- Global Voices नेपालीमा - https://ne.globalvoices.org -

चीनले दाबी गर्दै आएको विवादित समुद्रका कारण ‘अबोमिनेबल’ भियतनाम, मलेसिया र फिलिपिन्समा प्रतिबन्धित

श्रेणी : पूर्व एशिया, चीन, फिलिपिन्स, भियतनाम, मलेशिया, अन्तर्राष्ट्रिय सम्बन्ध, नागरिक मिडिया, फिल्म, युद्ध र द्वन्द्व, राजनीति
[1]

स्रोत: ‘अबोमिनेबल'को फेसबुक पेज

चीनको ‘नौ धर्के नीति’ [2] (नाइन ड्याश लाइन पलिसी) देखाएको कारण जनाउदै ड्रिमवक्र्सको एनिमेटेड फिल्म ‘अबोमिनेबल’ [3] भियतनाम, मलेसियार फिलिपिन्समा प्रतिबन्धित गरिएको छ।

‘अबोमिनेबल'ले एउटी चिनीया किशोरीको कथा पस्केको छ। यस फिल्ममा उनले आफ्नो घरमा यती (हिमालमा बस्ने काल्पनिक हिममानव) फेला पार्छिन् र आफ्ना साथीहरूको मद्दत लिई त्यसलाई सगरमाथामा पुर्याउँछिन्। यस फिल्मलाई सांघाईको पर्ल स्टुडियो र हलिउडको कम्पनी ड्रिमवक्र्सले संयुक्त रूपमा निर्माण गरेका हुन्।

चीनको ‘नौ धर्के’ नीतिले दक्षिणी चीन सागर (साउथ चाइना सी) का कैंयन् टापूहरूमाथि आफ्नो दाबी प्रस्तुत गर्दै आएको छ। यी द्वीपहरूमाथि दक्षिणपूर्वी एशियाका अन्य राष्ट्रले पनि दाबी गर्दै आएका छन्। भियतनाम र फिलिपिन्समा यो विवादित समुद्रमा चीनको ‘एकतर्फी’ दाबीविरुद्ध प्रदर्शनहरू [4] भएका छन्। यी दुई देशका सरकारले चीनले आफ्ना समुद्रतटीय क्षेत्र मिचेको आरोप [5] लगाएका छन्।

‘अबोमिनेबल'लाई भियतनाममा ‘एभरेष्ट: द लिटल यती’ भनी बजारिकरण गरिएको थियो र अक्टोबरको उत्तरार्धमा सिनेमाघरहरूमा लगाइएको थियो। तर यस फिल्मको विवादास्पद दृश्यप्रति सर्वसाधारणको व्यापक विरोधपछि सिनेमाघरहरूबाट हटाइएको थियो।

ड्रिमवक्र्सको नयाँ फिल्म अबोमिनेबलमा विवादास्पद दक्षिणी चीन सागर क्षेत्रमा चीनको आधिपत्य जनाउने नक्शा देखाइएको छ।

फिलिपिनी परराष्ट्र मामिला हेर्ने सचिव टियोडोरो लोक्सिन जुनियरले पनि यस फिल्ममा प्रयोग भएको गलत नक्शाको आलोचना [8] गरे।

उनले सो दृश्य सेन्सर गर्न, सेन्सर गरिएको दृश्यबारे सरकारी वक्तव्य, तथा फिल्मलाई प्रतिबध लगाउनुको साटो ड्रिमवक्र्सलाई बहिष्कार [9] गर्न सुझाए।

पक्कै पनि तर मेरो विचारमा प्रतिक्रिया नजनाउनु कूटनीतिक तहमा आत्मसमर्पण गरेझैं देखिनेछ। तर हाम्रो प्रतिक्रिया वाक्स्वतन्त्रताका मामिलामा न्युनतम आक्रामक हुनुपर्छ: अपमानजनक दृश्य काट्ने अनि किन त्यसो गरिएको भन्दै गरेको उदेकलाग्दो सार्वजनिक पदाधिकारीेलाई देखाइएको धूमिल दृश्यांश राख्ने।

पक्कै पनि उनीहरूले अपमानजनक दृश्य काट्नुपर्छ। यसले कतिपय व्यक्तिले सुझाएझै असंवैधानिक तवरले प्रतिबन्ध लगाउनुभन्दा हाम्रो अप्रसन्नतालाई राम्ररी झल्काउनेछ। अप्रशिक्षितले झै त्यो दृश्य काट्दा हुन्छ। त्यस ठाउँमा एमटिआरसिबिको धम्कीपूर्ण भाषण हाल्दा हुन्छ। त्यसपछि कार्टुन जस्ताको त्यस्तै चलाए हुन्छ।

अन्त्यमा सरकारी मुभी एण्ड टेलिभिजन रिभ्यु एण्ड क्लासिफिकेशन बोर्ड (एमटिआरसिबि) ले सिनेमाघरहरूबाट यस फिल्मलाई उतार्ने निर्णय गर्यो।

मलेसियाको सेन्सरशीप बोर्डले ड्रिमवक्र्सलाई त्यो दृश्य काट्न निर्देशन दियो तर यो आदेश नमानेकाले ६ नोभेम्बरमा रिलिज हुने भनिएको सो फिल्म मलेसियाभरि नदेखाउने निर्णय [14] गर्यो।

यी तीन देशका धेरैजसो नेटप्रयोगकर्ताले यस फिल्मलाई सेन्सर गर्ने वा यसको प्रदर्शनमा रोक लगाउने निर्णयको समर्थन गर्ने बताए।

तर केहीले चीनका फिल्मदर्शक तथा कलाकारलाई संलग्न गराई नौ धर्के नीति के हो र यसमाथि किन पुनर्विचार गर्नुपर्छ भनी सूचित गराउनु बेस हुने लेखे। फिलिपिनो स्तम्भलेखक टाइरोन भेलेजको तर्क पनि यस्तै रहेको छ। उनले फेसबुकमा लेखे [15]:

Abominable is banned for a map that wasn't even their fault.

What if the map with the nine dash line was taught to them by the government?

We have to engage with them, and they are sensible people…They are just being misled.

अबोमिनेबललाई एउटा नक्शाका लागि प्रतिबन्ध लगाइयो जुन उनीहरूको दोष होइन।

उनीहरूको सरकारले नै उनीहरूलाई नौ धर्के नक्शाको बारेमा पढाएको रहेछ भने नि?

हामीले उनीहरूसँग संलग्न हुनुपर्छ, र उनीहरू व्यावहारिक छन्… उनीहरू मात्र धोकामा पारिएका छन्।