म्यान्चाडाेसँग भाषा मानवशास्त्री हाविएर डाेमिन्गाेले उनीसँग उनकाे मृत्यु अघि केही वर्ष सँगै काम गरेका थिए । उनकाे संवाद रेकर्ड गर्ने क्रममा हाविएर उनीसँग निकट भएका थिए । उनकाे मृत्युपश्चात् हाविएरले भने, “डाेरा म्यानचाडाेलाई उनकाे टेह्वाचे समुदायकै अन्तिम वक्ता वा भाषा प्रयाेगकर्ताका रूपमा लिइन्छ । साथै टेह्वाचे आदिवासीकाे पहिचान तथा पुनर्जागरणमा उनलाई प्रमुख व्यक्तित्व समेत मानिन्छ । उनलाई राम्रैसँग थाहा थियाे की, भाषा भनेकाे अन्तर्क्रिया गर्नु मात्र हैन । याे त विश्वास, समस्या […] र अरूसँग बाड्नु पनि हाे । धन्य, उनले उनका अन्तिम पलहरूमा केही संवादहरू रेकर्डिङ गराइन् । समुदायका बाँकी अन्य सदस्यहरूसँग साे रेकर्डिङ छ । उनीहरूले त्यसैका आधारमा आफ्ना विगतलाई पुष्टि गर्ने र पहिचानलाई पुनर्निर्माण गर्न सक्छन् ।”

स्थानीय स्तरमा एयानेकाे एईन (aonekko ‘a’ien) का रूपमा परिचित टेह्वाचेकाे भविष्य प्याटागाेनीयाका केही दर्जन सामुदायिक अभियन्ताहरूका हातमा छ । जसले स्थानीय भेलाहरू, पठनपाठन समूहहरू, र जिवन्त साँस्कृतिक गतिविधिहरूमार्फत् भाषालाई जाेगाई राखेका छन् । तर, टेह्वाचे भाषा प्रखर वा धाराप्रवाह रूपमा बाेल्न सक्ने मानिसहरू नभएकाे खण्डमा यस भाषाकाे भविष्य अनिश्चित छ ।

भाषाहरू किन महत्वपूर्ण छन्?

भाषाहरू मानवताकाे लामाे इतिहासकाे जिवित दस्तावेज हुन् । भाषाले नै समायानुकूल पुस्ताहरूलाई एकै ठाउँमा गास्ने, एवं मानव अनुकूलन तथा अस्तित्वसम्बन्धी शताब्दियाैंदेखि कुण्ठिएर रहेकाे स्वाभिमानलाई प्रसारण गर्ने काम गर्दछ । यिनीहरूसँग जमिन व्यवस्थापन, जिविकाकाे नमूना,  पारिवारिक नातागाेता तथा सामाजिक सम्बन्धहरू, स्थानीय रितीरिवाज, ब्रम्हाण्ड विज्ञान लगायत धेरैका बारेमा महत्वपूर्ण सूचनाहरू हुन्छन् । हरेक भाषाले खास साँस्कृतिक तथा वातावरणीय परिप्रेक्ष्यमा मानवीय अनुभवहरूलाई व्याख्या तथा व्यक्त गर्ने विशेष तरिकाकाे प्रतिनिधित्व गर्दछ । भाषाहरू विकसित हुँदै जाने—दिमागकाे साझा संग्रहालय हुन् । यिनीहरू स्थिर हुन्नन् र वक्ताहरूकाे आवश्यकता, सामाजिक पृष्ठभूमि र समय अनुसार बदलिँदै जान्छन् ।

हरेक मानव भाषाका आफ्नै नियमहरू हुन्छन्, यसका आफ्नै आवाज शैली हुन्छ र यसकाे आफ्नै सञ्चार तथा प्रसारका लागि चाहिने सूचनालाई संरचना गर्ने तरिका हुन्छन् । भाषा कुनै एक व्यक्तिले संसारलाई नियाल्ने लेन्स वा नजर मात्र पनि हैन, याे त उसलाई सक्रिय रूपमा मार्गनिर्देश गर्ने साधन हाे । मानविय साेचकाे द्वार हाे, भाषा । वाणीहरू, कविता वाचन, गीतका शब्दहरू, यी सबै भाषाकाे अभिव्यक्ति शक्तिकै कारण सम्भव भएका हुन् । हिताेपदेश, उखान-टुक्का र चुट्किलाहरूले ताल, छन्द र लयमार्फत् सँस्कृतिकाे सूक्ष्म अर्थहरूलाई प्रकाश पार्दछ ।  भाषाकाे सृजनात्मक सम्भावना व्यक्तिकाे आयुभन्दा परसम्म जान्छ । याे सामूहिक आत्माकाे आवाज हाे; जुन हरेक वक्तासँग जिवित रहन्छ र उसँगै सकिएर जान्छ । जब भाषा एक पुस्ताबाट अर्काेमा हस्तान्तरण हुन्छ तब याे जिवित र अमर रहन्छ । जब भाषा बाेल्न छाडिन्छ वा यसकाे हस्तान्तरण राेकिन्छ, यसकाे अस्तित्व समेत मेटिँदै जान्छ । व्यवस्थित अभिलेखिकरण भएन भने भाषाकाे अस्तित्व नै सङ्कटमा पर्ने सम्भावना हुन्छ ।

कति धेरै भाषा, कति थाेरै समय

विश्वभर करिब ३,००० भन्दा बढी भाषाहरू लाेपाेन्मूख अवस्थामा वा लाेप हुने खतरामा छन् । सन् २१०० सम्म वा त्याे भन्दा पनि अघि नै धेरैजसाे भाषाहरू लाेप हुने अवस्थामा छन् । भाषाकाे विकाससँगै लाेप हुनु प्राकृतिक प्रक्रिया हाे । हामी भाषिक विविधता खस्किँदै गएकाे कालखण्डमा छाैं । हालै गरिएकाे एक अध्ययनले, एउटा भाषा हरेक ३.५ महिनामा लाेप हुन्छ भनी उल्लेख गरेकाे छ । यसकाे अर्थ हाे, हरेक भाषाका अन्तिम वक्ता वा भाषा प्रयाेगकर्तासँगै उक्त भाषा लाेप हुने खतरा उत्तिकै छ र उसलाई स्थानान्तरण वा पुनर्स्थापना गर्ने अर्काे काेही पनि हुँदैन । एकपटक लाेप भइसकेकाे भाषालाई पुनर्स्थापना गर्न एकदमै कठिन छ, तर असम्भवै भने छैन । परम्परागत सम्पदा तथा अभिलिखित स्राेतहरूमा पहुँच भएकाे खण्डमा भाषाकाे पुनर्स्थापना गर्न तथा यसलाई पुनर्जीवित गर्न सकिन्छ ।

भाषा किन मर्छ? भाषाकाे स्थानान्तरण तथा लाेप हुनु एक जटिल प्रक्रिया हाे । इतिहास, भूगाेल र सामाजिक आर्थिक अवस्थाले पनि यस प्रक्रियामा फरक पार्दछ । हरेक भाषा तथा त्यसका उपभाषाकाे कथा फरक–फरक भए तापनि यसका मूल कारण भने समान नै हुने गर्दछ ।

उपनिवेशिकरणकाे दिर्घकालिन असरका कारण र व्यवस्थित दमन तथा प्रभुत्व भएका समूहहरूद्वारा साँस्कृतिक अनुकूलनताका कारण पुस्ताकाे पहिचान लाेप हुँदै गइरहेकाे छ । जसका कारण भाषाकाे समेत लाेप हुने खतरा बढ्दाे छ । तसर्थ, भाषा बचाउनु भनेकाे संस्कृति बचाउनु हाे र एक पुस्ताबाट अर्काे पुस्तामा हस्तान्तरण हुनु पनि हाे । तर, शक्तिशाली उपनिवेशवादका कारण, परम्परागत जमिनहरू तथा जीवनशैली माथिकाे अधिकार र सङ्क्रामक राेगहरू एवं युद्धका कारण भने गम्भिर प्रकृतिका अधिनायकवाद कम गर्न भने कठिन हुनसक्छ । त्यस्तै, समय बित्दै जाँदा जातीय भेदभावकाे नकरात्मक असरहरू तथा विभेदकारी नीतिहरूका कारण समेत भाषिक क्षति हुनेगर्दछ ।

सर्वसाधारणका नजरमा भाषाहरू

हामी भाषाकाे संरक्षणका हिसाबले एकदमै महत्वपूर्ण कालखण्डमा छाैं । दिगाे ग्रामीण प्रयासहरू, सार्वजनिक सहयाेग तथा भाषा प्रशिक्षणका लागि भएका, हुने गरेका लगानी र निरन्तर कार्यक्रमहरू, सञ्चारमाध्यमहरूमा हुने प्रकाशन तथा प्रसारण र स्थानीय तथा प्रदेश सरकारहरूद्वारा स्थिति पहिचानले भने लाेपाेन्मुख भाषाहरूलाई  लाेप हुन नदिई त्यसकाे स्थायित्व कायम राख्नमा महत्वपूर्ण भूमिका खेलिरहेकाे छ । लाेप हुने खतरामा रहेका भाषाहरूलाई त्यसलाई प्रयाेग गर्ने प्रयाेगकर्ताहरूले साे भाषालाई आफ्नै समुदायमा कसरी प्रयाेगमा ल्याएका छन्; ती भाषाहरूलाई  स्थानीय तथा राष्ट्रिय सञ्चारमाध्यमहरूमा प्रस्तुत गरिएकाे छ र यस विषयलाई सरकारले कसरी व्यवहार गरिरहेकाे छ भन्ने कुराले पनि निर्धारण गर्दछ ।

भाषा आधारभूत अधिकारहरू मध्ये एक हाे र मानवताकाे विविध सांस्कृतिक पहिचानकाे आधाररेखा हाे । बाहुल्यता रहेकाे भाषा मात्र बाेल्नुकाे अर्थ याे हाेइन कि समुदायहरूले  पुर्ख्याैली भाषाकाे संरक्षण र प्रवर्द्धन गर्न छाडुन् । यदि कतिपय भाषाका अन्तिम प्रयाेगकर्ताकाे मृत्यु भएकाे खण्डमा साे भाषालाई पुनजागृत गर्नका लागि पर्याप्त अभिलेखिकरणकाे आवश्यकता पर्दछ ।

टेह्वाचे भाषाकाे सन्दर्भमा, म्यान्चाडाेकाे रेकर्डिङ्ले बितेका पललाई चिहाउने झ्यालकाे काम गरेकाे छ । त्यस्तै, यसले भविष्यमा साेही भाषालाई पुनर्जागृत गर्नका लागि उनका समुदायका मानिसहरूलाई समेत आधार प्रदान गर्नेछ । मानवशास्त्री हाविएर डाेमिन्गाेले म्यान्चाडाेसँग बिताएका अन्तिम रातहरूमध्येकाे एक रात उनले बताएकी थिइन्, “Aio t nash ‘a’ieshm ten kot ‘awkkoअर्थात्, सम्भवत: भाेलि कसैले टेह्वाचे भाषामा बाेल्ने छन् ।”

कुराकानी शुरू गर्नुहोस्

Authors, please लग इन गर्नुहोस् »

निर्देशिका

  • सबै कमेन्टहरू सञ्चालकले समीक्षा गर्नेछन्. एक पटकभन्दा बढि कमेन्ट पेश नगर्नुहोस्, अन्यथा त्यसलाई स्पाम ठानिनेछ.
  • कृपया अरुलाई सम्मान गर्नुहोस्. अभद्र, अश्लील तथा व्यक्तिगत लाञ्छनायुक्त कमेन्टहरू प्रकाशित हुनेछैनन्.