पश्चिमी सहारा: तीन कप चिया

Tea in Sahara

फ्लीकरमा पोस्ट गरिएको स्टीभ मोन्टीको तस्वीर, क्रियटिभ कमन्स लाइसेन्सअन्तर्गत प्रयोग गरिएको।

ब्लगर रेक्वेर्दोस डेल सहाराले हामीलाई तीन कप चियाका लागि निम्ता दिए किनकि मानिसहरू भन्छन्:

El primer te es amargo cómo la vida. El segundo es dulce cómo el amor. El tercero es suave cómo la muerte.

चियाको पहिलो कप हाम्रो जिन्दगी जस्तै तितो हुन्छ। दोस्रो कप प्रेम जस्तै मिठो हुन्छ। तेस्रो कप मृत्यु जस्तै मधुर हुन्छ।


फ्लीकरमा पोस्ट गरिएको क्रिष्टफ आन्द्रेको तस्वीर, क्रियटिभ कमन्स लाइसेन्सअन्तर्गत प्रयोग गरिएको।

एल आइउनमा बस्ने इभा मोरेनो सहरवी चिया बनाउने सम्पूर्ण अनुभव बयान गर्छिन्:

“La primera vez que intenté prepararlo me salio fatal, bueno, la primera y la segunda y la tercera… No es que sea muy difícil pero hay tener maña para calcular bien la cantidad de té y azúcar y para hacer la espuma: se vierte el té de un vaso a otro desde cierta altura, y es fácil que se salga fuera y ponga perdida la bandeja. Se prepara en brasas (“jmar”) de carbón vegetal (“fajar”). A muchos les gusta añadirle hierbabuena, cominos y otras plantas cuyos nombres no recuerdo ahora. La bandeja con patas se llama “tabla”, la tetera “berred” y los vasos “kisan”. El té sienta muy bien cuando hace calor; en el mes de Ramadan, al ayunar se tiene a veces dolor de cabeza, sobre todo si la noche anterior no se tomó el té y se tiene esa costumbre, a eso se le llama “tener la cabeza de té”.

“मैले पहिलो पल्ट चिया बनाउने कोसिस गर्दा साह्रै नमिठो भएको थियो। पहिलो पल्ट, दोस्रो पल्ट, अनि तेस्रो पल्ट… यो त्यति गाह्रो चाहि छैन तर तपाईंले चियापत्ती र चिनीको सही मात्रा अड्कल्नुपर्छ र फिँज निकाल्नुपर्छ: तपाईंले चिया सही उँचाइबाट खन्याउनुपर्छ, अनि नत्र सहजै पोखिन्छ र तपाईंको सजावट तहसनहस पारिदिन्छ। तपाईंले चिया कोइला (“फजार”) माथि राखेको जाली (“जमार”) मा राखेर बनाउनुपर्छ। यो भाँडासहितको सजावटलाई “तब्ला” भनिन्छ भने चिया पकाउने भाँडालाई “बेरेड” र कपलाई “किसन” भनिन्छ। चिया तात्तातै खाँदा मिठो हुन्छ। रमदान [मुस्लीमहरू निराहार बस्ने महिना] महिनामा निराहार बसेको बेला कहिलेकाहि तपाईंको टाउको दुख्न सक्छ खास गरेर तपाईंले अघिल्लो रात चिया पिउन बिर्सनुभयो भने र तपाईंलाई चिया पिउने बानी छ भने। त्यसबेला तपाईंलाई “चिया दुखेको” भन्ने चलन छ।”

धेरै संस्कृतिमा जस्तै पश्चिमी सहाराका मानिसले चिया वरिपरि आफ्ना रीति रिवाज र सामाजिक रहनसहनको विकास गरेका छन्। हामी कल्पना गर्न सक्छौ एउटा मरुभूमि, बादलरहित रात्री आकाश, पूर्णिमाको जून र एक कप चिया (वा दुई, वा तीन)! चियाको चुस्कीको मजा लिनुहोस्!

कुराकानी शुरू गर्नुहोस्

Authors, please लग इन गर्नुहोस् »

निर्देशिका

  • सबै कमेन्टहरू सञ्चालकले समीक्षा गर्नेछन्. एक पटकभन्दा बढि कमेन्ट पेश नगर्नुहोस्, अन्यथा त्यसलाई स्पाम ठानिनेछ.
  • कृपया अरुलाई सम्मान गर्नुहोस्. अभद्र, अश्लील तथा व्यक्तिगत लाञ्छनायुक्त कमेन्टहरू प्रकाशित हुनेछैनन्.