सगरमाथामा मानव भीडको भाइरल तस्वीर खिच्ने आरोही सात महिनाभित्र विश्वका अग्ला सबै १४ हिमाल आरोहणको कीर्तिमान बनाउने अभियानमा

निम्स नामले परिचित निर्मल पुर्जा, ७ महिनाभित्र ८ हजार मिटर उचाइका विश्वका सबै १४ हिमाल आरोहण गर्ने सुरमा छन्। तस्वीर: प्रोजेक्ट पोसिबलको फेसबुक पेज। अनुमति लिएर प्रयोग गरिएको।

निम्स नामले परिचितनिर्मल पुर्जा एमबीई सबै ‘एट थाउजेन्डर्स’  (८,००० मिटरभन्दा माथिका १४ हिमाल) सात महिनाभित्र आरोहण गरेर कीर्तिमान बनाउने अभियानमा छन्।

सेवानिवृत्त भारतीय गोर्खाको छोरा निम्स पनि ब्रिगेड अफ गोर्खाजमा भर्ती भए र ब्रिटिस स्पेसल फोर्सेसमा सेवा गरे। बेलायती सेनाको जागिर छाडेर हिमाल आरोहणमा लाग्ने निधो गरे। हालै उनले चार हप्ताभन्दा कम समयमा विश्वका ८ हजार मिटर अग्ला ६ वटा हिमाल आरोहण गरेका छन्।

निम्सले विश्वको सर्वोच्च शिखर सगरमाथामा खिचेका भाईरल बनेको फोटोले देखाए जस्तै महँगो शुल्क तिरेर सगरमाथा आरोहणका लागि लाम लाग्न जाने आरोहीहरूको संख्या वृद्धि भइरहेको भएतापनि आरोही निम्सलाई आफ्नो प्रोजेक्ट पोसिबल अभियानको दोस्रो चरण सुरु गर्न आरोहण रकम अभाव छ।

निम्सलाई सात महिना भित्रै विश्वका अग्ला १४ हिमाल चढ्ने चुनौती लिन के ले प्रेरित गर्यो भन्ने बारेमा ग्लोबल भोइसेजका संजीव चौधरीले उनीसँग गरेका कुराकानी:

ग्लोबल भोइसेज (जीभी): प्रोजेक्ट पोसिबल चुनौती लिन तपाईंलाई कुन कुराले प्रेरित गर्यो? तपाईंको प्रोजेक्ट बारेमा बताइदिनुहोस्।

Nirmal Purja (NP): There are only 14 mountains on earth higher than 8,000m (Eight-thousander) and they are all located in the Himalayas. The current world record for one individual climbing all 14 peaks is nearly 8 years. I aim to climb all 14 peaks in just 7 months. For me, this project is about pushing myself to see what is possible within human endurance. How far can humans go, can we go beyond what others think is possible?

निर्मल पुर्जा (एनपी): पृथ्वीमा केवल १४ हिमालहरू ८,००० मिटर (एइट थाउजेन्डर्स) भन्दा अग्ला छन् र ती सबै हिमालयमा छन्। ८ हजार मिटरभन्दा माथिका सबै १४ हिमाल आरोहणको कीर्तिमान करिब ८ वर्ष रहेको छ। मेरो लक्ष्य सबै १४ हिमाल केवल ७ महिनाभित्र चढ्ने छ। मेरो लागि यो परियोजना मानवीय क्षमता कुन हदसम्म सम्भव छ भनी हेर्न खोजेको हुँ। मानिसले कति सम्म गर्न सक्छ, असम्भव जस्तै ठानिएका काम गर्न कति सम्भव हुन्छ भनी जान्न चाहेको हुँ।

जीभी: हालै तपाईंले चार हप्तामा ६ हिमाल आरोहण गर्नुभयो। यी ६ हिमालमध्ये कुन हिमाल आरोहण गर्न सबैभन्दा कठिन भयो र किन?

NP: Without doubt that would be Dhaulagiri due to the weather. We were climbing in winds in excess of 70-75 mph. We could only climb when the wind speed decreased for a bit and when it went up again we would embrace because we couldn’t move and if we did, we would have blown away.

एनपी: निस्सन्देह,मौसमको कारण धौलागिरी कठिन थियो। हामी ७०-७५ माइल प्रति घण्टा भन्दा बढीको हावाको गतिमा चढिरहेका थियौं। हामी तब मात्र चढ्न सक्दथ्यौं जब हावाको गति कम हुन्थ्यो र जब गति बढ्थ्यो हामी मौका पर्खेर बस्दथ्यौं किन भने हामी हिंड्न सक्दैनथ्यौं, यदि हिंडेमा हामीलाई हावाले उडाइदिन्थ्यो।

जीभी: धेरैले भन्ने गर्छन् कि सगरमाथाको क्याम्प ४ भन्दा माथि र अन्य ८ हजार मिटरभन्दा माथिका हिमालमा कसैले पनि आरोही सहकर्मीको परवाह गर्दैनन्। अक्सिजनको कमी हुन्छ, तीव्र गतिमा हावा चल्छ र तापमान चरम हुन्छ। यदि तपाईं शिखर चुम्न लम्किदै गर्दा सहयोगको पर्खाइमा रहेका कोही भेट्नुभयो भने के गर्नुहुन्छ?

NP: NP: What would I do or what did I do? In 2016, during the descent from summiting Everest, I rescued a female climber who had been left for dead just below the Balcony at 8,380 m. I brought her down on my own and handed her care over to the Everest Air Rescue Team at the South Col. I would do the same every time.

एनपी: मैले के गर्नु पर्छ वा के गरें? २०१६ मा, सगरमाथा आरोहण पश्चात फर्कने क्रममा मैले मृत्युको मुखमा पुगेकी एक महिला आरोहीलाई बाल्कोनीभन्दा केही तल ८,३८० मिटरबाट उद्धार गरेको थिएँ। मैले आफैँ उनीलाई तल झारेर साउथ कोलमा सगरमाथा हवाई उद्धार टोलीलाई रेखदेखको लागि सुम्पिएँ। म हरेक पटक यस्तै गर्छु।

जीभी: तपाईंले विगतमा पनि हिमाल चढ्नु भएको थियो। तपाईंले यसपटक शिखर चढ्दै गर्दा कुनै फरक पाउनुभयो? तपाईंले हिमालमा जलवायु परिवर्तनको स्पष्ट प्रभाव देख्नुभयो कि?

NP: I have climbed some of those phase mountains before and I did see changes. A lot less snow, glacier melting. It is a pretty stark and obvious change. We had to carry water where we previously melted snow.

एनपी: मैले पहिले नै ती केही हिमालहरू आरोहण गरेको छु र मैले परिवर्तन देखेको छु। धेरै कम हिउँ, ग्लेसियर पग्लनु। यो सर्वथा र स्पष्ट परिवर्तन हो। हामीले पानी लगेर जानु परेको थियो जुन ठाउँमा पहिले हिउँ पगालेर पानीको उपयोग गरिन्थ्यो।

जीभी: तपाईंको आगामी योजनाहरू के के छन्? कहिले र कुन शिखर चढ्ने योजना गर्नु भएको छ? रकमको अवस्था कस्तो छ? के कुराले तपाईंलाई प्रेरित गर्छ?

NP: Phase two is delayed for around two more weeks while I get funding and I am currently £150k short. I am motivated as much now as I have ever been, my mind is still positive. I get so much inspiration and motivation from my followers on Instagram and Twitter that drives me.

एनपी: आरोहण रकमको अभावले दोस्रो चरणको अभियान लगभग दुई हप्ता ढिलाइ भएको छ। अहिले मलाई १,५०,००० पाउन्डको खाँचो छ। म अहिलेसम्म उत्तिकै उत्साहित छु, मेरो विचार अझै सकरात्मक छ। इन्स्टाग्राम र ट्विटरको मेरा मित्रहरुबाट प्रेरणा र प्रोत्साहन मिल्छ जसले मलाई प्रेरित गर्छ।

जीभी: यस परियोजना पूरा गरे पश्चात तपाईंको रेडारमा के छ? भविष्यमा तपाईका योजनाहरू के हुन्?

NP: NP: For now, I am 100% focused on Project Possible. After — who knows? All I know is I want to continue raising money for the charities I am working with.

एनपी: अहिलेलाई म १००% प्रोजेक्ट पोसिबलमा केन्द्रित छु। पछि के हुन्छ कसलाई के थाहा? मलाई के थाहा छ भने मैले गरिरहेको परोपकारी कार्यका लागि म पैसा जुटाउने काम जारी राख्छु।

जीभी: अन्तमा, ८,००० मिटरभन्दा माथिका हिमाल आरोहण सामान्य व्यक्तिका लागि सजिलो कार्य होइन। हिमाल आरोहणका लागि के चाहिन्छ? विशेष जीन, तालिम वा इच्छा शक्ति? आरोहण आकांक्षीका लागि तपाईं के सल्लाह दिनुहुन्छ?

NP: You need to have both physical and mental endurance to climb any mountain, especially eight-thousanders. I believe I have a good physiology developed from being born and raised at high altitudes. I also have the mental approach from my years in the Special Forces. This combination gives me a unique skill set. Take your time, climb 5000, 6000, 7000 meter peaks, learn how your body reacts to altitude. Take it slow, build your experience and enjoy the journey. Don’t rush for an 8000 meter peak.

एनपी: कुनै पनि हिमाल, विशेष गरी ८,००० मिटर भन्दा माथिका हिमाल आरोहण गर्न तपाईंमा शारीरिक तथा मानसिक क्षमता हुनु आवश्यक छ। म उच्च भेगमा जन्मेको र हुर्केको हुनाले मलाई विश्वास छ मेरो शारीरिक बनावट त्यहीँ अनुरुप विकसित भएको छ। विशेष सैन्यको अनुभवले पनि मलाई मानसिक रुपमा तयार हुन सजिलो भयो। यो संयोजनले मलाई अद्वितीय कौशल दिन्छ। हतार नगर्नुहोस्, पहिले ५,०००, ६,०००, ७,००० मिटरका हिमाल चढ्नुहोस्, तपाईंको शरीरले उचाइमा कस्तो प्रतिक्रिया गर्छ थाहा पाउनुहोस्। सावधान रहनुहोस्, आफ्नो अनुभव बढाउनुहोस् र यात्राको आनन्द लिनुहोस्। ८,००० मिटर आरोहणका लागि हतार नगर्नुहोस्।

कुराकानी शुरू गर्नुहोस्

Authors, please लग इन गर्नुहोस् »

निर्देशिका

  • सबै कमेन्टहरू सञ्चालकले समीक्षा गर्नेछन्. एक पटकभन्दा बढि कमेन्ट पेश नगर्नुहोस्, अन्यथा त्यसलाई स्पाम ठानिनेछ.
  • कृपया अरुलाई सम्मान गर्नुहोस्. अभद्र, अश्लील तथा व्यक्तिगत लाञ्छनायुक्त कमेन्टहरू प्रकाशित हुनेछैनन्.