- Global Voices नेपालीमा - https://ne.globalvoices.org -

के तपाईं यी ८ अफ्रिकी खाना खानसक्नुहुन्छ ?

श्रेणी : उप-सहारा अफ्रीका, केन्या, जाम्बिया, जिम्बाब्वे, तान्जानिया, बुरुन्डी, मलावी, युगान्डा, खाना, नागरिक मिडिया
Mopane worm. Photo released to be used freely by Arne Larsen.

मोपाने किरा। निःशुल्क प्रयोगका लागि राखिएको आर्ने लार्सेनको तस्वीर।

ग्लोबल भ्वाइसेजको खानाबारे रिपोर्टिङ गर्ने महिनाको अन्त्यमा हामी यस्ता ८ सबसहारन परिकारबारे चर्चा गर्दैछौ जसले तपाईंलाई सधैंको खान्कीबाट धेरै पर लग्नेछन्। र, हामी तपाईंलाई ती खाना चाख्न आग्रह गर्छाै।

१. मदोरा (मोपाने किरा):

Delicious Mopane worms ready to serve. Photo used with permission from www.zimbokitchen.com

खानका लागि तयार मिठो मोपाने किरा। www.zimbokitchen.com बाट अनुमतिमा प्रयोग गरिएको तस्वीर।

मदोरा [1] Gonimbrasia belina) दक्षिणी अफ्रिकामा पाइने एक प्रकारको रात्रिकालीन पुतली हो। मोपानी वा मोपाने भनिने यस पुतलीको खान मिल्ने झुसिलकिरा लाखौं दक्षिणी अफ्रिकी आदिवासी जनजातिका लागि प्रोटिनको भरपर्दो स्रोत हो।

यदि तपाईं यो किरा चाख्न चाहनुहुन्छ भने जिम्बो किचनका यी [2] निर्देशनमा भनिएझै गर्नुहोस्:

Before you run-off, madora are high in protein to the extent that it’s just what the doctor ordered. Here is the power of protein according to WebMD – “protein is an important component of every cell in the body. Hair and nails are mostly made of protein. Your body uses protein to build and repair tissues. You also use protein to make enzymes, hormones, and other body chemicals. Protein is an important building block of bones, muscles, cartilage, skin, and blood“. No wonder why the folks in rural Zimbabwe escape many diseases suffered by us urbanites.

In Zimbabwe, this delicacy is often prepared in a simple and straight forward manner – frying. This is how I intend to do them today with a little variation of my own involving black pepper. You are good to go when you choose this combo: sadza, green veggies and mbuya’s tomato and onion soup to accompany this dish even though it’s still possible to have madora on their own as a crisp snack or with other combinations. Enough said, let’s start frying!

यी किरादेखि पर नभाग्नुहोस्। मदोरामा डाक्टरले भने जतिकै प्रोटिन पाइन्छ। वेबएमडिका अनुसार — “प्रोटिन मानवशरीरका प्रत्येक कोशिकाको महत्वपूर्ण अंश हो। कपाल र नङ मुख्यतया प्रोटिनले बनेका हुन्छन्। हाम्रा शरीरलाई कोशिकाका समूह बनाउन वा मर्मत गर्न प्रोटिन चाहिन्छ। एन्जाइम, हर्मोन र अन्य शारिरीक रशायनका लागि पनि प्रोटिन चाहिन्छ। साथै, हड्डी, मांसपेशी, कुर्कुरे हाड, छाला तथा रगत बनाउनका लागि पनि प्रोटिन अति महत्वपूर्ण रहेको छ।” त्यसैले होला सायद ग्रामीण जिम्बाब्वेका बासिन्दा हामी शहरियाले भोग्ने गरेका रोगव्याधिबाट बच्छन्।

जिम्बाब्वेमा यसलाई साधारणतया यी किराहरूलाई तारेर स्वादिष्ट परिकार तयार पारिन्छ। आज म त्यसरी नै पकाउन गइरहेको छु, मात्र यसमा मरीच मिसाउँदैछु। यो सम्मिश्रण रोज्नुभयो भने साह्रै मिठो हुन्छ: साद्जा (दक्षिणी अफ्रिकी दलिया), हरियो सागपात, र मबुया गोलभेंडा र प्याजको सुपका साथ यसलाई खान सक्नुहुन्छ नत्र खाजाका रूपमा कुरुमकुरुम निस्तै खाए पनि हुन्छ वा अन्य सम्मिश्रणका साथ खाए पनि हुन्छ। अब, यसलाई भुट्नतिर लागौं।

२.एनसनेने (फट्यांग्रा):

A male grasshopper. Photo released under Creative Commons License by Wikipedia user Bruce Marlin.

फट्यांग्रा। क्रियटिभ कमन्स लाइसेन्सअन्तर्गत विकिपिडियाका लागि ब्रुस मार्लिनको फोटो।

युगाण्डामा बोलिने लुगाण्डा भाषामा लामा एन्टिना भएका फट्यांग्रालाई “एनसनेने [3]” भनिन्छ र मध्य युगाण्डामा यसबाट अति मन पराइने परिकारका बनाइन्छ र यसलाई अत्यन्त महत्वपूर्ण आयस्रोतका रूपमा लिइन्छ। यो किरा केन्या, रुवान्डा र तान्जानियामा पनि खाइन्छ।

यसको परिकार बनाउन यी सात बूंदा [4]मा भनिएझै गर्नुहोस्।

३.पाहा:

African bullfrog. Photo released under Creative Commons License by Wikipedia user Stevenj

अफ्रिकन पाहा। क्रियटिभ कमन्स लाइसेन्सअन्तर्गत विकिपिडियाका लागि स्टीभनजेको फोटो।

साइन्स इन अफ्रिका ब्लगले नामिबियामा भ्यागुता कसरी खाइन्छ भन्ने कुरा उल्लेख गरेको छ [5]:

In Namibian traditional cuisine the entire frog is eaten, with the exception of the alimentary canal, which may be fed to dogs or poultry.

नमिबियाको परम्परागत परिकारमा सम्पुर्ण भ्यागुतो खाइन्छ। भ्यागुताको पाचननली चाहि कुकुर वा कुखुरालाई दिइन्छ।

थप जानकारी:

Generally people are advised to wait until the Giant Bullfrogs start croaking or until “after the third rain” before eating them. Despite this caution people in some areas choose to eat frogs prematurely. However when they do so very specific anti-poisoning preventative measures are usually taken.

People from the Oshakati/Ongwediva [northern Namibia] area prevent poisoning by lining their cooking pots with pieces of dry wood from a tree locally known as Omuhongo (not to be confused by Omuoongo, the Marula tree). This wood apparently neutralises the frog poison while also preventing the frog skin from sticking to the pot bottom. “Nobody becomes ill from the disease when this cooking method is followed. In the Okambebe/Oshikango areas, where the Omuhongo tree appears to be unknown, people use the Omuva and Oshipeke trees instead. “Only two small pieces cut from Omuva or Oshipeke, when used to line the bottom of the pot while cooking frogs, will prevent the disease from attacking the culprit.

सामान्यतया ठुला पाहाले टर्रटर्र गरी कराउन थालेपछि वा “तेस्रो झरी” परिसकेपछि मात्र भ्यागुता खाने सल्लाह दिइन्छ। तर पनि केहि ठाउँमा समयभन्दा पहिले नै भ्यागुताहरू खाइन्छ। यद्यपि यसबेला भ्यागुता खानुभन्दा अगाडि साधारणतया विशेष विषनिरोधक सावधानी अपनाइन्छ।

उत्तरी नामिबियाको ओशाकाटी ओङवेडिवा क्षेत्रका मानिस विषनिरोधका लागि खाना पकाउने भाडाभित्र ओमुहोङगो (ओमुऊङगो भनिने मरुलाको रूखभन्दा भिन्न) भन्ने रूखको सुख्खा काठका टुक्राको चाङ राखिन्छ। यस काठले भ्यागुताको विषलाई प्रभावहीन बनाउनुका साथै भ्यागुताको छालालाई भाडाको पिँधमा टासिनबाट रोक्छ। यस प्रकारले पकाउँदा कोही पनि बिरामी हुँदैन। ओकाबेम्बे ओशिकांगो क्षेत्रका बासिन्दालाई ओमुहोङगो रूखबारे थाहा नभएकोले त्यहाँ ओमुवा र ओशिपेके रूखका काठ प्रयोग गरिन्छ। भ्यागुता पकाउँदा ओमुवा वा ओशिपेके रूखका काठका दुई साना टुक्रा भाडाको पिँधमा राखे पनि त्यसले रोगबाट बचाउँछ।

४. माजोन्दो (गोरुका खुट्टा):

Mazondo (beef trotters) ready to be eaten. Photo used with permission from www.zimbokitchen.com.

खानका लागि तयार माजोन्दो (गोरुका खुट्टा)। www.zimbokitchen.com को अनुमतिमा तस्वीर प्रयोग गरिएको।

Mazondo (Beef trotters) are amongst one of the favourite dishes for most Zimbabwean men and some women too. It’s best to slow cook them on your stove if you’re not cooking them pamoto (using firewood). The way to prepare them is pretty straight forward, much like pork trotters, maguru (tripe) or even beef stew which are prepared in more or less the same way here in Zimbabwe.

धेरैजसो जिम्बाब्वेली पुरुष र केही महिलाका लागि पनि माजोन्दो (गोरुका खुट्टा) मनपर्ने खाना हो। यदि दाउरा प्रयोग नगरिकन पकाउने हो भने भने यसलाई बिस्तारै हल्का आँचमा पकाउनुपर्छ। यो परिकार पकाउन खासै गाह्रो छैन। सुंगुरका खुट्टा, मागुरु (मासुको परिकार) वा गोरुको सुरुवा पकाएझै गरी यो परिकार जिम्बाब्वेमा पकाइन्छ।

५. धमिरा:

Termits (white ants) in Sudan. Public domain photo from the Agricultural Research Service, the research agency of the United States Department of Agriculture.

सुडानमा पाइने धमिरा (सेता कमिला)। संयुक्त राज्य अमेरिकाको कृषि विभागको कृषि अनुसन्धान सेवाद्वारा सार्वजनिक डोमेनमा उपलब्ध गराइएको तस्वीर।

कमिलासँग कुनै सम्बन्ध नभए पनि धमिरा [6]लाई “सेता कमिला” पनि भनिन्छ। धेरैजसो अफ्रिकी संस्कृतिमा यसलाई स्वादिष्ट परिकारका रूपमा लिइन्छ।

उड्ने धमिरालाई भुट्ने तरिका (चित्रसहित) यहाँ [7] हेर्नुहोस्।

६.रगत र दुध:

थम्सन सफारिज ब्लग लेख्छ [8]:

[…] but much more fascinating [about the Maasai diet] (and possibly a little off-putting to the western palate) is the tradition of drinking raw blood, cooked blood, and blood-milk mixtures.

[…] तर आलो रगत, पकाएको रगत र रगत दुधको सम्मिश्रण खाने अचम्मको परम्परा [मासाई खानाबारे] (साथै पश्चिमा जिब्रोका लागि अलिक नमिठो) छ।

यसरी [9] गाईको रगत झिकिन्छ:

they [Maasai] eat milk and blood which is harvested by puncturing the loose flesh on the cow's neck with an arrow. The wound is closed after a gourdfull of blood is obtained. This operation can be repeated every month or so with no harm to the cow. The Masai typically drink blood mixed with milk.

उनीहरू [मासाई] गाईको घाँटीमा रहेको थलथले छालामा बाण रोपेर चुहाइएको रगत र दुध मिसाएर खान्छन्। एक भाँडा (लौका जत्रो)जति रगत जम्मा गरेपछि बाण रोपिएको घाउ पुरिन्छ। गाईलाई कुनै हानिनोक्सानी नपुर्याई यो संकलन कार्य हरेक महिना गर्न सकिन्छ। मासाईहरू खास गरेर दुधमा रगत मिसाएर पिउछन्।

के तपाईं यो चाख्न सक्नुहुन्छ ? रगत र दुधको सम्मिश्रण यसरी [9] बनाउनुहोस्:

Cow blood can be cooked with fresh or sour milk as follows: Pour the fresh blood through a sieve to separate it from the clots. Mix three parts liquid blood to one part milk (or equal parts blood and sour milk). Cook over low heat, stirring often, for twenty to thirty minutes. The mixture should thicken like scrambled eggs. If desired, butter, fried chopped onions, or salt can be added during cooking. Serve with Ugali, Fufu, or boiled Plantains, or Rice.

गाईको रगत ताजा वा अमिलो भइसकेको दुधसँग यसरी पकाउन सकिन्छ: आलो रगत चाल्नीबाट खन्याउनुहोस् र जमेको रगत छुट्याउनुहोस्। तीन भाग तरल रगतमा एक भाग दुध मिसाउनुहोस् (अथवा बराबर रगत र अमिलो भइसकेको दुध)। यस सम्मिश्रणलाई मन्द आँचमा बीचबीचमा चलाउदै बीसदेखि तीस मिनेटसम्म पकाउनुहोस्। पकाउदै जाँदा यो सम्मिश्रण अण्डाको भुर्जीजस्तो हुन्छ। मन लागेमा यसमा बटर, काटेको प्याज वा नुन हाल्न सकिन्छ। यसलाई उगाली, फुफु, वा उसिनेको केरा वा भातसँग खान सकिन्छ।

७.मबेवा (मुसा):

मुसा उत्तरी मलावीको मन पराइने परिकार हो। त्यहाँ यसलाई “मबेवा” भनिन्छ, साथै पूर्वी जाम्बियामा पनि यो परिकार मन पराइन्छ।

पिटर लार्सनले बनाएको तलको युट्युब भिडियो [10]मा बेच्नका लागि राखिएका पोलिएका मुसा हेर्न सक्नुहुनेछ:

“मबेवा”को बारेमा लेख्दै, पिटर भन्छन् [11]:

Malawians are largely divided as to the culinary merit of Mbewa. Most love the Mbewa and consider it a delicious snack food. Others decry them as unfit for eating. Mbewa are caught and roasted over a fire, but clearly not roasted long enough to burn off the copious amounts of visible fur. Malawians then garnish them with salt and cayenne pepper and gnaw on them like jerky, consuming them completely, bones and all.

मबेवाका फाइदाका बारेमा मलावियनहरू विभाजित छन्। धेरैले मबेवा मन पराउछन् र यसलाई मिठो खाजा मान्छन्। अरूले चाहि यसलाई खान नहुने ठान्छन्। मबेवालाई समातिसकेपछि आगोमा पोलिन्छ, तर धेरै बेरसम्म नपोलिने हुनाले जीउमा नडढेका रौँ देख्नसकिन्छ। मलावियनहरूले यसमा नुन र रातो खुर्सानी मिसाई हड्डीसमेत सिङ्गै चपाउछन्।

मुसा खाने परम्परासँग जोडिएका सामाजिक तथा सांस्कृतिक आयाम जान्नका साथै आफ्नो डिनरका लागि मुसा कसरी मार्नेबारे यो ब्लग [12] पढ्नुहोस्।

८.खजूरको रूखमा पाइने लार्भा:

Next time you are hungry, try this one! Photo released under Creative Commons by Luigi Barraco.

तपाईंलाई भोक लागेको छ भने यो किरा टिप्नुहोस्! लुइगी बार्राकोद्वारा क्रियटिभ कमन्सअन्तर्गत उपलब्ध गराइएको तस्वीर।

खजूरको रूखमा पाइने लार्भालाई स्वादिष्ट ट्रपिकल परिकारका रूपमा लिइन्छ र यो प्रोटिनको भरपर्दो स्रोत हो [13]

क्युजिन ओ कामेरमा भनिएको निर्देशन [14]अनुसार खजूरको रूखमा पाइने लार्भाको स्वादिष्ट परिकार तयार पार्नुहोस्:

Nettoyer les larves: les laver à grande eau les ouvrir avec les doigts et enlever le liquide marron qui se trouve à l'intérieur des larves

Disposer directement chaque larve nettoyée dans la marmite qui sera utilisée pour les cuire. L'enlèvement du liquide marron à l'intérieur des larves colore les doigts en couleur marron, mais cette couleur s'enlève au lavage.

Préparer les condiments nécessaires: ail, basilic africain, oignon, pèbè, feuille de gingembre (odzom). Mélanger avec les larves et mettre au feu doux. Ne pas ajouter de l'eau. laisser cuire 25 à 30 mns à feu doux, le temps que les larves produisent leur huile, puis servir.

लर्भालाई पानीमा राम्ररी पखाल्नुहोस्, लार्भालाई आफ्ना औंलाको मद्दतले फट्याउनुहोस् र त्यसभित्र रहेको खैरो तरल पदार्थ निकालेर फाल्नुहोस्।

प्रत्येक लार्भालाई सोझै पकाउने भाँडामा राख्नुहोस् (खैरो तरल पदार्थले तपाईंको हातमा दाग बसाए चिन्ता नलिनुहोस्, यो रंग धोएपछि जान्छ)।

बाँकीका सामग्रीहरू थप्नुहोस्: लसुन, अफ्रिकन तुलसी, प्याज, पेबे (क्यामरूनमा पाइने एक स्थानीय मसला), अदुवाका पात। लार्भा मिसाएर मन्द आँचमा पकाउनुहोस्। २०–३० मिनेटसम्म लार्भा नगलेसम्म पकाउनुहोस् र पस्कनुहोस्।