म्यानमारका अनाथ हात्तीहरूको संरक्षण

छावा एयार मउलाई बोतलबाट दूध पिलाउदै शिविरका कर्मचारी / आङ च्व तेत / एर्रावाडी

आङ च्व तेतको यस लेख म्यानमारको एक स्वतन्त्र समाचार वेबसाइट द एर्रावाडीबाट लिइएको हो र ग्लोबल भ्वाइसेजमा सामग्री साझेदारी सम्झौताअन्तर्गत पुन:प्रकाशित गरिएको छ।

जब वनका कर्मचारीहरूले छावा एयार सेनलाई एर्रावाडी डेल्टाको जंगल बीचमा भेट्टाए, सेन तीन महिनाको थियो। सेनको एउटा खुट्टा शिकारीहरूले थापेको स्टिलको पासोमा परेको थियो। सरकारको काठ निकासी उद्यमका कामदारहरूले सेनलाई बचाए र उपचारका लागि बागो क्षेत्रको हात्ती शिविरमा पठाए। आठ छावाहरूमध्ये एक सेनलाई अहिले म्यानमारको एक मात्र हात्ती अनाथालय विंगावामा राखिएको छ।

अर्को छावा एयार मउले उस्तै विपत्तिको सामना गर्‍यो। शिविरमा आउनुभन्दा पहिले, छ महिनाको छावा तारको पासोमा परेको थियो। जब एयार मउ एयार सेन भेटिएकै जंगलको ढुंगाबीचमा पासोमा पर्यो, मउलाई समूहका अन्य हात्तीले छाडेर गए। यद्यपि वनकर्मीहरूले मउलाई मुक्त गर्न सफल भए र गत वर्ष शिविरमा पुग्यो।

सेन र मउ शिविरका अनाथ छावाहरूमा सबैभन्दा कम उमेरका हुन्; सबैभन्दा धेरै उमेर पुगेको छावा चार वर्षको छ। सबै छावाका दुखद पृष्ठभूमिहरू छन्। केहीलाई बथानले छाडेका थिए, अन्य छावाहरू अनाथ बने जब तिनका माउलाई शिकारीहरूले मारिदिए। विंगावा शिविरमा, माउविहीन छावाहरू कर्मचारीद्वारा दैनिक बोतलबाट खुवाइने दूधमा निर्भर हुन्छन्। बिहान छावाहरूलाई जंगलमा घुम्न दिइन्छ र शिविरमा फर्कनु अघि नजिकैको खोलामा नुहाइदिने गरिन्छ।

म्यानमारमा अहिले झण्डै १,५०० जंगली हात्तीहरू रहेको विश्वास गरिन्छ। तर ती चोरी शिकारीका कारण गम्भिर खतरामा छन्, एकै हप्तामा ठूलो संख्यामा हात्तीहरू मारिन्छन्।

नुहाउने समय / आङ च्व तेत / एर्रावाडी

हात्तीका छावाहरू नुहाएपछि विंगावा शिविर नजिक एउटा खोलाकोको किनारमा घुँडो टेकेर चढ्दै। आङ च्व तेत / एर्रावाडी

एयार सेनको शरीरको तापक्रम थर्ममिटरले जाँच गर्दै शिविरका कर्मचारी। / आङ च्व तेत / एर्रावाडी

बागो क्षेत्रको विंगावा शिविरमा एउटा अनाथ हात्तीको छावा एयार सेनलाई बोतलबाट दूध पिलाउदै शिविरका कर्मचारी। / आङ च्व तेत / एर्रावाडी

कुराकानी शुरू गर्नुहोस्

Authors, please लग इन गर्नुहोस् »

निर्देशिका

  • सबै कमेन्टहरू सञ्चालकले समीक्षा गर्नेछन्. एक पटकभन्दा बढि कमेन्ट पेश नगर्नुहोस्, अन्यथा त्यसलाई स्पाम ठानिनेछ.
  • कृपया अरुलाई सम्मान गर्नुहोस्. अभद्र, अश्लील तथा व्यक्तिगत लाञ्छनायुक्त कमेन्टहरू प्रकाशित हुनेछैनन्.