म्यानमारमा बाँसको टुसो सङ्कलकको दिनचर्या

को फो ला आफूले बटुलेका बाँसका ताजा टुसोहरू देखाउदै / तेत वाइ / एर्रावाडी

तेत वाइको यस लेख म्यानमारको एक स्वतन्त्र समाचार वेबसाइट द एर्रावाडीबाट लिइएको हो र ग्लोबल भ्वाइसेजमा सामग्री साझेदारी सम्झौता अन्तर्गत पुन:प्रकाशित गरिएको छ।

म्यानमारमा बाँसको टुसो वा तामा एक लोकप्रिय परिकार हो। बाँसका टुसोहरू मनसुनी वर्षासँगै टुसाउछन् र बर्सादमा प्रशस्त मात्रामा टुसाउने भएकाले जुन महिनाको सुरुदेखि सेप्टेम्बरको अन्तसम्म वर्षा यामभर टुसोको सिजन हुन्छ। झोल अचारसँग बाँडिने उसिनेको बाँसको टुसो म्यानमारका अधिकांश घरहरूको डिनर टेबुलहरूमा मुख्य भोजन सँगै उपलब्ध हुन्छ।

यद्यपि, बाँसको टुसो सङ्कलकको जीवन कठिन छ। एर्रावाडी क्षेत्रको चि बिन गाउँका को फो ला टुसो बटुल्ने गर्छन्। यो गाउँ अराकान पहाडको नजिक इंगापु टाउनशिपको पुसेन-मोन्यावा रोडको पश्चिममा अवस्थित छ।

केही गाउँलेहरू खेतीपाती गर्ने भएतापनि धेरै जसो दाउरा जम्मा गरेर र जंगली बाँसको टुसो बटुलेर जीविका चलाउँछन्। को फो ला मोहियाको रूपमा काम गर्छन् तर वर्षा याममा धान रोप्ने काम सकेपछि उनी खर्च धान्नलाई पर्याप्त पैसा कमाउन बाँसको टुसो बटुल्छन्।

को फो फो ला जंगलमा बाँसको टुसो बटुल्न जाँदै / तेत वाइ / एर्रावाडी

मनसुनको सुरुका दिनहरूमा बाँसका टुसो गाउँको नजिकै पाउन सकिन्छ, तर जब मनसुन पूर्ण रूपले सक्रिय हुन्छ, बजारमा विक्री गर्नको लागि उपयुक्त बाँसका टुसो बटुल्न को फो लालाई अराकान पहाड स्थित जंगलको भित्री भागसम्म पुग्नु पर्ने हुन्छ।

टुसो बटुल्नेहरू झाडी र रूखहरू छिचोल्दै हिंड्ने क्रममा उनीहरूलाई सबैभन्दा बढी समस्या वन्यजन्तुबाट नभइ लामखुट्टेको हो, को फो लाले भने।

बाँसका टुसो जंगलमा टुसाउछन् / तेत वाइ / एर्रावाडी

जब घाम छिप्पिदै जान्छ र लामखुट्टेको समूह बढ्दै जान्छ, बाँसका टुसो बटुल्नेहरू बिहानदेखि मध्याह्नसम्ममा आफूले सकेजति टुसो बटुल्ने काम भ्याइ सक्नुपर्छ। लामखुट्टे बाहेक सर्पबाट सधैं खतरा हुन्छ, को फो लाले भने।

बाँसका टुसो सङ्कलकहरू गाउँ फर्कदा पैदल हिँडेर नभइ अराकान पहाडमा उद्गमस्थल भएको नान का थू खोलामा आफ्ना टुसोहरूसँग तैरिदै फर्कन्छन्।

बाँसको टुसो बटुलेर एक सङ्कलक आफ्नो घर फर्कदै / तेत वाइ / एर्रावाडी

एक पटकमा उनीहरूले १० देखि २० पिथा (१ पिथा लगभग १.६ केजी बराबर हुन्छ ) बटुल्ने प्रयास गर्छन्। को फो लाले भने कि उनी हरेक पटक औसत १५ पिथा बटुल्ने प्रयास गर्छन् । उनी घर पुगेपछि विक्रीका लागि टुसोलाई उसिन्छन्।

बाँसका टुसोहरू पुसेन-मोन्यावा रोडका खरिदकर्ताहरूलाई प्रति पिथा ३०० चात (०. २० अमेरिकी डलर) मा विक्री गरिन्छ तर चि बिन नजिकको बजार क्विन काउकमा प्रति पिथा ८०० चात ( ०.५३ अमेरिकी डलर) मा विक्री गर्छन्।

खरिदकर्ताहरूका लागि बाँसका टुसो तयार गर्दै एक महिला/ तेत वाइ / एर्रावाडी

डिब्बामा राखिएका र तैयार खाद्य पदार्थको रूपमा बाँसका टुसोहरू यांगुनको बजारमा विक्री गरिन्छन् / तेत वाइ / एर्रावाडी

कुराकानी शुरू गर्नुहोस्

Authors, please लग इन गर्नुहोस् »

निर्देशिका

  • सबै कमेन्टहरू सञ्चालकले समीक्षा गर्नेछन्. एक पटकभन्दा बढि कमेन्ट पेश नगर्नुहोस्, अन्यथा त्यसलाई स्पाम ठानिनेछ.
  • कृपया अरुलाई सम्मान गर्नुहोस्. अभद्र, अश्लील तथा व्यक्तिगत लाञ्छनायुक्त कमेन्टहरू प्रकाशित हुनेछैनन्.